‘भिजिलान्ते’ सार्वजनिक (फोटो फिचरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नेपालमा निर्माण भएको पहिलो थ्री डी चलचित्र ‘भिजिलान्ते’ को फस्ट लुक तथा प्रोमो सार्वजनिक गरिएको छ । काठमाडौं मण्डला थिएटरमा आयोजना गरिएको एक कार्यक्रममा कलाकार दयाहाङ राइले प्रोमो तथा फस्टलुक सार्वजनिक गरेका हुन् ।दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो सिनेमालाई आश्मा फिल्मस्को व्यानरमा तयार गरिएको हो । चलचित्रमा राज घिमिरे, प्रियंका कार्की, मेनुका प्रधान, शंकर आचार्य, दीपशिखा शाहीको साथमा नव कलाकार ए गुरुङको अभिनय छ । चलचित्रमा शान बस्नेतको कथा, पुरुषोत्तम प्रधानको स्टेरियोग्राफी, सूर्य थोकरको द्वन्द्व, भुपेन्द्र खड्काको गीत, सुरेश राइको संगीत समावेश छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments