Widgets

शिक्षकबाटै यौन दुर्व्यवहार पीडित हुन्छन् किशोरी

Unknown | 17:32 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

खजुरा (बाँके), माघ २३- बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु विद्यालय शिक्षकहरुबाट कक्षा कोठामै यौन दुर्व्यवहार सहन बाध्य रहेको पाइएको छ। शिक्षकले गृहकार्य नगरेको वा सोधेको प्रश्नको उत्तर दिन नसकेको निहुँमा उनीहरुमाथि यौन दुर्व्यवहारसमेत गर्ने गरेको छात्राहरुको गुनासो छ। शिक्षकबाट पीडित महादेवपुरी गाविस-५ ढकेरीकी कक्षा-८ की १७ वर्षीया एक छात्राले शिक्षा हासिल गर्न विद्यालय पुगेका कक्षा ६ देखि १० सम्मका किशोरी विद्यार्थीहरु सबैभन्दा बढी यौन दुर्व्यवहारमा पर्ने गरेको बताउँदै शिक्षकले माया गरेको जस्तो गरेर शरीर सुम्सुम्याउने, अश्लील शब्दहरु प्रयोग गर्ने, भित्रl कपडाहरु तान्न खोज्ने प्रवृत्तिले कतिपय किशोरीले बीचमै पढाइ छाड्ने गरेको जनाइन्। आफूलाई शिक्षा दिने शिक्षकबाट नै किशोरी छात्राहरु यसरी यौन दुर्व्यवहारको सिकार भइरहेका छन् भने अर्कोतर्फ महिनावारीको समयमा उनीहरुले पढाइ नै छाड्नुपर्ने अवस्था छ। महिनावारी हुँदाको समयमा विद्यालयमा आफूहरुले अनेकौँ समस्या र असहजस्थिति भोग्न बाध्य हुने गरेको किशोरी विद्यार्र्थी टीका डाँगी र दुर्गा विक बताउँछन्। किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको सिविनले एक सर्वेक्षण गरेर किशोरीहरु शिक्षकबाटै दुर्व्यवहारको सिकार भएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो संस्थाका रमा अर्यालका अनुसार यौन शिक्षाको अभावमा कतिपय किशोरीलाई आफूमाथि हुने गरेको व्यवहार यौन दुर्व्यवहार हो भन्ने नै ज्ञान नरहेको पनि पाइएको छ। रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS