सौता बन्न गएका बलिउडका १० हिरोइन.!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
सौता भन्ने शब्द महिलाहरुको लागि सबैभन्दा अपि्रय शव्द हो भनिन्छ । शव्द नै यति अपि्रय हुन्छ भने सौता भन्ने मान्छे कति अपि्रय हुन्छ होला ? त्यसैले महिलाको लागि सौता भित्रिनु वा कसैको सौता बन्न जानु अवश्यपनि पि्रय कुरा हुनै सक्दैन । तर अपि्रय भएपनि कतिपय महिला राजिखुसीले त कतिपय बाध्यताले पनि सौता बन्न वा सौता भित्राउन बाध्य हुन्छन् । सेलिब्रेटीहरुको हकमा भने बाध्यता भन्दा रहरले सौता बन्न जाने चलन बढि हुन्छ । बलिउड फिल्म उद्योगमा पनि त्यस्ता धेरै हिरोइनहरु छन् जसले विवाहित पुरुषहरुसँग बिहे गरेर सौता बन्न गए । यहाँ त्यस्ता १० जना हिरोइनको नाम प्रस्तुत गरिएको छ १. हेमा मालिनी ः उनले अभिनेता धर्मेन्द्रसँग बिहे गरेकी छिन्, जबकी धर्मेन्द्रले पहिलो पत्नीको रुपमा प्रकाश कौरलाई भित्राएका थिए । २. करिश्मा कपूर ः करिश्मा कपूर पनि विवाहित पुरुषसँगै विवाह गर्ने नायिका हुन् । दिल्लीका उद्योगपछि संजय कपूरसँग उनको बिहे भयो । संजयकी पहिलो श्रीमती नन्दिता हुन् । ३. लारा दत्त ः उनले टेनिस स्टार महेश भूपतिसँग बिहे गरेकी छिन् । महेशले पहिलो बिहे मोडेल श्वेता जयशंकरसँग गरेका थिए । ४. शिल्पा शेट्टी ः कुमार केटो फेला पार्न नसक्ने हिरोइनमा शिल्पा सेट्टी पनि पर्छिन् । उनले पनि बिहे गरिसकेका राज कुन्द्रासँग बिहे गरेर बच्चा समेत पाइसकेकी छिन् । ५. महिमा चौधरी ः महिमा पनि इन्जिनियर बबी मुखर्जीकी दोश्रो श्रीमती बनेर भित्रिएकी हुन् । ६. रविना टण्ठडन ः पहिलो श्रीमतीको रुपमा नताशा सिप्पीलार्य भित्राएका फिल्म वितरक अनिल थडानीसँग बिहे गरेकी रविना पनि विवाहित पुरुषसँग झ्याइँ पार्ने हिरोइनमा पर्छिन् । ७. शबाना आजमी ः जावेद अख्तरसँग बिहे गरेकी शबाना पनि सोही कोटीमा पर्छिन् । जावेदकी पहिलो श्रीमती हनी इरानी हुन् । ८. जयाप्रदा ः उनले श्रीकान्त नाहटाकी दोश्री श्रीमती बनेर भित्रिइन्, जबकी श्रीकान्तकी पहिलो श्रीमती चन्द्रा थिइन् । ९. श्रीदेवी ः निर्माता बोनी कपूरको दोश्रो श्रीमती बनेर भित्रिएकी श्रीदेवीकी सौता मोनाको हालैमात्र निधन भएको छ । १०. स्मिता पाटिल ः स्वर्गीय स्मिता पाटिलले राज बब्बरसँग बिहे गरेकी थिइन् । स्मरण रहोस् राजले पहिलो विवाह नादिरासँग गरेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Bollywood Gossips
0 comments