Widgets

प्रचण्डको पार्टीमा तीन विप्लब, दुई लालध्वज !

Unknown | 15:45 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२४ माघ काठमाडौं । स्कुल वा कलेज पढ्दा आफ्नो नामपछाडि फुर्को झुन्ड्याउने रहर सबैलाई हुन्थ्यो । किशोरावस्थामा नामपछाडि कसैले उदासी, वियोगी, ज्वाला त कसैले पागलप्रेमी जस्ता फुर्का भुन्ड्याउने गरेझैं जनयुद्धकालमा नामपछाडि फूँदो जोड्ने होडबाजी नै थियो माओवादीभित्र ।


जनयुद्ध सकिए पनि एमाओवादी नेतामा नक्कली नाम राख्ने चलन हटेको छैन । हेटौडामा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिका हात/हातमा थमाइएको प्रचण्डको तस्वीरअंकित मोटो डायरीमा माओवादी नेताका रोचक नामहरु हेर्न सकिन्छ । प्रभावशाली नेता नेत्रविक्रम चन्द (विप्लव) प्रचण्डको साथ छाडेर वैद्य पक्षमा लागे पनि एमाओवादीको केन्द्रीय समितिमा अझै तीनजना नयाँ विप्लवहरु बाँकी रहेको प्रमाणसमेत उक्त डायरीभित्र छ । तर, एमाओवादीमा रहेका तीन विप्लवमध्ये एकजना चाहिँ हत्या आरोपमा प्रहरीको खोजीको सूचिमा छन् ।

बालकृष्ण ढुंगेल उर्फ ‘विप्लव’

हत्या आरोपमा प्रहरीको खोजी सूचिमा रहेका ओखलढुंगाका पूर्व सभासद् बालकृष्ण ढुंगेलले आफ्नो नाम विप्लव राखेका छन् ।रोचक त के छ भने विप्लव नाम राख्ने रहर ढुंगेललाई मात्रै नरहेर बूढा कामरेड एवं चर्चित साहित्यकार निरञ्जन (निनु) चापागाईमा पनि देखिएको छ । चापागाईले पनि आफ्नो नाम ‘विप्लव’ राखेका छन् । विप्लव नाम राख्ने रहर अर्का केन्द्रीय सदस्य बलराम तिम्सिनालाई पनि लागेको छ । अन्ततः चन्दले पार्टी छाडे पनि एमाओवादीमा तीनजना विप्लवको अवतार देखिएको छ, ढुंगेल, चापागाई र तिम्सिना ।
 लालध्वजको जोडी !
टि्वटरमार्फत् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो टेकनाम ‘लालध्वज’ प्रचारमा ल्याउनुभएको छ । लालध्वज उहाँको जनयुद्धकालीन नाम हो । उहाँले प्रधानमन्त्री भैसकेपछि यो नाम प्रचारमा ल्याउनुले एमाओवादी नेताहरुको दोहोरो नामप्रतिको लगाव अझै घटेको छैन भन्ने प्रष्ट पारेको छ ।
तर, बाबुरामको क्रान्तिकारी नाम ‘लालध्वज’माथि अर्का एमाओवादी नेता सूर्यमान दोङले पहिल्यै धावा बोलिसकेका छन् । पूर्वसभासद् दोङको टेकनाम पनि बाबुरामकै जस्तो ‘लालध्वज’ नै हो । बालकृष्ण ढुंगेल (विप्लव) लाई जस्तै सूर्यमान (लालध्वज)लाई समेत हत्यासम्बन्धी जनयुद्धकालीन मुद्दा छ ।
 अनन्त र पासाङ पनि दुई/दुईजना
केन्द्रीय सदस्य अञ्जना बिसंखेले वर्षमान पुनको नाम चोर्दै आफ्नो नाम ‘अनन्त’ राखेकी छन् । केन्द्रीय सदस्य रामकुमार राईले नन्दकिशोर पुनको नाम चोरेर आफ्नो नाम पासाङ राखेका छन् । त्यसैगरी क्षेत्रबहादुर श्रेष्ठ र टोपबहादुर रायमाझी दुबैको नाम ‘अनिल’ रहेको छ ।
पूर्वमसालद्वय कर्णध्वज केसी र दीनानाथ शर्माको नाम एउटै छ । सुरेन्द्रप्रसाद जैसवालले पनि दीनानाथ शर्माकै टेकनाम (अशोक) प्रयोग गरेका छन् । मकवानपुरे नेता सोनामसिंह स्याङतान र लिम्बुवानका नेता श्रीप्रसाद जबेगू दुबैको नाम विजय रहेको छ । अर्का केन्द्रीय सदस्य कृष्ण धितालको नाम पनि विजय रहेको छ ।
 सक्कली नाम भएका नेता
एमाओवादीको केन्द्रीय आयोजक समितिमा हाल २ सय ४० सदस्य छन् । तीमध्ये नरबहादुर कर्माचार्य, जीतवीर लामा, कमान सिंह लामा, रामरिझन यादव, पेशल खतिवडा, दिलिपकुमार साह, सविना अर्याल, असर्फी सदा, सुष्मा शर्मा घिमिरे, पूर्ण सिंह राजबंशी र भीमबहादुर कडायतलगायतको टेकनाम छैन । १ सय ९३ औं बरियतामा रहेका केन्द्रीय सदस्य हरि रोक्काको नक्कली नाम छैन । खिमलाल देवकोटा पनि टेकनामविहीन छन् ।
 एमाओवादी नेताका रमाइला नाम !
अमिक शेरचनको नाम ‘एकलव्य’ राखिएको छ । गिरिराजमणि पोखरेलले आफ्नो नाम पीयुष राखेका छन् । लीलामणि पोखरेलको नाम ‘अभिषेक’ रहेको छ । जनयुद्धकाल चर्चामा रहेका र पछि माओवादी बनेका दुबैखाले नेताका केही नामहरु यस्ता छन् :
 भीमप्रसाद गौतम -अरुण
स्वनाम साथी- अनाम
लीलबहादुर थापा मगर-जंगध्वज होग्ले
नवराज सुवेदी-रत्नसागर
डिलाराम आचार्य -सुरेन्द्र
गिरिधारीलाल न्यौपाने- विकास
नन्दकुमार (एनके) प्रसाई- राजन
रामप्रसाद बञ्जाडे- टंकमणि शर्मा
भक्तिप्रसाद पाण्डे- महेश चाचा
डा. डिल्लीराज खनाल- सम्राट
प्रभु साह – मुक्ति
सुरेसकुमार राई- एसके हिमाल
केशव नेपाल- विजयकुमार
कृष्ण केसी- मिलन
घनश्याम शर्मा पौड्याल- बैभव
राजु खड्का- रुस्तम्
कृष्ण भुजेल- सेलुन
वेदनीधि अधिकारी- वेदव्यास मुरली
रामकुमार शर्मा- आर्ट
रणेन्द्र बराली- रक्षालाल
बलावती शर्मा-अनुषा
सत्या पहाडी-सुसन सिंह
कल्पना धमला- कुशुम
पूर्णकुमारी सुवेदी -शिला



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS