भुवन केसीको अफयेर चल्यो एटिएम गर्ल संग
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
चलचित्रका नायकहरू विभिन्न कारणले चर्चामा आउँछन्, केही अभिनयका कारण चर्चामा आउँछन् भने केही बानी, व्यवहार र चरित्रका कारण । यति मात्र होइन उनीहरूले चलचित्रमा दिएका ‘बोल्ड’, सिन र एक्सनले पनि बजारमा उत्तिकै चर्चा पाउँछ पब्लिक फिगर’ भएपछि नायकहरूको सामान्य कुरामा पनि सर्वसाधारणले चासो राख्नु स्वभाविक हो । चलचित्र क्षेत्र रंगीन दुनियाँ पनि हो । गलामा रस छउन्जेल र कलामा पहुँच रहुन्जेल सबैको आकर्षणको केन्द्रमा हुन्छन् कलाकारहरू । त्यसपछि विस्तारै विस्थापित हुदै जान्छन् ।
तर, नायक भुवन केसी भने यी कुरामा अपवाद छन् । ‘जुनी’मार्फत ४० को दशकको सुरुबाट चलचित्रको रंगीन दुनियाँमा प्रवेश गरेका भुवनले त्यसयता उद्योगमा राम्रै चर्चा कमाए । तर, त्योभन्दा बढी चर्चा उनको ‘लभ अफेयर’ले पाउने गरेको छ । उनको सानै अफेयर किन नहोस्, सनसनी मच्चिन्छ मिडियामा ।
पछिल्लो समय यिनै नायक आफूभन्दा ३० वर्ष कान्छी नायिकासँगको सम्बन्धले चर्चामा रहेको कुरा आज को नयापत्रिका दैनिक ले प्राथमिकता मा यो खबर छापेको छ । हुन त दर्जनौँ अफेयरमा तानिएका उनको यसअघिका सम्बन्धबारे पनि रोचक प्रसंग छँदै छन् । तर, पछिल्लो समय ‘एटिएम गर्ल’का नामले चिनिएकी जिया केसीसँगको सम्बन्धले उनलाई फेरि बोल्नैपर्ने बनाइदियो । सञ्चारमाध्यमले एकाएक उनीहरूको सम्बन्धबारे खुलासा गरे पनि उनले यसलाई सामान्य घटनाका रूपमा मात्र लिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments