Widgets

विवाहअघि जानौं एक अर्कामा बारेमा

Unknown | 01:34 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


श्रीमान्-श्रीमतीलाईर् परिपूरक मानिन्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ । एक-अर्कालाईर् जान्नु भनेको मनमुटाव कम गर्नु हो । सम्बन्धलाईर् जति खोल्दै गयो त्यति सप्रदै जान्छ तर यसलाईर् त्यसै छोडियो भने अझ बढी बिग्रन्छ ।



विवाह एक सामाजिक बन्धन हो जहाँ वरवधू तथा उनीहरूका परिवार आ-आफ्नो सामाजिक संस्कारद्वारा एक हुन्छन् । विवाहअघि केटा तथा केटीका घरपरिवारले कुरा छिनेपछि एक-अर्कालाईर् राम्रोसँग चिन्नु आवश्यक छ । भावी जीवनसाथीका बारेमा जानेपछि जीवन चलाउन सजिलो हुन्छ । वैवाहिक सम्बन्धमा माधुर्य कायम राख्न एक-अर्काका इच्छा, चाहना तथा भावना बुभmनुका साथै त्यसको कदर पनि गर्नुपर्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ ।

वैवाहिक जीवन असफल हुनुको कारण विवाहअघि एक-अर्कासँग खुलेर कुरा नहुनु पनि हो । त्यसैले विवाहअघि आवश्यक कुरामा खुलस्त हुनु आवश्यक छ ।

व्यक्तिगत सरसफाइः भावी जीवनसाथीले सरसफाइमा कति ध्यान पुर्‍याउँछ, कोठा कति सफा राख्छ, भान्साको सरसफाइमा कति सहयोग गर्छ आदि कुरा जान्नु आवश्यक हुन्छ । यो कुरा हेर्दा सानो लागे पनि पछि यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले विवाहअघि नै यो कुरा गर्नु राम्रो हुन्छ ।

जीवन जिउने शैलीः आफ्नो भावी साथीको जीवन शैलीका सम्बन्धमा जानिराख्नुपर्छ । उसका साथी के-कस्ता छन् ? पैसा कति खर्च गर्छ ? रिसाउने बानी ? घर परिवारप्रतिको दायित्व आदि कुरामा ध्यान दिनुपर्छ । खाली समय बिताएर समय खेर फाल्ने कुराले पनि मानिसको व्यक्तित्व झल्काउँछ ।

भावना अभिव्यक्त गर्ने तरिकाः मानिसहरूको स्वभाव फरक-फरक हुन्छ । सोहीअनुरूप उनीहरूको बानी हुन्छ । भावना साट्ने तरिकामा पनि यसै अनुसार फरक हुन्छ । कसैले सजिलै आफ्नो भावना व्यक्त गर्छन् भने कसैलाईर् आफ्नो मनको कुरा भन्न कठिनाइ हुन्छ । कुनै मानिसले उपहारका माध्यमबाट आफ्ना भावना व्यक्त गर्छन् । भावना व्यक्त गर्ने तरिका जस्तो भए पनि एक-अर्कालाईर् बोली वा व्यवहारद्वारा मायाको आभास दिन सक्नुपर्छ ।

छोराछोरीः विवाहअघि बालबालिकाप्रति जीवनसाथीको धारणा कस्तो छ बुझ्नुपर्छ । के-कति छोराछोरी जन्माउने ? उनीहरूको पालपोषण कसरी गर्ने ? आदि थुप्रै विषयमा पहिले नै कुरा गर्दा राम्रो हुन्छ । यसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।

पारिवारिक सम्बन्धः भावी जीवनसाथीको परिवार कस्तो छ ? घरमा कति जना छन् ? ऊ परिवारमा कत्तिको घुलमिल गर्छ ? परिवारको दायित्व लिन इच्छुक छ-छैन ? उसको परिवारका सदस्यसँग कस्तो सम्बन्ध छ ? परिवारका सदस्य कस्ता छन् ? आदि जानिराख्नुपर्छ । यसले गर्दा भावी जीवनसाथीको परिवारका बारेमा थाहा हुन्छ । साथै विवाह भएर नयाँ घर जाँदा परिवारका सदस्यसँग घुलमिल हुन कठिनाइ हुँदैन ।

कठिन समयको सामना कसरी गर्ने ? वैवाहिक सम्बन्ध स्थिर हुन्छ भन्ने छैन । त्यहाँ विभिन्न खालका मनमुटाव हुन्छन् । दैनिक गरिने काम तथा थकानले जीवनमा केही खटपट ल्याउँछ । यसलाईर् कसरी समाधान गर्ने भन्ने पहिले नै सोच्नुपर्छ ।

धार्मिक तथा सामाजिक विश्वासः धार्मिक तथा सामाजिक विश्वास कतिपय मानिसको जिउने आधार हुन्छ । उनीहरू आफ्नो जीवन धर्म र समाजले तोकेको नियमअनरूप चलाउन रुचाउँछन् । यो कुरालाईर् ध्यानमा राखेर भविष्यको जीवनसाथीको धार्मिक तथा सामाजिक विचार कस्तो छ बुझ्नुपर्छ । किनभने यो कुराले पनि मानिसको जीवनमा ठूलो असर पार्छ ।

वैवाहिक जीवनको अपेक्षाः वैवाहिक जीवनमा धेरै खालका अपेक्षा हुन्छन् । कहिलेकाहीँ वैवाहिक सम्बन्ध आफूले सोचेभन्दा विपरीत दिशातर्फ जान सक्छ । यसका लागि विवाहअघि दुवै जना एक-अर्काप्रतिको अपेक्षाका बारेमा खुलस्त हुनुपर्छ । केटालाईर् उसकी दुलही घर तथा चुल्होचौका सम्हालेर मात्र बसोस् भन्ने सोच छ अथवा उसले गर्दै आएको काम गर्न सक्छे ? यस विषयमा विवाहअघि नै जान्नुपर्छ । साथै विवाहपछि केटीले समय-समयमा कुनै उपहारको अपेक्षा राख्छे कि राख्दिन ? उसको जीवनसाथीले यस विषयमा के सोच्छ ? शारीरिक सम्पर्क ? एक-अर्काप्रति आदर वा सम्मान ? आदि विषयमा विवाहअघि नै जान्नुपर्छ ।

जीवनको उद्देश्यः यो सबैभन्दा महत्वपूर्ण कुरा हो । विवाहअघि एक-अर्काको जीवनको उद्देश्य जान्नुपर्छ । विवाहका १०-२० वर्षपछि आफूलाईर् कहाँ देख्छन् ? कहाँ बस्ने ? बाहिर जाने कुनै उद्देश्य छ कि छैन ? यी सबै कुरा विवाहअघि जानिराखे पछिको सुनौलो जीवनको कल्पना गर्न सकिन्छ ।

यी विषयबाहेक पनि विवाहअघि जान्नुपर्ने थुप्रै स-साना कुरा छन् । उदाहरणका लागि आफ्नो भावी जीवनसाथीको मन पर्ने-नपर्ने खाना, चलचित्र, उसलाईर् के कुराले रिस उठाउँछ ? उसलाईर् तपाईंको मन नपर्ने बानी ? उसका बारेमा तपाइर्ं के सोच्नुहुन्छ ? उसको सबैभन्दा बलियो पक्ष ? सबैभन्दा ठूलो कमजोरी आदि कुरामा जानकारी राख्नुपर्छ । त्यसैगरी उसलाईर् के कुराले खुसी दिन्छ ? उसको जीवनको सबैभन्दा रमाइलो क्षण आदि कुरा बुझ्नुपर्छ । यी सबै कुरा ध्यानमा राखेर विवाहअघि एक-अर्कालाईर् चिन्न सके जीवन सोचेअनुरूप हुन सक्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS