Widgets

‘युवक सपनामा होइन विपनामै आउँछन्’

Unknown | 17:23 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


कस्तो हुँदैछ दशैंको तयारी ?
दशैं मनाउन पोखरा जान्छु म । एकदमै रमाइलो र उमंग छाएको छ, दशैंको । छायांकनमा व्यस्त भएकाले पनि सपिङ ढिलो मात्र गरियो । तर के किन्ने भन्ने त्यस्तो योजना बनाइन । सधै सपिङ गर्नु नै पर्ने भएकाले औपचारिकता मात्र दिएको हो ।
दशैंमा के के पकाउने योजना छ ?
मलाइ त केही पनि पकाउन आउँदैन । अरुले बनाएर दिए आफु मजाले खाइन्छ ।
विशेषगरी दशैंको के मन पर्छ ?
मलाइ त टिका लगाउने दिन नै मन पर्छ । सबैसित भेटघाट हुन्छ । टिका र जमरामा सजिँदाको मजा अरु दिनमा कहाँ हुन्छ र हैन ?
तास कत्तिको खेलिन्छ ?
तास त म खेल्दै खेल्दिन । र तासको कुनै पनि आइटम आउँदा पनि आउँदैन ।
नायिका हुनुभन्दा अघि र अहिलको दशैंमा के फरक छ ?
मलाइ त खासै केही पनि फरक लागेको छैन । परिवारले पनि त्यस्तो खासै केही महशुस गर्नु भएको छैन । सबैको सहयोगले नै म नायिका भएको हो ।
अहिले सिनेमा खेलेर सन्तुष्ट हुनुहुन्छ ?
स्कुल पढ्दा नायिका हुन्छु भन्ने सोच आएको थिएन । कहाँबाट कसरी जुर्यो म आफैंलाई नै थाहा छैन । तर सिनेमको नशा भने ममा छैन । फेरि एकपटक अध्ययनका लागि म विश्राम लिने तयारीमा छु ।
आफुले पाएको भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ कि सोचेजस्तो भूमिका पाउनु भएको छैन ?
प्रत्येक सिनेमामा फरक फरक भुमिका आइरहेका छन् । यसैले पनि हालसम्म त सन्तुष्ट नै छु । पहिलो सिनेमा भन्दा अहिले राम्रो खेलीरहेको छु जस्तो लाग्छ । तर मानिस आफ्नो कामबाट सन्तुष्ट भने कहिले हुँदैन नि ।
कस्ता पहिरनमा आफु राम्री देखिन्छु जस्तो लाग्छ ?
अलिकति उचाइ राम्रो भएकाले होला वान पिस, पाइन्ट टिसर्ट, फिटिङ लुगाहरु मन पर्छ ।
आफ्नो एकदमै सेक्सी अंग के लाग्छ ?
आँखा नै हो । अरुले पनि आँखा नै भन्छन् ।
सधैं साथमा हुने तीनवटा कुरा ?
मोवाइल, पर्स, मेकअपका सामानहरु ।
झुटो कत्तिको बोल्नुहुन्छ ?
म झुटो बोल्दै बोल्दिन । म साँचो मात्र बोल्छु । जब डर लाग्छ तव झुटो बोल्ने हो ।
बिहे कहिले गर्ने सोच छ ?
भित्री मनबाट आइरहेको छ, चाँडै नै बिहे हुन्छ । सही समयमा सही निर्णय गर्नुपर्छु म पनि त्यही समयको पर्खाइमा छु ।
कस्तो खालको युवकको खोजीमा हुनुहुन्छ ?
हेर्दा मसँग सुहाउने खालको हुनुपर्छ । उसको उचाई, पर्सानिलिटी केही गर्छु भन्ने खालको भएको हुनुपर्छ । ।
झट्ट बाटोमा हिँडिरहदा पुरषको के कुराले आकर्षण गर्छ ?
उसको अनुहार र ह्यान्डसम, ज्यान भएको, पहिरनको सेन्स भएको ले नै आकर्षण गर्छ ।
अहिलेसम्म आँखा गएको छ या छैन ?
यस्तो कुरामा ध्यान दिएको छैन ।
प्रेम अहिले सम्म कत्तिको गरियो ?
गरेँ, मैले नगरेको त होइन । अहिले पनि हुनसक्छ । तर यसबारेमा धेरै कुरा भन्न सक्दिन । बुझ्नेलाई यत्ति नै काफी छ नि हैन ?
कतिबर्ष भयो सम्वन्ध अगाडि बढेको ?
यो कुरा चाहिँ नखोलौं होला । प्रेमी भए, नभएको सोधेर धेरैले तनाव दिएका छन् । यो कुरा पनि भन्यो भने त के होला..हा..हा… ।
नेपालको कुन सेलीब्रेटीले आकर्षण गर्छ ?
सुमन सिंह र जीवन लुईंटेल नै स्मार्ट लाग्छ ।
आफ्नो सबैभन्दा मनपर्ने बानी के लाग्छ ?
म एकदमै छिटो घुलमिल हुनसक्छ । सबैको मनका कुरा बुझ्न सक्छु ।
भूतप्रेतमा विश्वास गर्नुहुन्छ ?
गर्छु नै भन्नुपर्यो । एक्लै भएको बेलामा खुबै डर लाग्छ ।
सपनामा युवकहरु कत्तिको आउँछन् ?
मेरो सपनामा युवकहरु कहिले पनि आउँदैनन् । तर विपनामा आउँछन्, खुबै धेरै ।
कत्तिको प्रेम प्रस्ताव आएका छन् जीवनमा ?
कत्तिले भन्नु र प्रेम प्रस्तावका कुरा त । तर मानिसहरु अहिले सोझै प्रेम प्रस्ताव भन्दा पनि व्यवाहारबाट देखाउन खोज्छन् ।
मेकअप गर्न कत्तिको समय लाग्छ ?
आफू कहाँ जान लागेको हो भन्ने आधारमा हुन्छ । सामान्यतया बाहिर निस्कनु परे गर्दिन । पाटीम जानु परे लाग्छ आधा घन्टा भन्दा बढी नै ।
कमाएको पैसा कत्तिको खर्चमा मेकअप र कपडामा खर्च हुन्छ ?
सबै खर्च हुन्छ । बाहिर रेष्टुरेन्टमा धेरै जाने केटी हुँ म । कमाएकोले पनि पुग्दैन ।
जीवन लुइटेल र स्वेता भट्टराइको चक्करका कुरा आए नि ?
मैले सुनेको थिएँ यो कुराको बारेमा । त्यस्तो केही पनि होइन । उहाँ राम्रो अभिभावक जस्तो हुनुहुन्छ । दुई जनाको व्यवहार राम्रो भएकाले पनि यस्तो भएको हो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS