Widgets

सेक्ससगँ जोडिएका सपना देख्ने वढ्दै

Unknown | 07:37 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एक अध्ययनले महिलामा सेक्ससँग जोडिएको सपना देख्ने दर बढिरहेको देखाएको छ । क्यानडाको युनिभर्सिटी अफ मोन्ट्रियलका विज्ञहरुले गरेको अध्ययनका क्रममा अहिलेका महिलाहरुले सपनामा यौन क्रियाकलाप गर्ने गरेको देख्ने दर ४० वर्ष अघिका महिलामा भन्दा निकै धेरै रहेको पाइएको छ । अध्ययनका क्रममा महिलाले देख्ने सपना मध्ये आठ प्रतिशत सेक्ससँग सम्बन्धित हुने गरेका छन् । अध्ययनका क्रममा तीन हजार पाँच सय जना महिला र पुरुषले आफुले देख्ने सपनाको बारेमा तथ्य संकलन गरिएको अध्ययन टोलीका प्रमुख एन्टोनियो जाड्रा बताउँछन् । अध्ययनका क्रममा संलग्न भएका महिला तथा पुरुषहरुले देख्ने यौन सम्बन्धि सपनामा देख्ने यौन क्रियाकलापहरुमा यौन सम्पर्क, पाकक्रिडा, चुम्बन तथा हस्तमैथुन लगायतका रहेका अध्ययनकर्ता बताउँछन् । अध्ययनका क्रममा केही अरु रोचक तथ्य पनि फेला पारिएको छ ।
 सपनामा गरिने सेक्सका क्रममा चार प्रतिशत महिला र पुरुष चरमोत्कर्षमा पुग्ने गरेका छन् । महिलाले देख्ने सेक्सका सपनामध्ये ४० प्रतिशतमा उनीहरुले कुनै चर्चित पुरुषसँग सेक्स गरेको देख्छन् । त्यस्तै २० प्रतिशतले आफ्नो अहिलेको प्रेमी वा पूर्व प्रेमीसँग सपनामा सेक्स गरेको देख्छन् । महिलाले प्रायः कुनै निश्चित वा केही सिमित पुरुषहरुसँग मात्र सेक्स गरेको सपना देख्ने भएपनि पुरुषले भने प्रायः धेरै महिलाहरुसँग सेक्स गरेको सपना देख्ने गरेका अध्ययनमा पाइएको छ । अध्ययनका क्रममा महिलाले सेक्सका सपना देख्ने दर पछिल्लो ४० वर्षमा बढेको पाइयो । तर यसरी सेक्सका सपनाको दर बढ्नुमा महिलाले बढि सेक्सका सपना देख्ने गर्नुका साथै यौनका कुरामा बढि खुल्ला हुनु पनि जिम्मेवार रहेको अध्ययनकर्ताहरु बताउँछन् ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS