दाङ,चैत्र ७ । मध्यपश्चिम क्षेत्रमा घुमन्ते जीवन विताउदै आएका राउटे बस्तीमा भोकमरी परेको छ । काठ अभावमा काठका सामग्री निर्माणमा समस्या तथा समयमा सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि भोकमरी परेको हो । हाल राउटेहरु सल्यानको माझकाँडा–९ बलुवा भन्ने स्थानमा बस्दै आएको र उनीहरुलाई खान समस्या भएको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन । भोकमरीले गर्दा विशेषगरी बालबालिकाहरुमा मार परेको अध्यक्ष अधिकारीको भनाइ छ । प्रतिष्ठानको टोली राउटे बस्तीको अनुगमनका लागि बुधबार माझकाँडा पुगेको थियो । अनुगमनमा प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी, आदिवासी जनजाति जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष यज्ञबहादुर बुढा मगर र सल्यानका प्रेम घर्ती मगर गएका छन् । सरकारले राउटे जातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।


दैलेख,चैत ७ । बहुला कुकुरको टोकाईबाट रेविज लागेर एक जनाको ज्यान गएको छ । भैरीकालिकाथुम-७ का शेरबहादुर थापाको कुकुरले टोकेर मृत्यु भएको हो ।  उनको खुट्टामा ४ महिनाअघि कुकुरले टोकेको थियो । टोकाईबाट घाईते थापाको उपचार नेपालगञ्ज लगेर गरिए पनि घाउ निको नभएपछि मृत्यु भएको हो । बाहुला कुकुरले भैरीकालिकाथुम गाविसमा ३ जना बढी मानिसलाई टोकेको छ । उनीहरुको उपचार भैरहेको छ ।


हामी पर्फयुम केका लागि लगाउछौँ रु अवश्यनै बास्नादार हुनको लागि र हामीमध्ये धेरैजनाले यस्तै उत्तर दिन्छौँ ।  बजारमा पनि बास्नादार पर्फयुम र बडि स्प्रेको नै बर्चस्व रहेको हुन्छ । अहिलेसम्म कसैले पनि गन्हाउने अत्तरको बारेमा सुन्नु भएको छैन होला । यस्तै अचम्मको उत्पादनका साथमा आएको छ, एउटा अचम्म लाग्दो कम्पनीले । संसार अचम्मको छ, सबैजनालाई बास्नादार भएरै हिँड्न मनलाग्छ भन्ने छैन । कसैलाई गन्हाउने भएर पनि हिँड्न मनलाग्छ, मुर्दाबाट जस्तो प्रकारको गन्ध आउँछ त्यस्तै प्रकारको गन्ध लिएर हिँड्ने मानिसहरुको सपना नै हुन्छ । यस्तै सोचाई राख्ने मानिसहरुका लागि अचम्मको पर्फयुम बनाउने कम्पनी ‘डेमेटर’ले ‘जम्बी फर हिम–हर’ नामक सडेको गन्हाउने पर्फयुम दुबै महिला र पुरुषका लागि बजारमा ल्याएको छ । पुरुषहरुको लागि बनाइएको पर्फयुममा सुकेको पात, ओेसिलो लेउ, च्याउको गन्ध मिसाइएको छ जसलाई छर्किनाले मरेको मानिसहरुजस्तो गन्ध आउने गर्दछ । महिलाहरुको जम्बी पर्फियुम पुरुषहरुको भन्दा अलि नरम हुन्छ । सडेको गन्हाउन त्यति सस्तो भने छैन । सानो जम्बी पर्फयुमको २० डलर पर्छ भने त्योभन्दा अलि ठूलोको ३९.५० डलर पर्छ ।

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS