डेटिङको सजायँ कपाल मुण्डन ! (भिडियो हेर्नुहोस )
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
जापानकी पप स्टार मिनामी मीनिगिशीले डेटिङ जान नपाउने ब्याण्डको नियम उल्लंघन गरेकी छिन् । प्रेमीको घरबाट सुटुक्क बाहिरिदै गरेको तस्वीर सार्वजनिक भएपछि उनले कपाल मुण्डन गरि आफुले आफैंलाई सजायँ दिँदै माफी मागेकी छिन् । शिर मुण्डन जापानमा माफी माग्ने परम्परागत तरिका हो ।
डेटिङ जान नपाउने उनको ब्याण्डको नियम छ । यू-ट्युवमा राखिएको रेर्कडिङ सन्देशका अनुसार आफ्ना प्रशंसकहरुसँग माफी माग्दै उनले एकेबी ४८ ब्याण्ड छोड्न नचाहेको बताएकी छिन् । शिर मुण्डन गर्दैमा आफूले माफी नपाउने भन्दै उनले भनेकी छिन्-यदि यो सम्भव छ भने म हृदयदेखि नै ब्याण्डको सदस्य बन्न चाहन्छु । जे मैले गरेँ, त्यो मेरो गल्ती थियो र म माफी माग्छु ।’
ब्याण्डको प्रोडक्सन कम्पनीले भने मीनिगिशीले डेटिङको अधिकार नरहने ब्याण्डको मूल नियम तोकेको बताएको छ । साथै उसले मीनिगिशीलाई पदबाट हटाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: MANORANJAN KHABAR
0 comments