रिलिजको अन्यौलमा पदमिनी
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
फिल्मकर्मीको जारी आन्दोलनले आगामी माघ २६ गते रिलिज हुने भनिएको फिल्म 'पदमिनी' को रिलिज अन्यौलमा रहेको छ । फिल्मका निर्माता बसन्त कुमार श्रेष्ठका अनुसार आन्दोलन स्थगित नभएमा फिल्म रिलिज मिती सर्ने बताउँछन् ।
पौष २७ गतेबाट सरेर माघ २६ मा पुगेको यो फिल्म चल्ने अवस्था नरहेमा पुन: सरेर एक महिना जति पर पुग्ने निर्माता श्रेष्ठ बताउँछन् । उनी भन्छन्- 'अब पनि सर्यो भने राम्रै डेटमा रिलिज गर्छु ।' आन्दोलनले फिल्मको सेन्सर समेत हुन नपाएको बताउँदै बसन्तले थपे- 'अहिले सेन्सर हुन पनि दिईएको छैन र आन्दोलन चर्किंदै गएको छ । त्यसैले भोली के हुन्छ भन्न सकिन्न तर माघ २६ मा रिलिज गर्ने हाम्रो कसरत भने जारी नै छ ।'
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments