'नायक राजेश हमाल नै अध्यक्षका लागी योग्य'; नायीका पुजना प्रधान
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नायीका पुजना प्रधानले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नायक राजेश हमाल योग्य व्यक्ति भएको बताएकी छिन् । उनले राजेश हमाल सक्षम, धेरै वर्ष चलचित्र क्षेत्रमा काम गरेको अनुभव भएको, प्रशासनिक ज्ञान पनि भएको हुनाले आफ्नो विचारमा चलचित्र विकास बोर्डको अध्यक्षमा राजेश हमाल नै उपुयुक्त हुने बताएकी छिन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष पप्पु यादवलाई बनाइएको विरोधमा भइरहेको रिले अनसनका क्रममा भेटिएकी नायीका पुजना प्रधानले विकास बोर्डको अध्यक्षमा २-३ वर्ष काम गरेको व्यक्ति भन्दा धेरै वर्ष अनुभव भएको व्यक्ति नियुक्त हुनु चलचित्रकर्मी तथा यससँग सम्बन्धित सबैलाई फाइदाकर हुने बताएकी छिन् । नेपालीहेडलाइन्ससँग चलचित्र विकास बोर्डको प्रांगणमा कुरा गर्दै नायीका पुजनाले अहिले अध्यक्ष छानिएका पप्पु यादवभन्दा धेरै सिनियर तथा अनुभवी व्यक्तिहरू चलचित्र क्षेत्रमा रहेको र चलचित्र क्षेत्रमा आफ्नो जीवन नै समर्पण गरिरहेका सिनियर व्यक्तिले नेतृत्व गर्नुपर्ने भनाई राखेकी छिन् । उनले विकास बोर्डको अध्यक्षमा स्वतन्त्र व्यक्ति हुनुपर्ने जसले सरकारको कुरा सुन्ने नभइ चलचित्रकर्मीका कुरा सुनोस् भन्ने चाहना रहेको बताइन् ।
उनले आफूहरूले कसलाई अध्यक्ष बनाउने भनेर छलफल गरिरहँदा सरकारले भने आफूहरुलाई वेवास्ता गरेर जे गरे पनि भैहाल्छ नि भन्ने नियतले पप्पु यादवलाई अध्यक्ष छानेको भनाई राखेकी थिइन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Nepali Movie Gossips
0 comments