Widgets

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार असम्भब : गच्छदार

Unknown | 05:16 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२६ माघ, मोरङ । उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा चुनाबी सरकार बन्न नसक्ने वताउनुभएको छ । उहाँले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनाव गराउने एमाओवादीको प्रस्ताव अस्वीकार्य भएको वताउनुभयो । पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा शुक्रवार दिउँसो पत्रकारहरुसंग कुराकानी गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले एकीकृत माओवादीले भने जस्तो अचुक सूत्र हुन नसक्ने समेत दावी गर्नुभयो ।

मुलुक अहिले जटिल मोडमा रहेको भन्दै गच्छदारले दलहरुको सहमतिमै मुलुकलाई राजनीतिक दिनु पर्ने वताउनुभयो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा कानुन बनाउनेलाई कानुन तोड्न लगाउने कुरा जस्तै हो भएको गच्छदारको भनाई थियो । उहाँले एमाओवादीको नयाँ फर्मुलाबारे आफूहरुले मोर्चाको बैठकमा छलफल गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले आउँदो फागुन ७ गतेसम्म राजनीतिक दलहरुबीच सहमति हुन नसके जेठमा निर्वाचन हुन नसक्ने वताउनुभयो । विपक्षी दलहरुले सहमतिमा नआई आन्दोलन गरेर भूल गरेको गच्चदारको भनाई थियो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS