Widgets

विनिताको जुठो जियाको भागमा

Unknown | 16:42 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


राजन घिमिरे / ग्ल्यामर नेपाल डट कम, माघ १०- पारिश्रमिकको त कुरै छाडौँ, सिनेमाको पर्दामा अनुहार देखाउन पाइयो भने मात्र पनि त्यसका लागि जे गर्न पनि तयार हुने नवआगन्तुकहरूको ठूलै भीड छ यहाँ। पहिले अवसर त दिनोस् नु भनेर अवसरको खोजीमा भौँतारिरहेका नवप्रवेशी युवतीको सोचले बाहुल्य पाइरहेको सिनेमाको भीडमा चलचित्र चपली हाइटुबाट नायिककाको रूपमा राम्रै हाइट बनाएकी नायिका विनिता बरालले आफूलाई राम्रै पारिश्रमिकबाट अफर आउँदा पनि त्यो अफरलाई लत्याइन्। उनको यो इन्कारबाट के प्रस्ट भएको छ भने सिनेमा खेल्ने लोभ र लालच अनि अवसर पाइयो भन्दैमा जस्तो पायो त्यस्तो सिनेमामा विनिता उभिन तयार छैनन्।
प्रसङ्ग चलचित्र बर्बादुको हो। यो चलचित्रमा श्रीमान्ले समय नदिँदा घरकी श्रीमती कसरी बिग्रिन्छे वा श्रीमतीकै कारण एउटा सुखमय परिवार कसरी बर्बाद हुन्छ भन्ने विषयलाई उठान गरिएको चलचित्र बर्बादमा केही बेडसिनहरू पनि राखिएका थिए। यही बेडसिन दिनका लागि विनिता बराल तयार भइन् भने उनले मागेजति पारिश्रमिक दिने सोचका साथ विनितासमक्ष पुगेका चलचित्र बर्बादका युनिट त्यतिबेला तीनछक परे जतिबेला विनिताले आफू पारिश्रमिक पाइने लोभमा ननाङ्गिने स्पष्ट पारिन्। उनले भनिन्, 'म पैसाका लागि होइन कि नाम र इज्जतका साथ सिनेमा क्षेत्रमा आएकी हुँ। पैसा पायो भन्दैमा जस्तो पनि सिन दिन र जे पनि गर्ने युवती नठान्नुस् मलाई। रोल र कथा चित्त बुझ्यो भने म बिनापारिश्रमिक पनि काम गर्न सक्छु। विनिताको यस्तो आत्मविश्वासी धारणा सुनेपछि उनीप्रति गलत सोच बनाएर गएको चलचित्र बर्बादको युनिट लुरुक्क फर्किएर आएको थियो। पछि उनीहरूले विनिताको तारिफ पनि गरे। बुझ्नमा आएअनुसार यदि विनिताले त्यो भूमिका खेलेकी भए उनलाई निर्माण समूह तीन लाख रुपैयाँ पारिश्रमिक दिन तयार भएको थियो। यतिबेला यो पारिश्रमिक नेपाली सिनेमाका नायिकाहरूमध्ये सर्वाधिक पारिश्रमिक पाउने नायिकामा पर्थिन् विनिता। तर, उनले पारिश्रमिकभन्दा नाम र क्यारियरलाई ठूलो ठानिन्। क्या बात्, विनिता।

एकातिर विनिताको यस्तो सोच छ भने अर्कोतिर विनिताले नै छाडेको र लत्याएको भूमिका जानुकाबाट जानकी हुँदै जिया बनेकी जिया केसीले खेलिन् र उनलाई न त क्यारियरको मतलब न त पारिश्रमिकको नै, थोरै पैसामा जस्तो रोल हात परे पनि खेल्न तयार भएकी जियाले यो सिनेमामा जिब्रो टोक्नुपर्ने अवस्थाको दृश्य दिएको चर्चाले पनि चलचित्र बजार गरम भइरहेको छ। नाम होस् बद्नाम होस् तर गुमनाम नहोस् भन्ने सोचकी झापाकी जियाको फिल्मी क्यारियर पनि यस्तै अश्लील र भल्गर चलचित्रहरूमा मात्र सीमित रहने भएको छ। चलचित्र एटीएमबाट निकै बद्नाम भएकी जिया अहिले पनि कुनै सार्वजनिक कार्यक्रमतिर हिँड्न सक्दिनन्।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS