Widgets

कलिउडलाई नंग्याउने कलिउड हेर्नुस

Unknown | 14:13 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


काठमाडौं, ७ माघ । हलिउड र बलिउडको नक्कल गर्दै नेपाली चलचित्र उद्योगलाई कलिउड भन्ने गरिएको छ । यद्यपि, हलिउड र बलिउडको जस्तो ग्ल्यामर अनि क्रेज यहाँ छैन । आफ्नै समाजमा पनि भिज्न नसकेको नेपाली चलचित्र उद्योगभित्र विकृतिका चाङ छन् । चलचित्र कलिउडले यिनै विकृतिलाई खोतल्ने प्रयास गरेको छ र, त्यसमा केही हदसम्म सफलता पनि पाएको छ । यद्यपि गहन अध्ययन नगरी चलचित्र बनाउन हतारिँदा निर्देशक नवराज आचार्यको पहिलो प्रयास शतप्रतिशत सफल भने नभएको समाचार आजको सौर्य दैनिकले छापेको छ ।
शीर्ष भूमिकामा अभिनय गरेका आर्यन सिक्देल (सफल), प्रियंका कार्की (काव्य) पायल थापा (लक्की) र विष्णु कार्की (विनय) को वरिपरि घुमेको छ चलचित्र । हिरोइन बन्ने सपना बोकेर गाउँबाट काठमाडौं छिरेकी काव्य र लक्की रूप पार्टनर हुन्छन् ।

पहिलेदेखि नै यसक्षेत्रमा संघर्षरत लक्की आफूलाई निर्मातासामु हरतरहले समर्पण गरेर भए पनि थोरबहुत सफलता हासिल गर्छिन् । काव्य भने कम्प्रोमाइज गर्ने पक्षमा छैनन् । त्यसैले निर्माता निर्देशकसँग लगातार भेटका क्रममा पनि उनको हातमा चलचित्र पर्दैन । अन्तत: केही पाउन केही गुमाउनु पर्छ भन्ने निष्कर्षमा पुगेर उनी पनि एक निर्मातालाई रिझाउन सफल हुन्छिन् । फलस्वरूप एउटा चलचित्रमा हिरोइनको रोल हासिल गर्छिन् । चलचित्रमा उनको अपोजिट हुन्छन् सफल । सुपरस्टार सफल र काव्य अभिनयको सिलसिलामा नजिकिन्छन् । यी दुबैबीच प्रेम अँकुराउँछ । यता पत्रकार विनयले पनि काव्यप्रति भित्रभित्रै प्रेम पाल्न थालेका छन् । पत्रकार विनयको मद्दतले काव्यले सफलताको अर्का रूप देख्छे । तब काव्य र सफलको प्रेमले नयाँ मोड लिन्छ ।
   
पैसा र नाम कमाउने ध्याउन्नमा हिरोइन बन्न नाजायज सम्झौता गर्ने कथा नेपाली चलचित्रका लागि नौलो होइन । त्यस अर्थमा यस चलचित्रले कुनै नयाँ कुरा पस्किन सकेको छैन । तथापि प्रस्तुतीकरण र कथाको बहावले दर्शकलाई बाँधिराख्न भने सफल छ । यसै पनि नेपाली चलचित्रबारे समाजमा सकारात्मक विचारधाराको अभाव रहेका बेला चलचित्र क्षेत्रलाई पूरै नकारात्मक रूपमा प्रस्तुत गरिनु कतिको जायज होला भन्ने प्रश्न उठेको छ । यसले नेपाली चलचित्र उद्योगका सेलिब्रेटीलाई यौनभोकाका रूपमा मात्र चित्रण गरेको छ । कलिउड नगरीलाई विषय बनाइए पनि मूल कथा भने त्रिकोणात्मक प्रेममा अल्मलिएको देखिन्छ ।

पटकथा त्यति दमदार नभए पनि पात्रले बोल्ने सम्वादमार्फत भने केही मिठास दिन खोजिएको छ । सधैँ रक्सी र चुरोटको सर्कामा रमाउने स्टारको भूमिकामा देखिएका आर्यन अभिनयमा जमेका छन् र आफ्नो स्टार भ्यालु साबित गरेका छन् । यद्यपि उनको भूमिकाले उनकै बारेमा बाहिर आएका नकारात्मक समाचार पुष्ट्याइरहेको जस्तो लाग्छ । लक्कीको भूमिका निर्वाह गरेकी पायल थापाको अभिनय चलचित्रको सबल पक्ष हो । निर्माताको रोलमा देखिएका पत्रकार सुव्रत आचार्यको भूमिका छोटै भए पनि प्रभावकारी छ । पत्रकारको भूमिका निर्वाह गरेका विष्णु कार्कीले पहिलो चलचित्रमा नै सम्भावना देखाएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS