Widgets

वार यूनिटले सुष्मा कार्की विरुद्ध मानहानीको मुद्धा हाल्ने

Unknown | 04:44 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


९० प्रतिशत सुटिङ सकिएपछि अचानक यूनिटबाट निकालिएकी हिरोईन सुष्मा कार्की विरुद्ध फिल्म 'वार' यूनिटले मानहानीको मुद्धा हाल्ने भएको छ । सुटिङ सेटमा सुष्माले ब्यायफ्रेण्ड र आफ्नो भाईलाई संगै उपस्थित गराएपछि वार यूनिटमा विभिन्न लफडा भएको थियो जसकारण प्रोडक्सन टिम र सुष्माले एक अर्का विरुद्ध विभिन्न आरोप लगाएका थिए ।

सुष्माले एक एक डेली पेपरमा दिएको अर्न्तवार्तामा आफूहरुको चरित्र हत्या भएको भन्दै निर्देशक मुकुन्द भट्टले सो बिषयमा उनले आफूहरुसंग माफी नमागेको खण्डमा मानहानीको मुद्धा हाल्ने बताएका हुन्। सुष्माले मध्यरातमा यूनिटका एक सदस्य नाङगै कोठामा आएको 'स्टेमेन्ट' दिएकी थिईन् जुन बिषयले आफूहरुको चरित्र हत्या भएको भन्दै वार यूनिट आक्रोसमा आएको  हो ।

'भएको कुरा पो गर्नुपर्छ नभएको कुरा गर्दा हाम्रो ईज्जतमा प्रश्न आउँछ त्यसैले उनले माफ मागिनन् भने हामी मानहानीको मुद्धा हाल्ने छौ', निर्देशक भट्ट बताउँछन् । उता यो बिषयमा सुष्मा कार्कीसंग प्रश्न गर्दा उनले आफू गलत नभएको बरु प्रमाण सहित मुद्धा लड्न तयार रहेको प्रतिक्रिया दिएकी छिन् । 'सुटिङ सेटमा दिएको तनावका कारण हामीले ९० प्रतिशत सुटिङ सक्दाको अवस्थामा उनलाई निकाल्न बाध्य भएका हौं त्यसैले हाम्रो निर्धारित बजेटमा २० लाख प्लस भएको छ', निर्माता सुबोध भट्टको भनाई छ ।

उता सुष्मा भने आफू निकालिएको नभई यूनिटका सदस्यहरुको ब्यबहारका कारण आफै निस्किएको बताउँछिन् । अन्तिम समयमा हिरोईन आउट भएपछि सो फिल्मको करिब २० दिनको सुटिङ लम्बिएको छ । 'दशै अगाडी नै सुटिङ प्याकअप हुन्थ्यो तर नयाँ हिरोईन लिएर फेरी सुटिङ गर्नु पर्ने भएकाले तिहार पछिको थप दश दिन लाग्छ होला', निर्माताको भनाई छ ।

विराज भट्टको परिवार भट्ट ग्रुप फिल्मस मार्फत निर्माण भईरहेको यो फिल्ममा विराजका भाई कृष्ण र सुष्मा लिड रोलमा थिए । तर सुष्मा आउट भएपछि हिरोईन पार्टको सम्पूर्ण दृश्य फाल्दै सो यूनिटले नीता ढुङगानालाई अनुबन्ध गरेको छ । नायिका शुष्मा निक्लिएको केहि दिनमा क्यामेरा म्यान राजेन्द्र सापकोटा पनि केहि बिबादका कारण युनिटबाट निक्लिएका थिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS