Widgets

गर्भर्वती भएको बेलामा यस्तो योग गरे फाइदा हुन्छ।।।

Unknown | 05:32 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


गर्भावस्था जीवनको एक महत्त्वपर्ूण्ा र अत्यन्त ध्यान दिनुपर्ने अवस्था हो । साधारणतया उमेर पुगेका महिला पुरुषसँगको सहवासबाट शुक्रकीट र डिम्बाणुको उचित सर्म्पर्कपछि गर्भधारण गर्छन् । अन्तिम पटकको महिनावारी भएको पहिलो दिनदेखि करिब २८० दिनसम्म भ्रूण विकसित भई बच्चाको रूपमा पाठेघरभित्र रहन्छ । तर गर्भावस्थाको समयावधि सबैमा एकनासको हुँदैन । घटीमा करिब २४० तथा बढीमा ३१५ दिनसम्म पेटमा बच्चा रहन्छ भने कसैमा असामान्यवस्थामा त्यो भन्दा घटी वा बढी समयसम्म पनि रहने गर्छ ।

यस बेला ध्यान नदिएमा भावी जन्मने बच्चाको स्वास्थ्य र जीवनमा पनि अनेक असरहरू पर्न सक्छन् भने स्वयम् गर्भवती महिलालाई पनि यसबाट समस्या आउँछ । त्यसैले गर्भवती महिलाहरू र उनका सरोकारवालाहरूले बच्चा नहुन्जेल गर्भावस्थाका विभिन्न नियमहरूको पालना गर्नुपर्छ । गर्भावस्थामा खानपान, आराम, काममा सावधानीजस्ता विभिन्न नियमहरूको पालना गर्नुपर्छ । गर्भावस्थामा पालना गर्न सकिने विभिन्न नियमहरूमध्ये योगको अभ्यास पनि एक हो ।

गर्भावस्था र योग

कतिपय कारणले गर्भावस्था पनि धेरै महिलाहरूको लागि तनावग्रस्त बन्न पुग्छ । यसलाई सहज र तनावरहित बनाउनको लागि योगले महत्त्वपर्ूण्ा भूमिका खेल्छ । गर्भावस्थालाई सामान्य अवस्थामा राख्न र पछि बच्चा जन्माउनको लागि शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त गरेर मनलाई शान्त पारिराख्नका लागि योगको भूमिका महत्त्वपर्ूण्ा हुन्छ । गर्भावस्थाका लागि आवश्यक योगाभ्यासहरूको चर्चा गर्नुअघि गर्भावस्थाकै बारेमा केही जानकारी लिनु उचित हुन्छ । र्

गर्भ रहँदाका लक्षणहरू र जाँच

गर्भ रहेपछि निम्न किसिमका लक्षणहरू देखा पर्छन् ।

 महिनावारी रोकिनेः गर्भ रहेपछि महिनावारी हुन छोड्छ तर महिनावारी अन्य कारणले पनि रोकिन सक्छ, जस्तै- रगतको कमी, पाठेघरका विभिन्न रोग, हर्मोनको गडबडी, अस्थायी साधनको प्रयोग आदि ।

 स्तन र छालामा परिवर्तनः गर्भधारणको प्रायः दर्ुइ-तीन महिनादेखि स्तन सुन्निने, स्तनका नसाहरू गाढा र ठूलो हुने र स्तन निचोर्दा तरल पदार्थ ९ऋययिकतचum० निस्कने हुन्छ । साथै स्तन, पेट एवम् अनुहारमा पोतो -चाया) देखिन्छ ।

 विभिन्न समस्याहरू हुनेः पहिलो वा दोस्रो महिनासम्म बिहानको समयमा वाकवाक लाग्ने, बान्ता हुने, रि·टा लाग्ने, कमजोरी हुने, रगतको कमी तथा रक्तचाप घट्ने जस्ता समस्या प्रायः महिलामा देखिन्छन् । कहिलेकाहीँ योनिबाट श्लेष्मा बग्ने, अलकाई हुने आदि गर्छ । यस बेला बारम्बार पिसाब गर्न मन लाग्छ ।

 पेटभित्र बच्चाको विकासः चौथो-पाँचौं महिनासम्ममा पेटभित्र बच्चा चल्न थाल्छ । एक प्रकारको जाँच्ने उपकरण -फिटेस्कोप) ले जाँचेर सुन्दा पेटको तल्लो भागमा बच्चाको मुटुको धड्कन र चाल सुनिन्छ । पेट क्रमिकरूपले बढ्दै आउँछ । तर पेट बढ्दैमा वा ठूलो हुँदैमा मात्र गर्भ रहेको नहुन सक्छ । पेटमा मासु बढ्ने, अर्वुद वा सिस्ट हुने आदि अवस्थामा पनि पेट ठूलो देखिन्छ । त्यसैले अन्य लक्षणहरू छन् वा छैनन् भन्ने कुरा हेरेर मात्र गर्भावस्थाको ठहर गर्नुपर्छ ।

र् गर्भवती भए/नभएकोबारे जाँचः गर्भावस्थामा पिसाब र रगतमा हर्मोनको जाँच गरेमा गर्भ रहे/नरहेको थाहा पाउन सकिन्छ । सामान्यतया रगतमा Þयुमन कोरियोनिक गोनाडोट्रोपिन -एचसीजी) हर्मोनसम्बन्धी जाँच रगत वा पिसाबबाट गर्न सकिन्छ । गर्भधारण भएको ६ देखि १२ दिन वा त्यसपछि सम्म यो जाँच गर्दा थाहा भइसक्छ । यससम्बन्धी जाँचका लागि आजकल पिसाब जाँचेर तुरुन्तै थाहा पाइने घरेलु किटहरू -होम प्रेग्नेन्सी टेस्ट किट) औषधि पसलमा पाइन्छ । यस्ता जाँचहरू कहिलेकाहीँ गलत पनि हुन सक्छन् । यस्तो अवस्थामा दोहोर्‍याएर वा अर्को विधिबाट जानकारी लिन सकिन्छ । गर्भावस्थामा अल्ट्रासाउन्ड गरी बच्चा भए/नभएको वा बच्चाको अवस्था आदि हर्ेन सकिन्छ । यसका लागि पनि निश्चित अवधि कर्ुर्नु जरुरी छ ।

हुन सक्ने समस्या र यौगिक समाधान गर्भावस्थामा विभिन्न समस्याहरू आउन सक्छन् ।

 वाकवाक लाग्ने

समाधान ः वाकवाकी सुरु हुनासाथ खानपान शुद्धीकरण गर्नुपर्छ र केही हल्का यौगिक व्यायाम तथा आसनहरूको अभ्यास गर्नुपर्छ । बिहान पेटमा चिसो रुमाल भिजाई ३०-४० मिनेटसम्म राखिसकेपछि मनतातो पानीको एनिमा दिनर्ुपर्छ । तीन-चार दिनसम्म लगातार यति मात्र गर्दा नै कसै-कसैलाई बमन र अरुचिको समस्या हटिहाल्छ । कब्जियत हटाउनको लागि फलफूल र तरकारीको प्रयोग बढी गर्नुपर्छ, पानी प्रशस्त पिउनर्ुपर्छ । खाना नरुचे जे रुच्छ त्यही खानर्ुपर्छ । एक-दर्ुइ दिन फलफूल तथा यसको रस मात्र खान सकिन्छ ।

केही दिनसम्म पेटमा चिसो रुमाल भिजाई १० मिनेट जति राखेर सावधानीपर्ूवक एनिमा प्रयोग गर्दा वाकवाकी कम हुन्छ र खाना रुच्छ । दैनिक गहुँको च्याँख्ला, फलफूल र सागपातहरू बिहान-बेलुुकाको खानाको मुख्य भाग बनाउनर्ुपर्छ, जसले गर्दा पेट पनि सफा हुन्छ । दिउँसो फलफूल र दूधको खाजा खानु ठीक हुन्छ । त्यसरी नै दैनिक कागती-पानी र मह मिश्रति गरी खाएमा फाइदा हुन्छ । खाना रुच्दै रुचेन भने भातको सट्टा एकदेखि तीन दिनसम्मको फलाहारको साथमा दूध एवम् उसिनेको ताजा तरकारी तथा मुगीको दाल मात्र खाएर बस्नर्ुपर्छ । यस अवधिमा पनि माथि उल्लिखित विभिन्न उपचार विधि अपनाउनर्ुपर्छ । चिल्लो, पीरोजस्ता खानेकुरा खानुहुँदैन ।

योग चिकित्साः सामान्य यौगिक सूक्ष्म व्यायामहरू, मेरुदण्डासन, उत्तानपादासन, वस्तिक्रिया, शीतली प्राणायाम, ध्यान आदि गर्न सकिन्छ ।

 गर्भावस्थामा कब्जियत तथा पाइल्स हुने

समाधान ः दैनिक पटक-पटक गरेर ३ देखि ५ लिटर पानी पिउनर्ुपर्छ । आन्द्रालाई सक्रिय बनाउन नियमित केही व्यायाम गर्ने, योगाभ्यास वा प्रातः भ्रमण गर्ने गर्नुपर्छ । खानामा चोकरसहितको -नचालेको) गहुँको पीठोको रोटी, गहुँको च्याँख्ला, रसिला एवम् रेसादार फलहरू जस्तै- स्याउ, सुन्तला, मौसम, मेवा, राम्ररी पाकेको अम्बा आदि प्रशस्त खानर्ुपर्छ । गाजर, काँक्रो, बन्दाकोपी, सलाद पात, चुकन्दरजस्ता काँचो सलादहरू पनि राम्ररी चपाएर खानर्ुपर्छ ।

त्यसरी नै लौका, फर्सर्ीीघिरौंला, परबरजस्ता मौसमअनुसारका तरकारी र सागहरू जस्तै- फर्सर्ीीे साग, रायोको साग, लट्टे, कर्कलो, सिस्नु, तोरीको साग आदि खानर्ुपर्छ । दिसा लगाउने खालका कुनै पनि औषधि खानुहुँदैन । यसले बच्चा र स्वयंलाई पनि नराम्रो असर पर्छ । अत्यधिक कब्जियत भएमा पेटमाथि चिसो पट्टी ३०-४० मिनेट प्रयोग गरेर मनतातो पानीको एनिमा लिनर्ुपर्छ । कसै-कसैलाई कृत्रिम आइरन चक्की खाँदा कब्जियत हुने गर्छ । तर्सथ सकेसम्म प्राकृतिक स्रोतबाट यस्ता तत्त्व प्राप्त गर्नु बेस हुन्छ । काँचो सलाद र टुसा पलाएको काँचो खाना पनि कब्जियतमा उपयोगी हुन्छ । यस्ता खाद्यवस्तु पौष्टिकसमेत हुन्छन् । अलकाइ वा पाइल्स भएमा बिहान, दिउँसो र बेलुका ३-४ पटक मलद्वारमा तातो पानी छ्याप्नर्ुपर्छ । एक दिन बिराएर तातो पानीमा पालैसँग मलद्वार र हिप डुबाएर केही बेर कटिस्नान गर्नु अत्यन्त लाभदायक हुन्छ ।

योग चिकित्सा ः मूलबन्ध, वस्तिक्रिया, मेरुदण्डासन, पादसञ्चालनासन, उत्तानपादासन, तिर्यक ताडासन, नाडीशोधनमा आमाशयिक श्वासप्रश्वास आदि लाभदायक आसनहरू हुन् ।

 अम्लपित्त बढेर पेट र छाती पोल्ने

समाधान ः पेट, छाती पोल्ने वा मुटु दुखेको/पोलेकोजस्तो हुने समस्या भएमा अम्लीय खानाको प्रयोग गर्नुहुँदैन । चिन्ता नलिने, उचित काम वा व्यायामहरू गर्ने, समयमा खाना खाने, खाली पेट नबस्नेजस्ता नियमहरूको पालना गर्नुपर्छ । पुरानो ग्यास्टिक रोगले सताएर पनि यस्तो हुन्छ । यी समस्यालाई हटाउन कारणहरूको उपचार गर्नुपर्छ । सादा खानर्ुपर्छ । बिहान लसुन, दूध र बेसार केही दिन खानर्ुपर्छ । दूध र चनाको सातु पनि खान सकिन्छ । साथै खाना खानुभन्दा १५ मिनेट अघि-पछि पारेर १/१ वटा अदुवाको सानो टुक्रा केही दिन खानर्ुपर्छ । साथै कब्जियतमा जस्तै उपचार पनि अपनाउँदा फाइदा हुन्छ ।

योग चिकित्सा ः वस्तिक्रिया, पादसञ्चालनासन, उत्तानपादासन, ताडासन, उष्ट्रासन सामान्य विधि, ध्यान आदि लाभदायक हुन्छन् ।

 पखाला लाग्ने समस्या

समाधानः धेरै पखाला लागेमा गर्भवतीलाई तुरुन्त गम्भीर समस्या आउन सक्छ । पानी प्रशस्त पिउने, जीवनजल वा नुन-चिनी-पानी, झोल कुराहरू, फलफूलको जुस, दालको झोल, तरकारीको सूप आदि खानर्ुपर्छ । ताजा दही र भात खाएमा पखाला थामिन मद्दत गर्छ । बढी मात्रामा पखाला भएमा स्वास्थ्य संस्थामा गई सलाइन चढाउने र थप कारणहरूको उपचार गर्नुपर्छ ।

योग चिकित्सा ः मूलबन्ध, शवासन, शिथिलासन, वज्रासन आदि गर्न सकिन्छ ।

 कम्मर तथा ढाड दुख्ने समस्या

समाधानः ढाडको विशेषगरी तल्लो भाग दुखेमा तातो कटिस्नान र एनिमा प्रयोग गर्नुपर्छ । तातो पानी पिउनर्ुपर्छ । यसका साथै कम्मरमा तातो मालिस गर्ने वा तातो-चिसो सेक्ने गर्दा तुरुन्तै दुखाइ कम हुन्छ । मालिस गर्दा ढाड सीधा पारी कुर्सी बसेर गर्नुपर्छ । धेरै दुखाइ भएमा ढाडका विशेष व्यायामहरू तथा केही योगासन गर्नुपर्छ । साथै खुट्टाको तातो स्नान र वाष्पस्नानले पनि दुखाइ हटाउँछ ।

योग चिकित्सा ः मेरुदण्डासन, एकपाद उत्तानासन, सेतुबन्धासन, पादसञ्चालनासन, उत्तानपादासन, नाडीशोधनमा आमाशयिक श्वासप्रश्वास आदि लाभदायक आसनहरू हुन् ।

गर्भावस्थामा गर्न सकिने व्यायामहरू

 एक पादउत्तानासन

विधिः उत्तानो सुतेर हत्केला भुइँतिर फर्काई दुवै हात शरीरको दायाँ-बायाँ राख्नुस्, दुवै खुट्टा जोड्नुस् । अब श्वास लिँदै देब्रे खुट्टालाई तन्काएर सोझो राखी बिस्तारै श्वास लिँदै माथि उठाउनस् र करिब ६० ड्रि्री जति माथि उर्ठाई रोक्नुस् । ५ सेकेन्डमा खुट्टा रोकिराख्दा श्वास पनि रोक्नुस् । अब श्वास छोड्दै खुट्टा भुइँमा राख्नुस् । यसरी नै यसलाई ६ देखि १० पटकसम्म अभ्यास गर्नुस् र दोस्रो खुट्टाको पनि त्यसरी नै अभ्यास गर्नुस् ।

सहज विधिः यसमा एउटा खुट्टा खुम्च्याई अर्को खुट्टालाई पहिलेझैं उठाएर अभ्यास गरिन्छ । थाकिएको अवस्थामा शवासनमा आराम गर्दै अभ्यास गर्नुस् ।

फाइदाहरूः यसले खुट्टा, कम्मर, मेरुदण्ड र पेटको भागलाई बलियो बनाउँछ । खुट्टा लचिलो एवम् सुडौल पार्छ । आन्द्राहरू र अन्य पाचन अ·हरू बलियो हुने हुँदा अरुचि, कब्जियत, वायुविकार हट्छ । महिलाहरूको प्रजनन अ· बलियो हुन्छ र यससम्बन्धी रोगहरू भएमा कम गर्छ । विशेष गरी महिलाहरूको महिनावारीसम्बन्धी धेरै समस्यालाई फाइदा गर्छ । यसले कम्मर र पेटमा भएको बोसो घटाउँछ । हाड खिइएर वा नसा थिचिएर हल्का कम्मर दुख्नेहरूलाई वा अन्य सामान्य कारणले हुने कम्मर-ढाड दुखाइलाई यी आसनले फाइदा गर्छन् । रक्तचापका बिरामीका लागि पनि यी सरल आसनहरू उपयोगी हुन्छन् ।

 अर्ध वा सहज नौकासनः

उत्तानो सुत्नुहोस् । दुवै खुट्टा खुम्च्याउनुस् । -खुट्टा खुम्च्याएर जोड्ने वा केही फैलाएर पनि गर्न सकिन्छ ।) दुवै हातलाई कानसँगै सोझो पारी अथवा मोडेर टाउकाको तल राख्नुहोस् । बिस्तारै स्वास लिँदै टाउको, गर्दन र पिठयूँलाई माथि उठाउनुहोस् र केही बेर श्वास रोक्नुहोस् । खुम्च्याउने भए हातलाई टाउकाको तल र नखुम्च्याउने भए दुवै हात सोझो पारी कानसँगै वा पेट-त्रि्रामाथि राख्नुस् र जीउलाई अडयाउनुस् । अब श्वास छोढ्दै जीउ तल राख्नुस् । यसरी नै ६ देखि १० पटक गरी आराम गर्नुहोस् ।

लाभहरूः यस आसनले अपच घटाउँछ, भोक जगाउँछ, कम्मर तथा पेटको बोसो कम गर्छ । हात, कम्मर क्षेत्रका पेटका अ·हरूलाई बलियो बनाउँछ । महिला-पुरुषका विभिन्न यौनदोषहरू कम गर्छ ।

सावधानीः कम्मर, गर्दन बढी दुख्दा र बढी रिंगटा लागेको बेला तथा पेटमा झट्का लाग्ने गरी गर्नुहुँदैन वा अति ढिलो र सक्ने जति मात्र गर्नुपर्छ ।

 केही मेरुदण्डासनहरू

विधि १ः उत्तानो सुत्नुहोस् । दुवै हातलाई शरीरको दायाँ-बायाँ सोझो हुने गरी फैलाएर मुट्ठी कस्नुस् वा खुम्च्याएर टाउकाको तल राख्नुस् । दुवै खुट्टा खुम्च्याएर केही फरक राख्नुस् र श्वास लिनुस् । अब श्वास छोड्दै खुट्टा र टाउको विपरीत दिशातिर मोड्नुस् । यस्तो गर्दा एउटा खुट्टाको कर्ुर्कुच्चाले अर्को खुट्टाको घुँडामा छुने प्रयास गर्नुस्, तर यी दुवै भागहरू भुइँमै हुनर्ुपर्छ । केही बेर श्वास रोकेर अडिने र त्यसपछि श्वास लिँदै बीचमा र श्वास छोड्दै अर्कातिर मोड्ने गर्नुपर्छ । यसरी १०-१५ पटक बिस्तारै अभ्यास गर्नुस् ।

विधि २ः माथि १ नं.मा झैं सुतेर दुवै खुट्टालाई भुइँबाट माथि उचालेर बिस्तारै श्वास लिने, श्वास छोड्दै टाउको र जीउलाई विपरीत दिशामा लैजाने र अडिने गर्नुपर्छ । यो विधि पहिलोभन्दा केही कठिन छ । गर्भावस्थाका अन्तिम महिनाहरूमा भने गर्नुहुँदैन ।

लाभहरूः यसले मेरुदण्डको हाडहरूलाई लचिलो पार्छ र नशा थिचिने पनि कम गर्छ । गर्दनदेखि कम्मरसम्म दुख्ने, साइटिका, पेटको गडबडी, जीउ दुख्ने आदि समस्यामा यसले लाभ दिन्छ । गर्भवतीको जीउ दुख्ने, अलकाई तथा पेटमा पर्ने बोझ पनि कम हुन्छ ।

सावधानीः जति सकिन्छ ढिलो गरी अभ्यास गर्नु जरुरी छ । दोस्रो विधिलाई ८-९ महिनापछि गर्नुहुँदैन ।

गर्भावस्था र योगबारे अन्य महत्त्वपर्ूण्ा जानकारीहरू -जस्तै- गर्भवतीहरूले ध्यान दिनुपर्ने कुरा, गर्भवतीले के गर्न हुन्छ र के हुँदैन - गर्भवतीले कस्तो योग गर्ने, कस्तो नगर्ने - सामान्य अवस्थामा गर्न सकिने थप आसन तथा व्यायामहरू, कति महिनाको गर्भवतीले कस्तो आसन गर्ने - गर्भावस्थामा हानि गर्ने आसनहरू आदि) आगामी अड्ढमा दिइनेछ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS