Widgets

छुट्टै आन्दोलनको तयारीमा छौं: उपेन्द्र

Unknown | 15:47 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२४ माघ, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु छुट्टै आन्दोलनको तयारीमा रहेको बताउनु भएको छ ।

प्रतिपक्षको आन्दोलन सत्ताको लागि र सत्तापक्षको आन्दोलन लुट गर्ने छुट पाउनको लागि भएको भन्दै उहाँले आफूहरु छुट्टै मोर्चा निर्माण गरेर आन्दोलनको तयारीमा जुटेको जानकारी दिनुभयो । बुधबार राजधानीमा आयोजित कार्यक्रममा फोरम नेपालका अध्यक्ष यादवले निष्पक्ष निर्वाचनको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्नु पर्ने बताउनु भयो ।

एमाओवादी सुधि्रएर लोकतान्त्रिक बाटोमा आउँला भन्ने आफूलाई विश्वास नै नभएको भन्दै यादवले भन्नुभयो-’संसारमा कतै पनि माओवादी सुधि्रएको इतिहास छैन । नेपालमा सुधि्रए अचम्म हुन्छ ।’ राष्ट्रियतका विषयमा नारायणकाजी श्रेष्ठको प्रस्ताव प्रति आश्चर्य प्रकट गर्दै यादवले भन्नुभयो-’आफ्नै उपस्थितिमा भएको विप्पा सम्झौताको विरोध गर्न सुहाउँदैन । विरोध गर्ने नै भए सरकार छाडेर गर्न सक्नु पर्दथ्यो ।’ सीमा विवाद कूटनीतिक च्यानलबाट प्राविधिकहरु परिचालन गरेर गर्नु पर्नेमा प्रचण्डले जनमत संग्रहबाट गर्न प्रस्ताव गर्नु हास्यास्पद भएको उहाँको भनाई छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले अहिलेको निकास वर्तमान सरकारको बर्हिगमन र नयाँ स्वतन्त्र चुनावी सरकार मार्फत निर्वाचन मात्रै भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’नेपालका राजनीतिक दलहरु असफल भएकै कारणले पनि अब समयसीमा तोकेरै निर्वाचन गराउनको लागि मात्रै स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्छ ।’ सीमा विवादलाई जनमत संग्रहबाट टुङ्ग्याउने प्रचण्डको प्रस्ताव बौद्धिक दिवालिया पन भएको उहाँको भनाई छ ।

आफ्नो पार्टी विप्पा सम्झौताको पक्षमा रहेको स्पष्ट पार्दै नेपालले अन्तर्राष्ट्रिय लगानी संरक्षण गर्न नसके विदेशी लगानी आउनै नसक्ने ठोकुवा गर्नुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS