विराज भट्टको श्रीमती पहिलो पटक मिडियामा सार्वजनिक
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
फिल्म क्षेत्रमा आउनु अघिनै विराज भट्ट बिवाह बन्धनमा बाँधिएका थिए । कलिउडमा जव उनी हिरोको रुपमा उदाए त्यो दिन देखि आज सम्म उनी स्टारको रुपमा परिचित छन् । पछिल्लो समय नेपाली फिल्म न्यून मात्रामा खेल्न थालेका उनी बिहारका दर्शकमाझ लोकप्रिय पनि भईरहेका छन् ।
भोजपुरी फिल्ममा एक्कासी ब्रेक पाएपछि उनी नेपालका स्टार मात्र हैन अहिले उताको मार्केटमा पनि त्यतिकै बिकाऊ भएर देखा परेका छन् । एक हप्ताको लागि नेपाल आएका बेला सोमबार विराजसंग फिल्मीखबरका लागि अनुप भट्टराईले एक्सक्लुसिभ ईन्टरभ्यू लिएका छन् जुन केहि समय पछि प्रकाशित गरिनेछ । तर अहिलेका लागि विराज भट्टको श्रीमतीलाई पहिलो पटक मिडियाबाट सार्वजनिक गरिएको छ विगत ३ बर्षदेखि भक्तपुर बालकोट स्थित रोज भिलेजमा एक करोड प्लसको आफ्नै घरमा उनको सानो परिवार छ जहाँ श्रीमती र कक्षा दश र ६ मा पढ्ने दुई छोरा छन् उनको । उनको श्रीमतीको नाम सरस्वती हो जो हाउस वाईफ हुन् । टक्सनमा चढ्ने विराजले छोराहरुका लागि स्यान्ट्रो गाडीको सुख सुविधा दिएका छन् । नेपाली फिल्ममा अभिनय गरे भन्दा केही गुणा बढी पारिश्रमिक भोजपुरी फिल्मबाट पाउने उनी सम्भवत बलिउडमा ईन्ट्री मार्ने तयारीमा पनि छन् ।
विराजद्धारा अभिनित ६ वटा नेपाली फिल्म अझै रिलिजको तयारीमा छ तर यो रिलिज संगै उनले होम प्रोडक्सन भट्ट फिल्मसबाट नयाँ फिल्म बनाउने पनि तयारी गरिरहेको ईन्टरभ्यूमा खुलाएका छन् । ईन्टरभ्यूमा केही रोचक र विवादास्पद अभिब्यक्ति पनि दिएका छन् उनले ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments