भारतीय पक्षले दशगजा क्षेत्रमै बाँध बाधेपछि नेपाली भूभागमा डुबानको त्रास
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
सप्तरी,चैत्र ६ । बर्षायाम सुरुहुनुभन्दा अघिदेखिनै सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाविसका बासिन्दा अहिले नै वाढीको चिन्ताले त्रसित भएका छन् । बर्षौदेखि बग्दै आएको खाँडो नदीको मुल बहावलाई थुन्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमै बाँध बाधेपछि नेपाली भूभागमा डुबानको त्रास बढेको हो । मुख्य बहाव थुनिँदा नेपाली क्षेत्रका ६ वटा भन्दा बढी गाविसमा डुबानमा पर्ने खतरा बढेको छ । सयौं बिघा जमिन डुब्ने खतरा बढे पनि त्यसलाई रोक्न सरकारी स्तरमा नेपाली पक्षले कुनै कदम नचालेको उक्त क्षेत्रका पूर्व क्षेत्रपाल (जिविस सदस्य) देवनारायण यादवको भनाइ छ । सप्तरीको तिलाठी गाविस र भारतको बिहार राज्य अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत बीचको दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बाँधेको हो । बाँधको सुरक्षा जिम्मा सीमा सुरक्षा बल (एसएसबी) लाई दिइएको छ । बाँधका कारण नेपाल तर्फको तिलाठी, वेल्ही, रम्पुरा मल्हनीयाँ, सकरपुरा, लौनियाँ, कोइलाडी सहितका गाविस पुर्ण रुपमा डुबानमा पर्नेछन् । हजारौं बिघा कृषियोग्य जमिन डुबानमा पर्ने त्रासले कृषकहरु चिन्तित छन् । तिलाठी गाविसका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्रले भने, “पटक-पटक स्थानीय प्रशासन राजनीतिक दललाई जानकारी गराए पनि कसैले पनि गरेनन् ।” सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले उक्त बाँध बारे पटक(पटक भारतीयहरु ध्यानाकर्षण गराएको बताउनुभयो । यसको निकासप्रति चाँडै दुवै देशको समन्वयमा पहल थालिने उहाँले जानकारी दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments