Widgets

सेक्सी क्लिप देखाउँदै एक युवतीलाई बलात्कार

Unknown | 07:33 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

विश्वासै नभएको घटना भएपछि पत्याउन करै लाग्छ । यस्तै घटनाले जीवनभर मानसिक तनावमा बाँच्नुपर्ने बाध्यतासँगै पुरुष भन्ने शब्दसँगै मनभरि घृणा जागेको छ एक युवतीको । तर, पनि हरेस नखाई उनी आफूलाई लुट्ने नक्कली प्रेमी र उनकै सहयोगमा बलात्कार गर्ने अर्का युवालाई कारबाही गराउन प्रहरीमा धाइरहेकी छिन् ।

जन्मदिने बाबुआमाजस्तै प्यारो हुन्छ उमेरमा कोही अरू पनि । विश्वास र मायामा परेका एक जोडीमध्येका दुवै अहिले पछुतोमा छन् । प्रेमी प्रहरी कस्टडीमा प्रायश्चित गर्दै छन् भने प्रेमिका उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छिन् । । अझ प्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छिन् । ‘आफ्नो जीवनमा जे भयो भयो, अरू प्रेमीप्रेमिकाले यस्तो जीवन भोग्नु नपरोस्,’ उनले भनिन् । धुलिखेलमा बयानका लागि आएकी उनले भनिन्, ‘यतिखेर मलाई आफ्नै बाबासँग हिँड्दा पनि १० पटक सोच्नुपर्ने भएको छ ।’
‘भर्खर १८ वर्षकी भएँ,’ स्टाफ नर्सको दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी उनी भन्छिन्, ‘काठमाडौंबाहिर घर हो । बुबाआमा काठमाडौंमा बस्ने भएकाले जन्म पनि यतै भयो ।’ उनका अनुसार नौ महिनाअघि दोलखा घर भई भक्तपुर बस्दै आएका उमेश उप्रेतीसँग भेट भएको थियो । उप्रेती प्रिमियर कलेज काठमाडांैमा बिबिएसमा अध्ययन गर्दै छन् ।
‘मेरो र उमेशको नजानिँदो तरिकाले प्रेम सुरु भयो,’ उनले सुनाइन्, ‘गोदावरीमा जाँदा उसको र मेरो देखादेख भएको रहेछ । म साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भएको थियो ।’ कलेजको नाम मात्र भनेपछि उनलाई भेट्न उप्रेती कलेजमै आएका थिए । ‘साथीको अफिसमा गएर कुरा गराँै भन्दै उसले बाइकमा बस्न अनुरोध गर्‍यो,’ उनले सुनाइन्, ‘त्यहाँ पुगेपछि उसले शरीरमा हात हाल्यो ।’ पहिलो भेटमै जबर्जस्तीमा परेकी उनीसँग भएका सबै क्रियाकलाप क्यामेरामा कैद भएको रहेछ ।
उनले भनिन्, ‘पटकपटक मानसिक तनाब दिन थाल्यो । सेक्स क्लिप छ भन्दै फोन गर्न थाल्यो ।’ उनका अनुसार सेक्स क्लिप बाबुआमालाई पठाइदिन्छु भन्दै उप्रेतीले तर्साएका थिए । उप्रेतीले भनेको नमाने बाबुआमालाई गुन्डा लगाएर अपहरण गर्ने र मारिदिने धम्की पनि दिएका थिए । सेक्स क्लिप सार्वजनिक भए बेइज्जत हुने डरले उसले भनेको मान्दै गएको उनले सुनाइन् । ‘क्लिपका आधारमा उसले मसँग धेरैपटक सेक्स गर्‍यो,’ उनले थपिन्, ‘कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ ।’
यो त उनको प्रेमीको वासना पूरा गर्नका लागि कलेज र परिवार छाडेर हिँडेको बाध्यताको घटना थियो । तर, तिनै प्रेमीले अरू साथी लगाएर बलात्कार गर्न लगाउने र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने उनले सोचेकी पनि थिइनन् । किनभने यही डरले त उनी प्रेमिका अघि यौनदासी नै बनेकी थिइन् । तर, धोकेबाज प्रेमीले उनलाई कहाँ यतिमै छाड्यो र ?
पुसको पहिलो साता उमेशले उनलाई भक्तपुरको एचटुओ क्याफेमा बोलाएका थिए । त्यहाँ पुग्दा उप्रेतीसँगै साथी आकाश श्रेष्ठ र अर्की केटी स्मिता राई पनि थिए । उमेशले उनलाई आकाशसँग चिनायो र केटी साथीलाई मलाई घरमा पुर्‍याउन पठायो ।
उनले थपिन्, ‘आकाशले उमेश गुन्डा हो भनेर तिम्रो सेक्स क्लिप उम्काएर लिनुपर्छ भन्दै फकायो ।’ उनी विश्वासमा परिन् र आकाशले भनेअनुसार मान्दै गइन् । ‘२७ पुसमा आकाशको फोन आयो,’ उनले भनिन्, ‘उसले क्याफेमा लगेर चप्सी खुवायो ।’ चप्सीमा केही मिसाएर खुवाइएकाले उनी बेहोसजस्तै भइन् । आकाशले घर पुर्‍याउँछु भनेर बाइकमा राखेको पनि उनलाई याद छ । कोठाभित्र लगेर कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि उनलाई याद छ तर प्रतिकार गर्नसक्ने आँट छैन । ‘राति ६–७ पटक थिच्यो,’ उनले भनिन्, ‘२८ पुसमा ब्युँझिँदा ऊ र म नांगै थियौँ ।’ उनी आत्तिन् र भनिन्, ‘यो के गरेको ?’ आकाशले तिम्रो ब्वाइफ्रेन्ड उमेशले पठाएको जवाफ दिएपछि उनी झन् तनावमा परिन् ।
राति घरमा नआएपछि उनकी आमाले उमेशलाई फोन गर्दा तेरी छोरीलाई आकाश भन्ने केटासँग रातभर सुत्न पठाइदिएको छु भनेर रातभर एसएमएस गरेर तनाव दिएछ ।
‘२९ पुसमा प्रहरीमा गयौँ,’ उनले भनिन्, ‘नगरकोटमा घटना भएको भन्दै प्रहरीले सुरुमा भक्तपुर, भक्तपुरले होटल काभ्रेको रहेछ भन्दै धुलिखेल, धुलिखेल प्रहरीले इलाकाको क्षेत्र भन्दै बनेपामा पठाउँदा थप पीडा भयो ।’ २ माघमा प्रहरीेमा उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलमार्फत मुद्दा अगाडि बढिरहेको छ । उनले भनिन्, ‘अहिले पनि मलाई मोबाइलमा म्यासेज पठाएर सेक्स ह्यारेसमेन्ट गरिँदै छ ।’ विश्वास गरेर प्रेम गर्न खोज्दा भोगेको परिणाम र मानसिक तनाव कम गर्न कानुनी कारबाहीको मल्हम लगाउन खोजिरहेकी छु ।’ उनले भनिन्, ‘उसँग अझै मेरो सेक्स क्लिप्स छ, कलेज उमेरमा कसैलाई प्यार गर्दा यस्तो भोगियो, पुरुष भन्ने शब्दसँग पनि घृणा छ, अभिभावकलाई उस्तै तनाव । म त प्रेमीबाटै बलात्कृत मात्र भइनँ, उसले साथीहरूबाट पनि बलात्कार गरायो ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS