रागिनी एमएमएस २ मा सन्नी लियोनको भूमिका के ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
मुम्बई, माघ ९ (एजेन्सी) - सन्नी लिओन यतिखेर रागिनी एमएमएस २ फिल्मको सुटिङमा व्यस्त छिन्। पोर्न स्टारबाट बलिउड फिल्ममा आएकी यी सुन्दरी फिल्ममा हिरोइनको भूमिकामा देखिनेछिन्। स्रोतका अनुसार सेक्स हरर जेनरको फिल्म रागिनी एमएमएस २ मा उनी बलिउड हिरोइनको भूमिका निभाउँदैछिन्। रियालिटी सो बिग बोस ५ मा प्रवेश गरेपछि सन्नीको बलिउड यात्रा सुरु भएको थियो। क्यानडामा अश्लिल फिल्ममा राम्रैसँग जमेकी उनी पुजा भट्ट निर्देशित जिस्म २ बाट बलिउड डेब्यु भएकी थिइन्। यो उनको दोस्रो बलिउड फिल्म हो।
रागिनी एमएमएसको एक सुत्रले भने, 'सन्नीको रोल एउटा बलिउड हिरोइनको रोल हो। सबै नयाँ कलाकारसँगै उनले सात दिनअघिदेखि सुटिङ थालेकी छिन्।'
भुषण पटेलद्वारा निर्देशित यो फिल्म एकता कपुरले निर्माण गरेकी हुन्। यो गत वर्ष आएको फिल्म रागिनी एमएमएसको सिक्वेल हो। यो फिल्मको मुम्बई स्थित फिल्मसिटीमा सुटिङ जारी छ
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments