नेपालगन्ज,चैत ७ । सल्यानबागस्थित शर्मा होटलमा मंगलबार साँझ १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बाँके जिल्ला बैजापुर गाविसकी ती बालिकालाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पु(याएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ । निश्चित रकम असुल गरेर बालिकालाई नियोजित रूपमा बलात्कारको सिकार बनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले होटलका सञ्चालक दम्पतीसहित तीन जनालाई पक्राउ गरे पनि बलात्कारी भने फरार रहेको जनाइएको छ ।
चितवन,चैत ७ । गैंडाको खाग सहित प्रहरीले चार जनालाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर नगरपालिका २ क्षेत्रपुरबाट गैंडाको खाग सहित भरतपुर
नगरपालिका-२ का ३६ वषिर्य भिम बहादुर बि क, ४४ वषिर्य आश बहादुर सुनार, कृष्ण गहतराज र गोर्खा जिल्ला बारपाक-९ लाप्राकका ५० वषिर्य धन बहादुर गुरु, १ केजी १ सय १५ ग्रामको गैंडाको खाग सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख दिपक कुमार थापाले जानकारी दिनुभयो । साथै प्ररारभिक अनुसन्धानमा सो खाग ६० लाखमा विक्रि गर्न लागेको प्रहरीलाई वयान दिएको उहाँले वताउनुभयो । केन्द्रिय अनुसन्धान व्युरो (सिविआई० र चितवन प्रहरीको विशेष टोली मा उनीहरुलाई पक्राउ गरेको हो । ब्युरो र चितवन प्रहरीले एक हप्ता अघि देखि यस समुहलाइ पिछा गरिरहेको थियो । अवैध रुपमा बिक्रीका लागि लुकाई राखेको अवस्थामा प्रहरीले उनीहरुलाई खाग सहित पक्राउ गरेको हो । उनीहरुलाई बरामद खाग सहित आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यलय चितवनमा राखेको र आरोपी लाई आवश्यक कार्वाहीका लागी जिल्ला वन कार्यलय चितवनलाई बुझाउने थापाले वताए । नेपालको कानुनमा यस्तो अपराधमा ५ वर्ष देखि १५ वर्षसम्मको कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
काठमाडौं,चैत ७ । नेकपा एमालेले उच्चस्तरीय राजनीतिक समितिमा प्रमुख तीन नेतालाई पठाउने निर्णय गरेको छ । यसअघि अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम रहेकोमा बुधाबारको स्थायी समितिले गौतमलाई फिर्ता बोलाएर बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीलाई पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार अध्यक्ष खनाललाई ‘चेक’ गर्न बुहमतको दवावमा नेपाल र ओलीलाई पठाउने निर्णय भएको हो । अध्यक्ष खनालले पार्टी नीति विपरित निर्णय गरेको भन्दै आलोचना भएपछि बैठकले गौतमलाई फिर्ता बोलाएर नेपाल र ओलीलाई पठाउने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार अख्तियारमा लोकमान सिंह कार्कीको नियुक्तिका विषयमा पार्टीमा चर्को आलोचना भएको थियो । बुधवारको बैठकले अब बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा पनि तय गरेको छ । संविधानसभाको चुनावलाई केन्द्रित गरेर कार्यक्रम ल्याउने, सदस्यहरुको मनोनयन गर्ने र कार्यविधान गर्ने विषयमा एजेण्डा तय गरिएको अर्का सचिव शंकर पोखरेलले बताउनुभयो । चुनावलाई रणनीतिक रुपमा प्रयोग गर्ने विषयमा पनि छलफल भएको सचिव पोखरेलले बताउनुभयो ।
दाङ,चैत्र ७ । मध्यपश्चिम क्षेत्रमा घुमन्ते जीवन विताउदै आएका राउटे बस्तीमा भोकमरी परेको छ । काठ अभावमा काठका सामग्री निर्माणमा समस्या तथा समयमा सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि भोकमरी परेको हो । हाल राउटेहरु सल्यानको माझकाँडा–९ बलुवा भन्ने स्थानमा बस्दै आएको र उनीहरुलाई खान समस्या भएको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन । भोकमरीले गर्दा विशेषगरी बालबालिकाहरुमा मार परेको अध्यक्ष अधिकारीको भनाइ छ । प्रतिष्ठानको टोली राउटे बस्तीको अनुगमनका लागि बुधबार माझकाँडा पुगेको थियो । अनुगमनमा प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी, आदिवासी जनजाति जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष यज्ञबहादुर बुढा मगर र सल्यानका प्रेम घर्ती मगर गएका छन् । सरकारले राउटे जातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।
दैलेख,चैत ७ । बहुला कुकुरको टोकाईबाट रेविज लागेर एक जनाको ज्यान गएको छ । भैरीकालिकाथुम-७ का शेरबहादुर थापाको कुकुरले टोकेर मृत्यु भएको हो । उनको खुट्टामा ४ महिनाअघि कुकुरले टोकेको थियो । टोकाईबाट घाईते थापाको उपचार नेपालगञ्ज लगेर गरिए पनि घाउ निको नभएपछि मृत्यु भएको हो । बाहुला कुकुरले भैरीकालिकाथुम गाविसमा ३ जना बढी मानिसलाई टोकेको छ । उनीहरुको उपचार भैरहेको छ ।
हामी पर्फयुम केका लागि लगाउछौँ रु अवश्यनै बास्नादार हुनको लागि र हामीमध्ये धेरैजनाले यस्तै उत्तर दिन्छौँ । बजारमा पनि बास्नादार पर्फयुम र बडि स्प्रेको नै बर्चस्व रहेको हुन्छ । अहिलेसम्म कसैले पनि गन्हाउने अत्तरको बारेमा सुन्नु भएको छैन होला । यस्तै अचम्मको उत्पादनका साथमा आएको छ, एउटा अचम्म लाग्दो कम्पनीले । संसार अचम्मको छ, सबैजनालाई बास्नादार भएरै हिँड्न मनलाग्छ भन्ने छैन । कसैलाई गन्हाउने भएर पनि हिँड्न मनलाग्छ, मुर्दाबाट जस्तो प्रकारको गन्ध आउँछ त्यस्तै प्रकारको गन्ध लिएर हिँड्ने मानिसहरुको सपना नै हुन्छ । यस्तै सोचाई राख्ने मानिसहरुका लागि अचम्मको पर्फयुम बनाउने कम्पनी ‘डेमेटर’ले ‘जम्बी फर हिम–हर’ नामक सडेको गन्हाउने पर्फयुम दुबै महिला र पुरुषका लागि बजारमा ल्याएको छ । पुरुषहरुको लागि बनाइएको पर्फयुममा सुकेको पात, ओेसिलो लेउ, च्याउको गन्ध मिसाइएको छ जसलाई छर्किनाले मरेको मानिसहरुजस्तो गन्ध आउने गर्दछ । महिलाहरुको जम्बी पर्फियुम पुरुषहरुको भन्दा अलि नरम हुन्छ । सडेको गन्हाउन त्यति सस्तो भने छैन । सानो जम्बी पर्फयुमको २० डलर पर्छ भने त्योभन्दा अलि ठूलोको ३९.५० डलर पर्छ ।
काठमाडौं,चैत्र ७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीति परिवर्तन एमाओवादी अनुकुल भएको भन्दै यसको सहि उपयोग गर्न केन्द्रीय नेताहरुलाई निर्देशन दिनुभएको छ । लडाकुले पाएको दर्जा, मतदाता नामावली र मन्त्रिपरिषद्को अध्यक्षमा खिलराज रेग्मी बन्नु एमाओवादीको लागि सबै भन्दा उपलब्धी भएको तर्क अध्यक्ष प्रचण्डको छ । दलहरुको हातबाट राजनीतिक फुत्किन सक्ने अवस्था भएकोले उच्च स्तरिय राजनीतिक समितिलाई संविधानमै उल्लेख गरिएको दाहालको भनाई थियो । बैठकमा उहाँले भन्नुभयो“ सुरुमा यो समिति नबनाउने प्रयास गरिएको थियो त्यो हुँदा दलहरुको हातबाट राजनीति फुत्किन पनि सक्थ्यो तर अव दलहरुकै कमाण्डमा राजनीति छ किन भने राजनीतिक समितिले सिफारिस नभई केही पनि हुदैन ।” यस्तै, एमाओवादी संविधानसभाको दोस्रो चुनावमा केन्द्रित भएको छ । बुधवार बसेको बैठकले चुनावमा केन्द्रित हुने गरि घोषणापत्र बनाउन र उम्मेद्वार छान्न दुईवटा छुट्टा–छुट्टै समिति बनाएको छ । बैठकले उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा चुनावी घोषणापत्र लेख्न र महासचिव पोष्टबहादुर बोगटीको संयोजगत्वमा उम्मेद्वार तोक्न समिति बनाएको छ । बोगटीको संयोजगत्वको समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, हरिबोल गजुरेल र प्रभु साह सदस्य रहेका छन् । भट्टराई नेतृत्वको ९ सदस्यीय समितिमा कृष्णबहादुर महरा, गोपाल किराती, विश्वभक्त दुलाल आहुती, लेखराज भटट, विश्वनाथ साह, डिल्लीराज खनाल, शशी श्रेष्ठ, धर्मदत्त देवकोटा छन् ।
वीरगञ्ज,चैत ७ । प्रहरीले पर्साको सोन वर्षा गाविसबाट बुधबार बिहान बेवारिसे अवस्थामा रहेको एकनाल बन्दुक बरामद गरेको छ । प्रहरी चौकी रङ्गपुरबाट गस्तीमा रहेको प्रहरीको टोलीले सो गाविस– ८ मा बेवारिसे अवस्थामा रहेको १२ बोरको एक नाले बन्दुक बरामद गरेको हो । बाटो छेउमा फालिएको अवस्थामा बन्दुक बरामद गरिएको प्रहरी चौकी रङ्गपुरका प्रहरी सहायक निरीक्षक बिजुली भुजेलले जानकारी दिनुभयो ।
काठमाडौं,चैत ७ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राजधानीको भृकुटी मण्डपमा २४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले सबैको सहयोगमा तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले सबै राजनीतिकदल, पेशाकर्मी तथा आम नागरिकलाई निर्वाचनका लागि उपयुक्त वातावरण निर्माणमा सहयोग पुर्याउन आग्रह पनि गर्नुभयो । अध्यक्ष रेग्मीले मुलुकमा लगानीको वातावरण सृजना गर्न सरकारले सक्दो सहयोग गर्ने आश्वास पनि दिनुभयो ।
Winner Of Miss Nepal World 2013 is Ishani Shrestha From Kathmandu, Nepal. Runnerups Were: Rojisha Shahi - Miss Nepal Earth
Shritima Shah - Miss Nepal International
Shritima Shah - Miss Nepal International
काठमाडौं, चैत ७ ‘मिस नेपाल २०१३’को छनोट बुधबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। देशका वि...
७ चैत, भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अवको चुनावमा एकीकृत नेकपा माओवादीलाई पराजित नगरे नेपाली जनताले फेरि पनि दुःख पाउने बताउनु भएको छ ।
खरिपाटीमा बुधबार नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै वरिष्ठ नेता देउवाले एमाओवादीको अतिवाद र अराजकताले जनता आजित भइसकेको भन्दै अवको चुनाववाट उनीहरुको वहिर्गमन आवश्यक भएको बताउनु भयो । जनतालाई मिठा-मिठा आश्वाशन बाँड्दै हिड्ने माओवादीको हैसियत सबैले देखिसकेको भन्दै अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।
एमाओवादीले संविधानसभा विघटन गराएको भन्दै उहाँले जनताले संविधान विरोधीलाई चुनावमा परास्त नबनाए दोस्रंो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएका कारण चुनाव हुने निश्चित भएको भन्दै हउाँले चुनाव निश्पक्ष र धाँधलीरहित वनाउन सवै समक्ष आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादीलाई आगामी चुनावमा परास्त नगरे फेरि संविधानसभाबाट संविधान नबन्ने बताउनु भयो । निर्वाचन चाँडै हुने भन्दै उहाँले सम्पूर्ण कार्यकर्तालाई निर्वाचनमा जुट्न अपिल गर्नुभयो ।
७ चैत, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आगामी निर्वाचनवाट काँग्रेस एक नम्बर पार्टी बन्ने दावी गर्नु भएको छ । कोइरालाले असारमा हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा भए काँग्रेसलाई ठूलो पार्टी हुनवाट कसैले रोक्न नसक्ने वताउनु भयो ।
महाराजगञ्जस्थित आफ्नै निवासमा बुधवार विहान नेपाल दलित संघले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले मुलुक निर्वाचनतर्फ होमिसकेकाले चुनावी कार्यक्रम लिएर गाउँ-गाउँमा जान कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कोइरालाले पार्टीले छिट्टै चुनाव केन्द्रीत कार्यक्रम घोषणा गर्ने वताउनुभयो । आगामी केन्द्रीय समितिको वैठकमा निर्वाचनका विषयमा गम्भीर छलफल हुने जानकारी दिदै उहाँले एकतावद्ध भएर अघि वढ्न निर्देशन समेत दिनुभयो ।
पार्टीभित्र देखिएको असन्तुष्टीलाई छोडेर तत्काल चुनावमा केन्द्रीत हुनु पर्नेमा बेला आएको कोइरालाको भनाई थियो । पार्टीभित्र केही असन्तुष्टी रहनु स्वभाविक भएको भन्दै कोइरालाले काँग्रेस अब लोकतन्त्रलाई बलियो बनाउने अभियानमा लाग्ने वताउनुभयो । कोइरालाले दलितका माग सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको वताउनुभयो ।
तालिम कस्तो चल्दैछ
संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टम्यान सैनिक प्रतिष्ठानमा तालिमरत माओवादी पूर्व लडाकूसंग कुराकानी गर्दै । तस्वीर : नेपाली सेना
७ चैत, काठमाण्डौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज तेस्रो स्मृति दिवस । कोइरालाको निधन भएको आज तीन बर्ष पुगेको छ ।
तेस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय तथा जिल्ला कार्यालयहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिले आज सभागृहमा स्मृति सभा तथा विचार गोष्ठिको आयोजना गरेको छ ।
एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्बाह गरेका कोइरालाको २०६६ साल चैत सात गते ८५ बर्षको उमेरमा निधन भएको थियो ।
आज मिति २०६९ साल चैत महिनाको ७ गते बुधबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले मंगलबार तीन मन्त्रीलाई संबैधानिक परिषद्को सदस्य तोकेपछि संबैधानिक अंगमा पदाधिकारी नियुक्त गर्न बाटो खुलेको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै नागरिक दैनिकले आफन्तमा लगननी गरेका कारण किस्ट बैंक घाटामा गएको भन्दै प्रमुख समाचार छापेको छ । कान्तिपुर दैनिकले साउदीमा नेपाली हजुरआमा अलपत्र शीर्षकमा प्रमुख समाचार छापेको छ ।
काठमाण्डौं । चैत्र ७
काठमाण्डौंको सिंहदरवारलाई सत्ताको महत्वपूर्ण ईकाईको रुपमा लिने गरिन्छ र विगत पचास वर्ष देखि यो थलोले आफूलाई यसै गरी उभ्याएको छ । यसमा पञ्चायति शासनको अवसान देखि गणतन्त्र हुँदै व्युरोक्रयासीको मन्त्रीमण्डलाई पनि हेर्ने र सुन्ने मौका पायो , जनताको पहुँच भन्दा अलि टाढा उभिएको छ सिहंदरवार किनकि २०५३ २०५४ साल सम्म एउटा सामान्य रजिष्टरमा नाम लेखाएर भित्र प्रवेश गर्न पाउने सर्वसाधारणको लागि अहिले कुन मन्त्रालय के कामले जान लागेको स्पष्ट पारेपछि र भित्रवाट स्वीकृति दिएर नाम कम्प्युटरकृत डिस्प्लेमा देखिपछि मात्र सम्वन्धित व्यक्ति आफनो आधिकारीक कार्ड राखेर पास लिएर भित्र पस्न पाउँछन् । त्यसमाथि सिंहदरवारमा रहेको सत्ताको प्रतिनिधीहरुले जो पायो त्यहीलाई भेटदैंनन् । उनीहरुले त आफनो परिचित व्यक्ति या केही काम गराउने व्यक्ति र पत्रकारहरुलाई भेटने गर्छन् । त्यही सत्ताको धरोहरको अभियानमा हिजो पनि उभिएको थियो ,आज पनि छ र भोलि पनि संभवत :रहिरहने छ । तर चैत्र ६ गते मन्त्रीहरुको पदवहाली कार्यक्रम रहेकोले सिंहदरवारका विभिन्न भित्ताहरुमा नेमप्लेट फेर्ने र नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्न सिंगो मन्त्रालयको कर्मचारी विहान एघार वजे देखि उभिएका थिए । कुनै स्थानमा त मन्त्री ४.४५ मिनेट सम्म पनि पुगेका थिएनन् । मन्त्रालयका सचिव , सहसचिव देखि कम्तिमा तीन दर्जन कर्मचारी लामवद्ध भएर फुलको वुकी वसेर उभिएको दृश्य संघीय मामिला र स्थानीय विकास मन्त्रालय देखि वन तथा भूसंरक्षण मन्त्रालय सम्म र शहरी विकास मन्त्रालय सम्म देखिएको थियो । तर अरु समयमा नवनियुक्त मन्त्राीहरुको लागि स्वागत गर्न मन्त्रालयमा कार्यकर्ताहरुको भीड हुने गरेको थियो , तर यस पटक कर्मचारीहरुको मन्त्रीमण्डल भएकाले होला खासै रौनक थिएन् । केही वढी चासो भएका र पत्रकारहरुको आवश्यकता अनुसार टेलिभिजन क्यामेराहरु र सञ्चारकर्मीहरु खचाखच भरिएका थिए । तर अन्यत्र करिव सुनसान थियो ।
मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सोमवार शपथ गराएपछि केही मन्त्रीहरु सोही दिन मन्त्रालयको कुर्चीमा विराजमान हुने चाहना नराखेका होईनन तर उनले निर्देशन दिदै मंगलवारको मन्त्रीपरिषद्को वैठक पछि मात्र मन्त्रालय सम्हाल्नु भनेपछि मन्त्रीहरु मंगल वार विहान एघार वजे देखि शुरु भएको मन्त्रीपरिषद्को बैठक २.३० मा सकिएपछि मन्त्रालय पुगेका हुन् । उनीहरु मन्त्रालय पुग्दा ३ वजेको थियो । तर एउटै मन्त्रीलाई धेरै मन्त्रालय परेकोले हुनसक्छ एक मन्त्रालयवाट अर्को मन्त्रालयमा जानका लागि उनीहरुलाई न्यूनतम दुई घण्टा देखि ३ घण्टा सम्म लागेका थियो ।
अर्थमन्त्रीको जिम्मेवारी पाएका भावुक स्वभावका शंकरप्रसाद कोईरला तीन वज्न केही मिनेट वाँकी हुँदा मन्त्रालय छिरेका थिए । उनले पद वहाली गरे लगत्तै संक्षिप्त पत्रकार सम्मेलनमा पूरक वजेट ल्याउने र अर्को वजेटको लागि पनि नियमित प्रक्रियामा जाने वताए । उनलाई सञ्चारकर्मीहरुको जिज्ञासा थियो, सचिव भएको मान्छे मन्त्री हुँदा कस्तो अनुभूति भएको छ ?उनले रौसिदै भने सुखद अनुभूति भएको छ । उनले आफूहरुको जिम्मेवारी चुनाव,विकास निर्माणको कामलाई गति दिने र लगानीकर्ताहरुको मनोवल वढाउने कुरामा केन्द्रीत रहने समेत वताए । उनले सम्हालेको उद्योग मन्त्रालय भने उनी अवेर अर्थात ४.३० वजे मात्र पुग्न सफल भएका थिए ।
त्यसै गरी कहिल्यै मन्त्रीको सपना नदेखेकी रिद्धीवावा प्रधान र टेकबआदुर घर्ती पनि मन्त्रालयमा पद वहाली पछि हरेक कर्मचारीको कुरा सुनेका थिए भने अर्थसचिववाट निवृत्त भएर राष्ट्रपति कार्यालयमा आर्थिक सल्लाहकारको जिम्मेवारी पाएका विद्याधर मल्लिक स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य सेवा तल्लो तह सम्म पुरयाउनका लागि अनुरोध गरेका थिए । उता उमाकान्त झा ऊर्जा मन्त्रालयमा पुगेका थिए भने त्यही मातहत रहेको विद्युत प्राधिकरणको अध्यक्षता गरेका मुख्यसचिव लिलामणी पौडेलले प्राधिकरणको अध्यक्षवाट अलग भएको भन्दै अन्तिम वैठक गरेका थिए । पौडेल भन्दा झा कनिष्ठ सचिव थिए र उनी मन्त्री भएर आएपछि पौडेलले अप्ठयारो मानेको अवस्था रहेको छ ।
काठमाडौ, चैत्र ५ -
महाशिवरात्रिको एकै दिन पशुपतिनाथको भेटी, चन्दा र विशेष पूजाबाट सत्तरी लाखभन्दा बढी रुपैयाँ संकलन भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ, वासुकी, बूढानीलकण्ठ मन्दिरको भेटी र विशेष पूजालगायतबाट उक्त रकम संकलन भएको हो । कोषका अनुसार विशेष टिकट, पसल, चन्दा दानबाट पनि ठूलो रकम संकलन भएको छ ।
पसल भाडाबाट पन्ध्र लाख, दान चन्दाबाट बाइस लाख दुई हजार, विशेष टिकट बिक्रीबाट बीस लाख र वासुकी, बूढानीलकण्ठ लगायतका मन्दिरबाट चढाएको करिब ११ लाख रुपैयाँ संकलन भएको छ । दर्शनार्थीले महाशिवरात्रिका दिन १ सय ५ भन्दा बढी विशेष पूजा गरेका थिए । त्यसैगरी पौने तोला सुन, ३ सय ६० ग्राम तामा, पाँच किलोभन्दा बढी ढलोट, ७ सय ३६ ग्राम चाँदी र १ सय ७८ ग्राम स्टिल संकलन भएको छ । विशेष पूजाबाटमात्र करिब ८ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । केही हिसाब किताब गर्न अझै बाँकी रहेको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाले गत वर्षभन्दा महाशिवरात्रिका दिन व्यवस्थित गर्न सकिएको भन्दै दानभेटीमा राम्रै संकलन भएको बताए । 'विगत वर्षमा पनि मैले खटेर काम गरेको थिएँ, यसपालि म आफंै धेरै सन्तुष्ट छु, दर्शनार्थीले सजिलै पशुपतिमा दर्शन गर्न पाए,' उनले भने । भारतको तिरुपति बालाजी र वैष्णुदेवी जस्तै सरकारले व्यवस्थित र प्रचारप्रसार गर्न सके शिवरात्रिको दिनमात्र करोड रुपैयाँभन्दा बढी भेटी संकलन गर्न सकिने उनले बताए । त्यसका लागि सरकारले धार्मिक पर्यटनकै रूपमा पनि विकास गर्नुपर्ने उनले बताए । 'जसरी तिरुपति बालाजीको प्रतिमूर्ति काठमाडांै ल्याउँछन्, हामी पनि शिवरात्रिलगत्तै भारतका विभिन्न सहरमा शिवजीको प्रतिमूर्ति लग्न सक्छौं,' उनले भने । तिरुपति र वैष्णुदेवीजस्तै सरकारले छुट्टै सुरक्षा व्यवस्था गर्नुपर्ने उनले बताए । वर्षैपिच्छे महाशिवरात्रि पर्वमा दर्शनार्थीको संख्या बढ्दै गएको भन्दै उनले त्यसको व्यवस्थापन प्रत्येक वर्ष फरक ढंगले गर्नुपर्ने बताए । यस वर्ष दस लाखभन्दा बढी दर्शनार्थीले शिवरात्रिको दिन पशुपतिनाथको दर्शन गरेको उनले बताए । 'विशेष टिकट पनि प्रत्येक वर्ष बिक्रीको अनुपात बढिराखेको छ, गत वर्ष पाँच सय टिकट बिक्री भएका थिए,' उनले भने ।
पूर्ण आकार पाएपछि मंगलवार बसेको अन्तरिम चुनावी मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोग लगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेपछि नयाँ संविधानसभा चुनावको मिति घोषणा गर्ने निर्णय गरेको छ।
संवैधानिक निकायमा नियुक्तीका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद गठन भएपछि निर्वाचन आयोग लगायतमा नियुक्तीका लागि सिफारिस गर्न बाटो खुल्नेछ।
परिषद् गठन, संवैधानिक नियुक्ती र चुनावको मिति घोषणा गर्ने काम केही दिनमै सम्पन्न हुने सरकारको भनाइ छ।
अन्तरिम चुनावी मन्त्रिपरिषदले सोमबार पूर्ण आकार पाएपछि मंगलवार दिउँसो सिंहदरवारमा सबै मन्त्रि सम्मिलित पहिलो बैठक बसेको थियो।
बैठकले संवैधानिक परिषदको गठन, त्यसपछि निर्वाचन आयोगमा नियुक्तीका लागि सिफारिस र नियुक्ती प्रक्रिया सकिएपछि आयोगसँगको परामर्शमा चुनावको मिति सार्वजनिक गर्ने निर्णय लिएको हो।
घोषणा
त्यसबारे सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सामान्य प्रशासन र शिक्षा मन्त्री माधव पौडेलले भने, “सरकारको प्राथमिकता निर्वाचन आयोगमा नियुक्त गर्नेमा छ, आयोग गठन भइसकेपछि त्यो आयोगसँग परामर्श गरेर सरकारले चाँडो भन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्छ।”
बैठकमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दोहोरो सुविधा नलिन मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
मन्त्री र मन्त्रालयका कर्मचारीले पाउने नियमित तलब सुविधा बाहेक मातहतका निकायहरुबाट दोहोरो सुविधा लिने गरेका घटनाहरु सार्वजनिक भईरहेकाले यस्तो निर्देनशन दिइएको प्रवक्ता पौडेलले बताए।
मन्त्रिपरिषद्को बैठकले हरेक मन्त्रालयबाट भइरहेका महत्वपूर्ण निर्णयहरु २४ घण्टाभित्र आ-आफ्नो वेबसाइटमा राख्न निर्देशन दिएको छ।
मन्त्रालयका काम कारवाही पारदर्शी र सर्वसाधारणको पहुँच पुगेको बनाउन यस्तो निर्देशन दिइएको सरकारले बताएको छ।
सरकारका प्रवक्ता मन्त्री पौडेलले संवैधानिक परिषद् गठनको तयारी शुरु भईसकेको बताउँदै छिट्टै निर्वाचन आयोग लगायत रिक्त संवैधानिक निकायहरुमा पदपूर्ति हुने जानकारी दिएका छन्।





















