Widgets

हेर्नुसत वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै

Unknown | 17:10 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


वेश्यालयमा नेपाली युवती क्रिम, पाण्डर र लाली घस्दै ए भाई यता आउनुहोस् ! पुरानो दिल्लीको अजमरीगेटको नम्बर ६४ को सांघुरो कुनाभित्र छिर्नेवित्तिकैको पहिलो ढोकामा एउटी अधवैशे महिलाले भनिन् । सांघुरो कोठामा ४०-५० युवती थिए । अधिकांश नेपाली मूलका युवतीहरुमध्ये कोही मुखमा क्रिम, पाण्डर र लाली घस्दै थिए । कोही चाहिं पुरुषहरुलाई यौन सर्म्पर्कका लागि डाक्दै थिए । सयको संख्यामा कोठामा छिरेका युवकहरु युवती छान्दैथिए । उनीहरु संवेदनशील अंगमा छाम्दैथिए । एउटी युवतीलाई पुरुषले चेपेर उचालिरहेका थिए । रक्सीमा मस्त त्यो युवकसंग युवती जिस्किरहेकी थिइन् । संगै राखिएको लामो कुर्सीमा युवतीहरु मोलतोल गर्दैथिए । एउटा युवकले यौन सर्म्पर्कका लागि भनेपछि तामाङ मूलकी युवतीले भनिन्,’दो सो चाहिए ।’


 उसले गोजीबाट दुइ सय भारतीय रुपियां झिकेर दिएपछि युवती वेश्यालय संचालककोमा पुगिन् । एक सय त्यहां दिइन् अनि सानो दराजबाट कण्डम झिकेर सांघुरो कोठामा पुरुषसंगै छिरिन् । नम्बर ६४ दिल्लीमा सबैभन्दा चर्चित रहेछ । नेपाली मूलका युवतीहरु रहने भएकाले बढी चर्चित भएको रहेछ । अन्य क्षेत्रका युवतीभन्दा नेपाली युवतीहरु सुन्दर हुने भएकाले ग्राहकहरु बढी जान्छन् । एउटै युवतीले एक घण्टामा तीन पुरुषसंग सर्म्पर्क गरिन् । आफूलाई लक्ष्मी भन्ने ती युवतीले भन्छिन्,’दैनिक हजार देखि तीन हजार आइसीसम्म कमाई हुन्छ ।’ कमाई राम्रो बच्ने भएकाले नेपालमा गएर राम्रो घरजम गर्ने रहर सुनाइन् ।६४ नम्बरमा चारवटा विभिन्न कोठा छ । वेश्यालय संचालक चारैजना नेपाली युवती छन् । अववैशै युवतीहरु प्रत्येकले एउटामा ३० देखि ५० युवती राखिएका छन् । १६ वर्षदेखि ३५ वर्षसम्मका युवतीहरु ग्राहकलाई आकषिर्त गर्न विभिन्न उपाय अपनाइरहेका देखिन्छन् ।


रुप बिग्रिइसकेका र उमेर कटेकालाई भने निकै समस्या देखिन्थ्यो । उनीहरु आफै ग्राहकलाई मोल घटाएर भएपनि आग्रह गरिरहेका देखिन्थे । राम्रा देखिने युवतीहरुलाई भने भ्याई नभ्याई थियो । आफूलाई कान्छी बताउने युवती भन्छिन्,’राम्री देखेर मात्र जानु बेक्कार हुन्छ, धेरै युवकसंग सर्म्पर्क हुनेहुदा खतरा हुनसक्छ ।’ यद्यपि कण्डम विना यौनसर्म्पर्क नगर्ने हुदा यौन रोगप्रति युवतीहरु सचेत देखिन्थे । रक्सी र चुरोट वेश्यालयभित्र सामान्य रहेछ । चर्को गर्मी छल्न ठाउं ठाउंमा पंखा गुमाइएको थियो । चुरोटको धुंवा पंखाको हावासंगै रंगमगिदै थियो । कोलाहल हदभन्दा बढी थियो । युवतीसंग बस्ने भन्दा त्यहांको रंगिन दुनियां हर्ेन जानेको संख्या धेरै थियो । युवतीहरु असाध्यै छाडा बोली बोल्ने गर्दारहेछन् । जानेवित्तिकै सिधै अपशब्द बोल्दारहेछन् ।

तामाङ लवजमा एक युवतीले भनिन,जाने हो । युवतीहरुका लागि आइतबार सबैभन्दा उपयुक्त दिन रहेछ । आइतबार दिल्लीमा बिदा हुनेभएकाले अजमरीगेटमा मान्छेको भीडा लाग्दोरहेछ । गेटबाट केही मिटर पश्चिम लाग्नेवित्तिकै युवकहरु आएर राम्रा केटी भएको ठाउंमा लगिदिने भन्दारहेछन् । दलाल भनिने त्यस्ता युवकहरु अपराधिक काममा संलग्न भएको बुझियो । उनीहरु राम्रो केटीकोमा लगिदिने भन्दै लुटपाट गर्दारहेछन् । अजमरीगेटको वेश्यालय माथिल्लो फ्ल्याटमा छन् । तल्लो तलामा होलसेल पसलहरु थिए । ढोका ढोकामा अधवैशै युवतीहरु ग्राहकलाई आकषिर्त गरिरहेका थिए । विभिन्न नम्बर लेखिएका सानो ढोकाहरुमा छिरेर सांघुरो कोठाहरुमा युवतीहरु बसेका थिए । दिल्लीमा नेपाली जत्तिकै बंगाली युवती पनि माग बढी रहेछ । विहारी युवतीको माग भने खासै रहेनछ । तर उनीहरुनै बढी संख्यामा देखिन्थे ।

विहारी युवतीहरु छोटा लुगा लगाएर बसेका देखिन्थे । नेपालीहरु चाहिं करुता सुरुवाल या साडी लगाएका देखिन्थे । वेश्यालयहरुलाई भारतीय सरकारले करको दायरामा राखेको रहेछ । त्यस क्षेत्रमा सुरक्षा पनि कडा देखिन्थो । बाहिरतिर प्रहरीहरु ठाउं ठाउंमा देखिन्थे । रेड लाइट एरिया तोकेर राखिएको अजमरीगेटको वेश्यालय र नेपालमा रहेका अघोषित वेश्यालयको संख्या गन्दा नेपालमै धेरै रहेको ठहरमा पुगें । दिल्लीको एउटामात्र स्थानमा वेश्यालय छ । तर काठमाडौंमा मात्र ठाउं ठाउंमा अघोषित वेश्यालय छन् । रोक्ने नसक्ने गरी फैलिएको अघोषित वेश्यालयलाई करको दायरामा नराखे यसले भविष्यमा डरलाग्दो अवस्था आउने निश्चित देखिन्छ । असुरक्षित रुपमा संचालित काठमाडौंका अघोषित वेश्यालयका कारण एचआइभी संक्रमितको संख्या बढ्ने सम्भावना छ जुन कण्डम विना यौन सर्म्पर्क नहुने दिल्लीमा कमै खतरा छ ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS