५०० डलरमा ‘भाडाको ब्वइफ्रेन्ड’ पाइने
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
चीनको एक अनलाइन सेल्स फर्मले युवतिहरूलाइ भाडामा ब्वाइफ्रेन्ड उपलब्ध गराउने एक अनौठो सेवा शुरू गरेको छ ।
यो सेवा चीनमा सिङ्गल रहेका युवतीहरूका लागी, जसको बिबाह भएको छैन वा ब्वाइफ्रेन्डहरूसंग राम्रो सम्बन्ध छैन, उपलब्ध गराएको हो ।
फर्मका अनुसार आगामी महिना हुन लागेको चिनीयाँ नव वर्षको अबसर पारेर लाखौं चिनीयाँ युवतिहरूले यस सेबाको फाइदा लिन सक्नेछन् । नयाँ बर्षको अबसरमा चीनमा परिवारका सदस्य एक आपसमा जम्मा भएर रमाइलो गर्ने गर्दछन् ।
हरेक पटक यस प्रकारको अबसरहरूमा चिनीयाँ सिंगल तथा वर्किङ युवतीहरूलाइ डिनर टेबलमा आफ्ना परिबारहरूले के तिमीले कुनै ब्वाइफ्रेन्ड भेटायौ ? भन्ने खालका प्रश्नहरूको जबाफ दिनु पर्ने हुन्छ । फर्मका अनुसार यस अब भने यी सिङ्गल युवतीहरूले यस्तो प्रश्नको जबाफ दिन सक्नेछन् ।
‘ताओबाओ डट कम’ मा भाडाका ब्वाइफ्रेन्डको २६० भन्दा बढि सेवाहरू रहेको बताइएको छ । यो सेबाको संख्या दैनिक रूपमा बढ्दै गैरहेको छ ।
चीनको यस अनलाइन सेल्स फर्मले चिनीयाँ युवतीहरूलाइ आफ्ना साथीहरू, नातेदार, सपिङ, रेष्टुरेन्ट, मल्स जस्ता ठाउँहरूमा जान र शिष्टाचारका लागी भाडामा ब्वाइफ्रेन्ड उपलब्ध गराउन लागेको हो । चीनमा अहिले १८ करोड युवाहरू सिंगल रहेको बताइएको छ ।
यसमा एक पटक ब्वाइफ्रेन्ड बनाउनका लागी ५०० डलर शुल्क तिर्नुपर्ने उक्त सेल्स फर्मले जनाएको छ ।
यता बेइजिङको नर्मल यूनिभर्सिटीमा साइकोलोजीका प्रोफेसर लिन शियूनले भने यस प्रकार भाडमा ब्वाइफ्रेन्ड तथा गर्लफ्रेन्ड दिनु ठिक नभएको बताउँछन् । यस्तो अबस्थामा जब भाडाका ब्वइफ्रेन्डलाइ ती युवतीका प्यारेन्ट्सलाइ बिबाहको डेट तथा जागिरका बारेमा जबाफ दिनुपर्ने हुन्छ । यस्तोमा जब प्यारेन्ट्सले साँचो कुरा थाहा पाउँदछन्, तयसपछि उनीहरू निकै दुखित हुन पुग्दछन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Entertainment Gossips
0 comments