६ युवाले एक नेपाली किशोरीको सामुहिक बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
तीन विद्यार्थीसहित ६ युवाले एक नेपाली किशोरीको सामुहिक बलात्कार गरेका छन् । जामिया मिलिया इस्लामियायुनिभर्सिटीमा कानुन पढिरहेका तीन विद्यार्थीसहित ६ जनाले लगातार १२ दिनसम्म किशोरीलाई थुनेर बलात्कार गरेका थिए ।
प्रहरीका अनुसार दक्षिण दिल्लीको डिफेन्स कोलोनीमा राखेर बलात्कार गरिएको थियो । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ भने दुई फरार रहेका छन् । पीडित किशोरी महिला साथीहरुसँग रहेर ११ कक्षामा अध्ययनरत रहेको बताइएको छ । उनका परिवारले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
उनीसँग बस्ने महिला साथीले अर्कै ठाउँमा सर्न भनेपछि उनी बलात्कारको सिकार हुन पुगेकी थिइन् । आफूलाई प्रहरी बताउने पुंकित चौधरीले सुरुमा उनलाई रुम सेयरमात्र गरेनन् बलात्कार नै गरे । पीडित किशोरी घरबारविहीन भएको थाहा पाएपछि पुंकितका साथीहरुले बलात्कार गर्न थाले । घटनामा संलग्न भएको भन्दै प्रहरीले पुंकित, अमनद्वीप कत्यान, रुपन्सु प्रतापसिंह र सरद शेखरलाई हिरासतमा लिएको छ । मेडिकल परीक्षणले पनि किशोरी बलात्कृत भएको देखाएको छ । प्रहरीले फरार दुई अभियुक्तको खोजी तिब्र पारेको जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments