छोरीलाई गम लगाएर भित्तामा टाँसी कुट्ने आमालाइ ९० बर्ष जेल
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
सबैलाई माया बाड्ने ममताकी खानी भनेर चिनिने गर्छिन आमा तर कहिलेकाही यस्ता आमाका समाचार पनि आउने गर्छन, जसलाइ पत्याउनै गाह्रो पर्छ । अमेरिकाको डल्लास निवासी एक महिलालाई आफ्नी दुई वर्षकी छोरीको हात गम लगाएर भित्तामा टाँसी पिटेको अभियोगमा ९९ वर्ष जेलको सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीशले २३ वर्षकी एलिजाबेथ एस्कालोनालाई शुक्रबार यस्तो सजाय सुनाएको हो। एस्कालोनाले दुइ बर्षकी बालिकालाई निर्घात कुटपिट गरी जमिनमा घिसार्दै लछार पछार बनाएकी थिईन । त्यतिले नपुगेर उनले बालिकाको हातमा गम लगाई रगत आउन्जेल सम्म भित्तामा टाँसी दिएकी थिईन । आमाको पिटाइ खाएकी छोरी घाइते भएर कैयौँ दिनसम्म अस्पतालको कोमामा रहेकी थिएन्। एस्कालोनाका अरु सन्तानले छोरीलाई पेटमा लातले हानेको र जगले हिर्काएको बयान दिएका थिए । असामान्य तरिकाले कुटपिट गरेपछि वालिकाको शरीरमा भएका निल डामका तस्विरहरु अदालतमा देखाउदा उनी आफैले हेर्न नसकेर धुरु धुरु रोएकी थिईन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments