बलिउड नायीका तथा पर्नस्टार सन्नी लियोनीविरूद्ध अदालतमा मुद्धा दायर गरिएको छ । उनीविरूद्ध व्यापारीबाट नायक बनेका कमल खानले सन्नी विरुद्ध युवाहरूलाई बिगारेको आरोप लगाउँदै मुद्धा दर्ता गरेका छन् ।


नामी तमिल अभिनेत्री सोना हेडन केहि दिन पहिले पुरुषका विषयमा एक विवादास्पद बयान दिनाले चर्चामा छिन् । अभिनेत्री सोनाले पुरुषलाई टिशु पेपर दिसा पुछ्ने कागजको रुपमा बताएपछि उनी बिबादमा तानिएकी हुन् । सोनाले एक तमिल पत्रिका आनन्द विकटनमा दिएको अन्तरवार्तामा भनेकी छिन् मैले संभोगका लागि पुरुषलाई एक टिशु पेपर जस्तै प्रयोग गर्छु र संभोग पछि प्mयाँकी दिन्छु ।


३३ बर्षिया आइटम डान्सर सोनाले भारतीय संस्कृतिको बिरोध गर्दै केपनि भनिन भने मेरो बिबाहमा विश्वास गर्दिन । पुरुषका साथ संगै बस्नु सबभन्दा ठुलो मुर्खता हो । सोनाले दिएको यस अन्तर्वातापछि पुरुषहरुको हितमा काम गर्ने एक संस्थाले मंगलबार न्यायालयको ढोका घच्घचाउदै सोनाले माफी माग्नु पर्ने माग गरेको थियो । चेन्नैको एशोसिएसन फर प्रोटेक्सन अफ म्यान नामक संस्थाले पुरुषको भावनामा ठेस पुराउने सोनाको अभिव्यक्ति प्रति माफ माग्न भनेको हो ।

यस संस्थाले न्यायालयसंग सोनाको निवास अगाडी प्रदर्शन गर्नपनि अन’मति मागेको छ । बेलौरका जिल्ला न्यायाधीशले बिहिबार सोनाको बिरुद्ध एक आदेश जारी गरेको छ । सोनाले आफनो बयानले बबाल उत्पन्न गराएको देखेपछि अन्तर्वार्ता दिएको कुरालाई अस्वीकार गरेकी छिन् । यसपछि पनि आइटम गर्ल सोनाको मुस्किल कम भएको देखिदैन ।
बलिउड नायिका बिद्या बालनले अभिनय गरेको चलचित्र ‘द डर्टि पिक्चर्स’ को रिमेकमा नायिका बिना मलिक देखिएकी छिन् । ‘सिल्क सक्कात मागा’ नामक चलचित्रमा बिना मलिकले हट दृश्य दिएकी छिन् ।चलचित्र द डर्टि पिक्चर्समा विद्याले दिएको बोल्ड सिनलाई समेत बिर्साउने गरी बीनाले उत्तेजक दृश्य दिएकी छिन् । उनले चलचित्रका नायक अक्षयसँग गरमागरम दृश्य दिएकी हुन् ।

२५ माघ, एजेन्सी । बलिउड नायीका तथा पर्नस्टार सन्नी लियोनीविरूद्ध अदालतमा मुद्धा दायर गरिएको छ ।
उनीविरूद्ध व्यापारीबाट नायक बनेका कमल खानले सन्नी विरुद्ध युवाहरूलाई बिगारेको आरोप लगाउँदै मुद्धा दर्ता गरेका छन् । केही दिनअघि सन्नीले दिएको अभिव्यक्तिले युवालाई बलात्कारका लागी थप उत्साहित गरेको बताउँदै कमलले मुद्धा दर्ता गरेका हुन् । मुद्धा दायर भएपछी अब दुवैलाई अदालत धाउनु पर्ने छ ।
यस्तै, यता सन्नीले पनि कमल विरूद्ध मुद्दा दर्ता गरेकी छिन् । उनले आफूले भनेको कुरालाई बग्याएर प्रचारमा ल्याएको भन्दै कमलविरुद्ध सन्नीले मुद्धा दायर गरेकी हुन् । 
कमलले भनेका छन्, 'सन्नी र उनका पति भारतमा पर्न चलचित्रको प्रचारका लागी आएका हुन् र उनीहरुलाई यहाँबाट लखेट्नु पर्छ ।' 
प्रहरीले उनीहरू दुवैले दर्ता गरेको मुद्धामा पहिले केही प्रक्रिया पुर्याएर सुनुवाई पक्रिया अगाडि बढआउने जनाएको छ 


लिउडका केही चर्चित नायिकाहरुको अनुहार हलिउडका चर्चित नायिकाहरुसँग मिल्छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर बलिउडका चर्चित नायिकाहरुको अनुहार हलिउड चर्चित नायिकाहरुसँग मिलेको देखिन्छ । यो सूचिमा सुन्दर नायिका कटि्रना कैफ देखि करिना कपुरसम्म पर्छन् । नायिका करिना कपुरको अनुहार हलिउड नायिका पेरिस हिल्टनसँग मिल्दोजुल्दो छ । यि दुइको तस्बिर झट्ट हेर्दा जो कोही पनि झुक्किन सक्छ । यस्तै नायिका कटि्रना कैफको अनुहार हलिउड नायिका कैमिला बैलेसँग मिलेको छ ।
यस्तै नायिका कटि्रना कैफको अनुहार हलिउड नायिका कैमिला बैलेसँग मिलेको छ । 
अर्की सुन्दर नायिका प्रीति जिन्टाको अनुहार हलिउड नायिका डू बैमरसँग मिल्छ । यि दुइलाई देख्दा पनि जोकोही झुक्कन सक्छ । 
नायिका दिया मिर्जाको अनुहार त हलिउड नायिका एनी हैथवेसँग हुबहु मिल्न गएको छ । 
बलिउडमा हट नायिकाको नामले परिचित इशा गुप्ताको अनुहार हलिउडकी चर्चित नायिका एंजेलिना जोलीसँग मिलेको छ । 
विश्वमा केही अनुहारहरु उस्तै रहेको तथ्य सार्वजनिक भइरहेको समयमा हलिउड र बलिउडका नायिकाहरुको अनुहार मिल्न जानुलाई संयोग मान्न सकिन्छ ।


मुम्बई, माघ २४ (एजेन्सी) - बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढ्दो छ। यसै क्रममा पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको पनि यसै वर्ष बिहे हुन लागेको 'बलिउड मन्त्र'ले जनाएको छ। रिपोर्टका अनुसार उनको जोडीका लागि उनका आफन्तले 'महादेव' लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको नाम उनकी काकीले रोजेकी हुन्।

बलिउड मन्त्रका अनुसार प्रियङ्कालाई पनि मोहितको नामले मोहित बनाएको जस्तो देखिएको छ।

सन् २००० मा मिस इन्डिया र मिस वर्ल्ड जितेकी प्रियङ्का सन् २००२ मा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन्। तमिल फिल्मबाट सुरु भएको उनको यात्रा अन्दाज फिल्म हिट नभएसम्म उल्लेखनीय भएन। त्यसपछि भने उनले निकै हिट फिल्महरु दिएकी छिन्।

टेलिभिजनमा पनि उनले खतरोँका खेलाडी नामको कलर्स टिभीको कार्यक्रम होस्ट गरेकी थिइन्।

गत वर्ष उनले अंग्रेजी गीत पनि गाएकी थिइन्।

बलिउड नगरी धेरैका लागि सपना र भबिष्यको केन्द्र हो । युवायुवतीहरु बलिउड नगरीमा जम्नका लागि धेरै नै कोशिश गर्छन् । तर थोरै मात्र सफलताको शिखर चढ्न सफल भएको पाइन्छ । बलिउड नगरीमा प्रबेश गरेका थोरै मात्र कलाकार सफल छन् । सफल कलाकारको आम्दानी र जिवनशैली धेरैले सोचेको भन्दा फरक छ । आखिर एक सफल नायिकाको कमाई कतिसम्म हुन्छ त ? धेरैका लागि यो कुरा उत्सुकताको बिषय बन्न सक्छ ।

बलिउडमा नायिका ऐश्वर्या रायको ब्रान्ड भ्यालु बिहे पश्चात पनि कम भएको छैन । एउटा विज्ञापनमा काम गरेबापत्त ४ करोड सम्म पारिश्रमिक लिने ऐश्वर्याले पछिल्लो चलचित्र ‘रोबट’ का लागि ६ करोड रुपियाँ लिएकी थिइन् ।

नायिका करिना कपुरको ब्रान्ड भ्यालु निक्कै अगाडि छ । चलचित्र ‘हिरोइन’ का लागि ८ करोड रुपियाँ पारिश्रमिक लिएकी करिनाले एउटा विज्ञापनमा काम गरेको ३ करोड लिने गर्छिन् । यो बर्ष मात्र उनले २५ वटा विज्ञापनका लागि काम गर्ने पक्का छ । जसले गर्दा ७० करोड भन्दा बढि रकम करिनाको खातमा यो बर्ष जाने निश्चित छ ।
दिपावलीको अबसर पारेर रिलिज भएको बलिउडका दुई फिल्मबीच कमाईमा कडा टक्कर देखिएको छ । भारतसहित अन्य मुलुकमा दुबै फिल्मको ओपनिङ राम्रो छ । ट्रेन एनालिस्ट तरण आदर्शका अनुसार सुरुबातमा भारतमा शाहरुख खान र कटरिना कैफ अभिनित ‘जब तक है जान’ आजय देवगनको ‘सन अफ सरदार’भन्दा अगाडी छ तर, दुबै फिल्म बक्स अफिसका विजेता हुन् ।सलमान खानको अतिथि भूमिका रहेको ‘सन अफ सरदार’ मास सर्किटमा अगाडी छ भने वब तक है जान मल्टीप्लेक्समा । ‘सन अफ सरदार’ले पाकिस्तानमा भने इतिहास रचेको छ । सन अफ सरदारले पहिलो दिन ४२ हजार डलरको कलेक्शन गरेको छ । पाकिस्तानमा कुनै पनि भारतीय फिल्मको पहिलो दिनको कलेक्सनमा यो सबैभन्दा राम्रो अपनिङ हो ।
पहिलो दिन जब तक है जानले करीब १४ कारोड कमाएको अनुमान गरिएको छ भने सन अफ सरदारले १०.७२ करोड भारु कमाएको छ । यशराज व्यानरमा बनेको जब तक है जान करीब २५ सय स्क्रीनमा लागेको छ भने सन अफ सरदार २ हजारमा । एजेन्सीको सहयोगमा
इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोनी अहिले चर्चामा छिन् । पोर्न क्षेत्रलाई बिर्सदै बलिउड नगरिमा प्रवेश गरेकी सनी अहिले यही जम्ने तयारिमा छिन् । सनीले आफ्नो दोश्रो चलचित्र ‘रागिनी एमएमएस २’ को छायांकन सुरु हुनु एक दिन अघि पुजापाढ गरेकी छिन् । मुम्बईको चर्चित मन्दिर सिद्धिविनायक मा पुगेर उनले गणेश को पुजा गरेकी हुन् । सनीको साथमा फिल्मकी निर्मात्री एकता कपुर पनि सिद्धिविनायक पुगेकी थिइन् छायांकनमा जानु अघि पुजा गर्ने एकताको उपायलाई सनीले पनि साथ दिएकी थिइन् । पोर्न दुनियाबाट टाढा रहदै सनी अहिले बलिउडमा जम्ने सोचमा छिन् । यसैले पनि उनी धर्मकर्ममा लागेको अड्कल काट्न सकिन्छ ।

मुम्बई । चर्चामा कसरी जान सकिन्छ भन्ने कुरा भारतीय चलचित्रकी नायिका शर्लिन चोपडासँग सिक्नुपर्ने बलिउडमा खबै चर्चा हुन थालेको छ । उनले चर्चा पाउन आफूद्वारा अभिनित चलचित्रको नाङगो सिनसहितको भिडियो सार्वजनिक गरेकी छन् ।
यसै क्रममा हालै उनीद्वारा अभिनित भारतीय चलचित्र ‘कामसूत्र’ थ्री डी नामक चलचित्रका लागि नाङगा तस्विर खिचाएकी छन् । तस्विर खिचाउने क्रममा लिईएको सम्पादन नगरिएको भिडियो पनि हालै इंटरनेटमा राखिएको छ ।
यस चलचित्रलाई लिएर भारतीय समाचार माध्यमहरुमा विभिन्न समाचार प्रकाशित भएका छन् । भारतीय चलचित्र क्षेत्रमा नायिकाले यति हद सम्म बोल्डसिनमा फोटो खिचाएको यो नै पहिलो रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
शर्लिनको सो भिडियो इंटरनेटमा राखिएको चौबीस घण्टा भित्रै लाखौंले हेरेका छन् । ‘कामसूत्र’ थ्री डी रूपेश पाँलको छिट्टै रिलीजको तयारीमा रहेको अन्तराष्ट्रिय स्तरको फिल्म हो । यसलाई भारत र अमेरिकनहरुले निर्माण गरेका हुन् ।

सौता भन्ने शब्द महिलाहरुको लागि सबैभन्दा अपि्रय शव्द हो भनिन्छ । शव्द नै यति अपि्रय हुन्छ भने सौता भन्ने मान्छे कति अपि्रय हुन्छ होला ? त्यसैले महिलाको लागि सौता भित्रिनु वा कसैको सौता बन्न जानु अवश्यपनि पि्रय कुरा हुनै सक्दैन । तर अपि्रय भएपनि कतिपय महिला राजिखुसीले त कतिपय बाध्यताले पनि सौता बन्न वा सौता भित्राउन बाध्य हुन्छन् । सेलिब्रेटीहरुको हकमा भने बाध्यता भन्दा रहरले सौता बन्न जाने चलन बढि हुन्छ । बलिउड फिल्म उद्योगमा पनि त्यस्ता धेरै हिरोइनहरु छन् जसले विवाहित पुरुषहरुसँग बिहे गरेर सौता बन्न गए । यहाँ त्यस्ता १० जना हिरोइनको नाम प्रस्तुत गरिएको छ १. हेमा मालिनी ः उनले अभिनेता धर्मेन्द्रसँग बिहे गरेकी छिन्, जबकी धर्मेन्द्रले पहिलो पत्नीको रुपमा प्रकाश कौरलाई भित्राएका थिए । २. करिश्मा कपूर ः करिश्मा कपूर पनि विवाहित पुरुषसँगै विवाह गर्ने नायिका हुन् । दिल्लीका उद्योगपछि संजय कपूरसँग उनको बिहे भयो । संजयकी पहिलो श्रीमती नन्दिता हुन् । ३. लारा दत्त ः उनले टेनिस स्टार महेश भूपतिसँग बिहे गरेकी छिन् । महेशले पहिलो बिहे मोडेल श्वेता जयशंकरसँग गरेका थिए । ४. शिल्पा शेट्टी ः कुमार केटो फेला पार्न नसक्ने हिरोइनमा शिल्पा सेट्टी पनि पर्छिन् । उनले पनि बिहे गरिसकेका राज कुन्द्रासँग बिहे गरेर बच्चा समेत पाइसकेकी छिन् । ५. महिमा चौधरी ः महिमा पनि इन्जिनियर बबी मुखर्जीकी दोश्रो श्रीमती बनेर भित्रिएकी हुन् । ६. रविना टण्ठडन ः पहिलो श्रीमतीको रुपमा नताशा सिप्पीलार्य भित्राएका फिल्म वितरक अनिल थडानीसँग बिहे गरेकी रविना पनि विवाहित पुरुषसँग झ्याइँ पार्ने हिरोइनमा पर्छिन् । ७. शबाना आजमी ः जावेद अख्तरसँग बिहे गरेकी शबाना पनि सोही कोटीमा पर्छिन् । जावेदकी पहिलो श्रीमती हनी इरानी हुन् । ८. जयाप्रदा ः उनले श्रीकान्त नाहटाकी दोश्री श्रीमती बनेर भित्रिइन्, जबकी श्रीकान्तकी पहिलो श्रीमती चन्द्रा थिइन् । ९. श्रीदेवी ः निर्माता बोनी कपूरको दोश्रो श्रीमती बनेर भित्रिएकी श्रीदेवीकी सौता मोनाको हालैमात्र निधन भएको छ । १०. स्मिता पाटिल ः स्वर्गीय स्मिता पाटिलले राज बब्बरसँग बिहे गरेकी थिइन् । स्मरण रहोस् राजले पहिलो विवाह नादिरासँग गरेका थिए ।

बलिउड अभिनेत्री बिपाशा बासु र जोन अब्राहमको मित्रता निकै लामो समयसम्म चलेको थियो। यो सबैलाई थाहा भएकै कुरो हो। यो अटुट मित्रता र आत्मीयतामा फेरी दरार आयो अर्थात यि दुबै अहिले अलगीएका छन्। यी दुबै छुट्टीनुको  बिषयलाई लिएर धेरैले अनेक अडकल पनि काटीहेका छन्। तर बिपाशा भने यसलाई सहज रुपमा लिएकी छन् र जोन संगको बिछोडलाई जिन्दगीको एउटा किस्सा भएको बताउछिन्।

उनले भनिन् मायामा धोका पाउनु पनि जरुरी छ। जसले तपाईलाई परिपक्क बनाउछ। कसैसग छुट्टीनु ले तपाईलाई गम्बिर बनाउछ, अनि तपाईलाई कुनै सतही सोच राख्ने बानी बाट टाढा पुर्याउछ। तपाई आफुलाई र आफ्नो वरिपरीको सबैलाई पहिले भन्दा बढी सम्मान दिन सक्नु हुनेछ। जसले जिन्दगीमा सबै कुरा जाहेज र जरुरी भएको बताउछ। सबै भन्दा जरुरी तपाईको लगाब प्रेम तपाईकै लागी हुनु हो। यो नै बढी फलदायी हुन्छ।

आफ्नो आमा यहि मागर्म चल्ने गरेकी बताउदै बसुले यो कुरा आफुले कहिलै यस अगाडी नबुझेको र जब आफुलाइ अब्ठ्यारो आइृलाग्यो तब मात्र यो कती फलदायी हुने बुझेको बताइन्। भनिन् यस अगाडी म सधै आफ्नो भन्दा बढी अरुकै ख्याल राख्दथे अब अरुको भन्दा बढी आफ्नो ख्याल राख्छु।

प्रेममा ब्रेकअप भएपछि सबै भन्दा पहिले सोच परिवर्तन गर्न आफुले सुरु गरेको बताउने बिपाशाले सो सोचले जिन्दगी नै परिवर्तन गरिदिएको उनलाई लागेको छ। अब म खुसी पनि छु ,मेरो अनुहार हरदम चमकदार रहने गरेको छ। पुरुष यसकारण ले पनि महिला भन्दा खुसी रहने गरेका छन्। किन भने उनिहरु सबै भन्दा पहिले आफ्नो ख्याल राख्छन्।

नेपाली सिनेमा क्षेत्रका लागि नायिका तथा निर्मात्री उमा बेबी कुनै नौलो नाम होइन । सानो पर्दा हुदै ठूलो पर्दामा प्रवेश गरेकी उमा निरन्तर सिनेमा बनाउने बताउछिन् । भोजपुरी, बंगाली सिनेमामा समते अभिनय गरिसकेकी छीन । नायिका तथा निर्मात्री उमा बेबीसँग गरेको कुराकानी :
 कस्तो चल्दैछ जिन्दगी ?
चलिरहेको छ ईशारा गर्दै हा.हा…………… ।
सिनेमा बनाएर नायिका बन्न आउनु भएको कि नायिका बन्दै सिनेमा बनाउने सोचका साथ आउनु भएको ?
म शुरुवातमा नायिका हुँ । माया गर्छु तिमिलाइ, जुनेली, देशदेखि विदेश, मेरो एउटा साथी छ, माझी मामा, तोड, सपथ लगायतका सिनेमामा मैले अभिनय गरेको छु । यस्तै थुप्रै भोजपुरी र बंगाली सिनेमा समेत मैले खेलेको छु । सिनेमालाई बुझ्दै म निर्मात्री भएको हो ।
कत्तिको गाह्रो छ महिलाहरुलाई सिनेमा बनाउन र रिलिज गर्नका लागि ?
सिनेमा बनाउनु भन्दा पनि रिलिज गर्नका लागि गाह्रो छ, यहाँ । अर्कोतिर सिनेमाको प्रतिस्पर्धा यतिधेरै छ कि के भन्ने । दर्शकको रोजाई पनि बुझ्न नसकिने छ ।
सिनेमा बनाउने सोच कसरी आयो ?
म सानैदेखि सिनेमा क्षेत्रमा नै लागेकाले निर्माण गर्ने योजना पनि थियो । मेरो गुरु तुलसी घिमिरेसँग मैले सिनेमा बनाउने बिषयमा कुरा गरेको थिएँ । योजना बनाएरै मैले सिनेमा निर्माणमा हात हालेको हो ।
आफैंले बनाएका सिनेमामा आफैं खेल्नुको कारण अरुले नायिका नलिएर हो ?
मैले आफ्नो ईच्छाको लागि सिनेमा बनाएको हो । फेरि मैले बनाएको सिनेमामा म नै सुहाउँछु भने अरुलाई किन लिनु, होईन र ? यसैले म आफैँ खेल्ने निर्णय गरे ।
ईशारा कस्तो सिनेमा हो ?
यो चलचित्र नारी प्रधान छ । छोरीमाथि हुने हिंसा, बलात्कार आदिलाई सिनेमाले उठान गर्न खोजेको छ । पछिल्लो समयमा बढेको मोवाईल प्रविधिले युवायुवती माझ विकृति बढेको छ ।
 सिनेमा क्षेत्रबाट अस्ताएका नायकहरु लिनुको कारण ?
मलाई नायकद्वय भुपेन चन्द र उत्तम प्रधान अस्ताएका नायक हुन जस्तो लाग्दैन । उनीहरु कुनै समयका हिट नायक हुन् । यसैले उनीहरु पुनः ईशारा मार्फत नेपाली सिनेमामा आएका छन् ।

महिलाहरुलाई त यहाँ टिक्न साह्रै गाह्रो हुन्छ भन्छन्, तपाईलाई कत्तिको गाह्रो भएको छ ?
म सबैसँग मिसिन चाहन्न । मलाई कसैले सिनेमा खेलाईदिन्छु, कफी खान आऊ, भेट्न आऊ भन्दैमा जाँदिन । सिनेमामा रहेको भूमिका तपाईंकै लागि हो भनेर कसैले भन्यो भने मात्र म अभिनय गर्न राजी हुन्छु । सिनेमाको उपत्यका बाहिरको रिलिजको जिम्मा मेरो दाईले लिनुभएको छ । म काठमाडौंभित्र मात्र हेर्दैछु । यसैले मैले कुनै अप्ठ्यारो भोगेको छैन ।
कसरी बुझ्नु भयो नेपाली चलचित्रलाई ?
नेपाली चलचित्र पहिलो कुरा त बिदेशी सिनेमाको अतिक्रमणले हैरानी व्यहोर्न वाध्य छ । यहा सिनेमा नै चलिरहेका छैनन् । मार्केटिङ पनि खासै राम्रोसँग भएको पाइन मैले ।
एकछिन तपाईको व्यक्तिगत कुरा गरौं न, के मिठो पकाउनुहुन्छ ?
खसीको मासु एकदमै मिठो पकाउँछु । पराठा पनि मिठो नै पकाउँछु ।
कस्तो पहिरनमा आफु खुबै सेक्सी देखिन्छु जस्तो लाग्यो ?
मलाई सारी लगाउँदा सबैले सेक्सी भन्छन् ।
आफ्नो कुन अंगले युवकहरुलाई आकर्षण गर्छ जस्तो लाग्छ ?
आँखाले जस्तो लाग्छ । धेरैले मलाई तपाईको आँखा नशालु छ भन्छन् । मलाई आफू एकदमै राम्री छु जस्तो लाग्दैन । तर म नराम्री पनि होईन ।
पहिलो प्रेम याद छ ?
किन याद नहुनु । फेरि पहिलो प्रेम कसले बिर्सन सक्छ र ? म स्कूल पढ्दा एकजना कलेज पढ्ने युवकसँग माया बसेको थियो । डेटमा गईन्थ्यो, चकलेट खाईन्थ्यो । तर हाम्रो प्रेम ६ महिना भन्दा बढी टिकेन । यसपछि पनि जीवनमा केही युवकहरु आए । तर गहिरो प्रेम भने भएन ।
पहिलो चुम्बन कहिले भयो ?
मैले चुम्बनको अनुभव पनि मेरो पहिलो प्रेमीसँग नै गरें ।
नेपालको कुन कलाकारले तपाईलाई आकर्षण गर्छ ?
मेरो आँखाले त्यस्तो कोही पनि देखेको छैन । भुवन के.सी.को हँसाई र मुस्कान भने खुवै मनपर्छ ।
तपाईलाई डेटमा जान मन लाग्ने कुनै सेलिब्रेटी छ ?
त्यस्तो नजरले कोहीप्रति मन आकषिर्त भएको छैन ।
नेपालमा आफ्नो पर्सानालिटी मेन्टेन गर्ने नायक को लाग्छ ?
राजेश हमाल नै लाग्छ ।
राजेश हमालले डेटमा जान अफर गर्नु भयो भने ?
कफी खानका लागि भने म जान्छु ।
आफ्नो शरीर कहिलेकाहीँ ऐनामा नाङ्गै हेर्दा कस्तो लाग्छ ?
म कुनै किसिमका योगा अभ्यास गर्दिन । तर पनि मेरो शरिर सुन्दर छ । न म क्लब जान्छु, न म डाईटिङ नै गर्छु । तर पनि म सधैं उस्तै छु । मलाई मेरो शरीर भगवानले उपहार दिए जस्तो लाग्छ । आफ्नो ज्यान एकदमै सेक्सी लाग्छ मलाई ।
चलचित्र ईशारा दर्शकले सय रुपैंयाको टिकट काटेर किन हेर्न जाने ?
सबैभन्दा पहिला हामीले ईशारा गरेका छौं । मलाई लाग्छ हाम्रो ईशारा दर्शकले वुझेर हलसम्म जानुहुन्छ

बलिउड सुन्दर नायिका श्रीदेवीले आफ्ना २ छोरीसँगै फोटोसुट गरेकी छिन् । पछिल्ला केही बलिउडका कार्यक्रमहरुमा छोरीसँगै पुग्ने गरेकी श्रीदेवी र उनका २ छोरीहरुको फोटोसुट डब्बु रतनानीले गरेका हुन् । श्रीदेवीले २ छोरीलाई पनि बलिउडमा प्रवेश गराउने सोचका साथ सार्वजनिक कार्यक्रममा लिएर पुग्ने गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो वर्ष आफ्नो वोल्ड प्रस्तुतीका कारण इन्डो क्यानेडियन पोर्नस्टार सनी लियोनले सवैको ध्यान खिच्दै आएकी छिन् । उनी अभिनित फिल्म जिस्म २ खासै नचलेपनि उनी मज्जाले चलिन् । जिस्म २ पछि उनी एकता कपूरको फिल्म रागिनी एमएमएस टु मा देखिदैछिन् । वलिउडमा व्यास्त हुन थालेपछि उनले आफुलाई केहि लो प्रोफाइलमा राखेको अनुमान गरिएको थियो । केहि समय अघि उनी मन्दिर समेत धाएर पूजाआजा गरिन् । तर, अहिले पुन उनी एकाएक चर्चामा आएकी छिन्, वाथरुममा फोटोशूट
गराएर । उनले वाथरुममा सेक्सी फोटोशूट गरेकी हुन् जसमा उनको वोल्ड प्रस्तुती झल्कन्छ ।
मोडलबाट बलिउड नायिका बन्ने क्रममा रहेकी पूनम पाण्डे आफ्नो जीरो फिगरका लागि सधैं सतर्क रहन्छिन्। फिगरलाई मेन्टेन गर्न  खानपिनमा विशेष ध्यान दिन्छिन्। मोडलिङसम्मलाई त उनको स्लिम फिगरले साथ दिइरहेकै थियो, तर चलचित्र 'नशा' मा नायिकाका रूपमा  काम गर्न थालेपछि उनले बाध्यतावश आफ्नो तौल बढाउनुपरेको छ। चलचित्रको आफ्नो चरित्रको मागअनुसार पूनम अहिले ६ किलोग्राम  मोटाएकी छिन्।



भनिन्छ, चलचित्रका निर्देशक अमित सक्सेनाले पूनमको तौल बढाउन सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो। निर्देशक सक्सेना  पूनमको शरीरलाई थप कामुक देखाउनका चाहन्थे, त्यसका लागि उनी केही मोटाउनु आवश्यक थियो। निर्देशकलाई भारतीय दर्शकले जीरो  फिगरका नायिका मन पराउँदैनन् भन्ने थाहा छ। तौल बढाउन पूनमले जंक फुड खाइन्। हेर्दा-हेर्दै उनी ६ किलोग्राम मोटाइन्। मोटाएपछि  पूनम पहिलेभन्दा थप सुन्दर देखिएको बताइन्छ।

एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ चैत्र महिनामा प्रदर्शनमा आउने भएको छ । दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशमा पर्ने द्वन्द्व र मनोदशालाई सिनेमाले उठान गर्न खोजेको छ ।

चलचित्रमा सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय छ । बिनोद पौडेलको कथा तथा पटकथा रहेको यो चलचित्रलाई जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अन्जय खड्काको सम्पादन छ ।

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS