नो लभ, नो फिलिङस् वन्ली सेक्स
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
केटाहरु सेक्सका लागि प्रेम गर्छन् रे, केटीहरु चहि प्रेम पाउन सेक्स। धेरैजसो केटाहरु सेक्सकै लागि प्रेमको नाटक रच्छन्। जव उनीहरुको इच्छा पुरा हुन्छ अनि व्रेक अप। प्रेम, सेक्स र व्रेकअपको यो चक्र घुमिरहन्छ, टिनएज पुस्तामा। १६ वर्षे सहिल श्रेष्ठको वुझाइ ठ्याक्कै यहि हो। हलिउडका रोमान्टिक फिल्म ‘फ्रेन्ड विथ वेनिफिट’ वाट प्रभावित उनी प्रेमलाई गंभिर रुपमा लिदैनन्। ‘नो लभ, नो फिलिङ’ कक्षा १२ मा अध्ययनरत सहिलले फिल्मकै भाषामा भने ‘वन्ली सेक्स।’ टिनएज प्रेममा विश्वस्त छैनन् उनी। यो त क्षणिक आकर्षण मात्र हो रे! झलक्क हेरेकै भरमा ‘म तिमीलाइ माया गर्छु’ भन्नुको कुनै अर्थ छैन। सहिलको वुझाइ छ 'एट्रेक्सन इज नट अ लभ।’
यदि आकर्षण नै लभ हुँदो हो त उनी संग आफ्ना प्रेमिकाको सूची पनि लामै हुन्थ्यो होला। ‘आकर्षित त कति संग भइयो’सहिलले सुनाए - ‘त्यसैलाई लभ परेको भन्नु भो त?’ हो पनि, कसैलाई मन पराउनु आफैमा प्रेम होइन। उनको स्कुल जीवनकै कुरा गरौ। स्कुल मा उनले आफ्नै सेक्सनको एउटी केटीलाई असाध्यै मन पराउथे। ‘गुड लुकिङ र स्माइल राम्रो’ आफुले मन पराएकी केटीवारे सहिलले भने -‘हेरि रहुँ लाग्ने।’ जतिवेला पनि उनलाई हेर्नु, आँखा जुधाउनु मन लाग्ने। केहि निहूँ निकालेर वोलि रहु लाग्ने। उनको रुपरंग, ड्रेसअपमा भुलिन्थे सहिल। साथीहरुले पनि उक्साउथे ‘राम्री छे यार, लभ गर न’ भनेर। ‘तर, प्रपोज गर्न सकिन साहिलले थपे -‘सायद मैले मन पराउछु भन्ने कुराको उनले कुनै भेउ समेत पाएनन्।’ उनको एकतर्फी आकर्षण यति मै तुहियो।
राम्री केटी देख्नसाथ प्रेमका लागि प्रस्ताव गर्न उक्सिन्छन् रे केटाहरु। ‘केटी पट्याउन’ एक किसिमको होडवाजी नै चल्दोरहेछ उनीहरुवीच । केटीवाट पोजेटिभ रेस्पोन्स जसले पाउछ उही वहादुर। जव प्रेम सुरु हुन्छ, अनि सेक्सका लागि फेरी अर्को हतारो। केटी सेक्सका लागि तयार हुन सक्छन् या सक्दैनन तर, यहि विन्दुमा आएर उनीहरुको प्रेम टुंगिदो रहेछ। ‘सेक्सका लागि प्रस्ताव राख्दा कुनै गर्लफ्रेन्ड भड्किन सक्छिन् र व्रेकअप हुन्छ। यदि उनीहरुवीच सेक्स भैहाले केटाले आफ्नो इच्छा पुरा गर्छ र केटीलाई छाडिदिन्छ। ‘धेरैजसो केटाहरु सेक्सकै लागि लभ गर्छन्’ उनले ठोकुवा गरें ‘जव सेक्स हुन्छ अनि व्रेकअप।’ अझ केटाहरु राम्री केटीलाई सेक्स गर्नु आफ्नो वाहादुरी ठान्छन्। ‘मैले फलानोलाई सेक्स गरें भनेर गर्व गर्छन् ‘यो ठाउंमा लगेर, यसरी गरें भन्छन्।’ कतिपय साथीहरुले चाहि भिडियो क्लिप समेत खिचेर देखाउने गरेका रहेछन्। गर्लफ्रेन्ड संग सेक्स गरेको भिडियो खिचेर साथीहरुलाई देखाउने चलन व्यापक वन्दै गएको उनले सुनाए।
प्लस टु भर्ना भएकै वर्ष उनको नजर आफ्नै क्लासकी एउटी केटीमा पर्यो। उनीहरुवीच मित्रता गासियो। मोवाइल, फेसवुक, स्काइपवाट वाक्लै कुराकानी हुन थाल्यो। ‘अति नै फोन, च्याट हुन्थ्यो’ उनले सम्झिए -‘हामीवीच साथीको मात्र सम्वन्ध रहेन, एकअर्कालाई मन पराउन समेत थालेछौ।’ दुवैले एकअर्कालाई मन पराउथे तर व्याक्त गर्न सक्दैनथे। एकदिन केटीले अप्रत्यासित प्रश्न गरिन् -‘डु यु लभ मि ?’ साहिलले जवाफ फर्काउन नपाउदै फेरी उनले थपिन् - ‘इफ यस, देन इट्स व्याड फर यु, इफ नो देन इट्स गुड फर यु।’ सहिल अक्क न वक्क परे अनि सटकट जवाफ दिए -‘नो ।’ कारण के रहेछ भने सहिलका वारेमा अर्कै केटाले नराम्रो कुरा गरिदिएछ। त्यसपछि केटी भड्किएका रे।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: MANORANJAN KHABAR
0 comments