Widgets

बलात्कारपछि बर्वाद भएको देविमायाको जीवन

Unknown | 09:08 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मेरो नाम देवीमाया हो र पूर्वी नेपालको एक गाउँमा बस्छु । केही वर्ष पहिले म कुवेतमा एक घरमा काम गर्थें । त्यसबेला मेरा श्रीमान साउदी अरबमा काम गर्नुहुन्थ्यो ।

कुवेतमा एक अपरिचतले मलाई बलात्कार गर्‍यो । जब मैले आफ्ना श्रीमानलाई यसबारे भनंे, उहाँले निकै सहानुभूति दिनुभयो र घटनामा मेरो कुनै गल्ती छैन भनेर चिन्ता नलिन आग्रह गर्नुभयो । साथै मलाई कुनै नराम्रो व्यवहार नगर्न नेपालमा रहेका परिवारका सदस्यहरुलाई सम्झाउने आश्वासन दिनुभयो । घटनापछि म भने निकै असहायः महसुस गरिरहेकी थिएँ र घर र्फकन चाहन्थेँ । पटक-पटक आग्रह गर्दा पनि मालिकले सुनुवाइ नै गरेन । बलात्कारीको पहिचान नभएकाले कुवेत पुलिससमक्ष उजुरी दिन पनि सकिँन । जब मेरो पेटमा तीन महिनाको बच्चा छ भन्ने थाहा पाए, त्यसपछि मालिकले नेपाल फर्कन भने । म फर्किएपछि माइतीका बाबुआमाले मलाई स्वीकार गर्ने नगर्नेबारे घरकासँग सोधे । मेरा श्रीमान पेटमा भएको बच्चासमेत स्वीकार गर्न तयार भएपछि सासू ससुराले पनि स्वीकार गर्नर्ुभयो । केही दिनपछि नै सासु ससुराको व्यवहार बदलियो र मलाई कुटपिट गर्न थाल्नुभयो । उहाँहरुले मलाई घर छाड्न भन्नुभयो तर, मैले मानिँन । त्यसपछि उहाँहरुले मलाई केही नभनी घरमा भएको सबै सरसामान लिएर अर्कै घरमा बस्न थाल्नुभयो । मलाई थाहा छ, शायद अब विदेशमा रहनुभएका मेरा श्रीमानले पनि मलाई स्वीकार गर्नुहुन्न । मेरो ८ वषर्ीय छोरालाई पनि सुसू सुराले लिएर गएका छन् । उनीहरुले मलाई म बस्दै आएको घरसमेत बेचिदिने धम्की दिइरहेका छन् । म बस्दै आएको घर झुप्रो छ र छत चुहिन्छ । घर बिक्री गर्न नदिनका लागि एक गैरसरकारी संस्थाको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी छु । थोत्रे घर मर्मत गर्ने मसँग पैसा छैन । मलाई दुई छाक खान एक दलायु महिलाले दिएकी छन्, जो मेरो श्रीमानका टाढाको नातेदार पर्छिन् । कुवेतबाट फर्किएपछि मैले छोरीलाई जन्म दिएको छु, जो विकलांग छिन् । समाजका मानिसहरु म र मेरी छोरीलाई घृणा गर्छन् र मैले आफूसँगै एक मुसलमानलाई ल्याएको भनेर हल्ला चलाउँछन् । समाजको यो दुव्र्यवहारका कारण म आसपासमा कुनै काम पाउँदिन । काम खोज्न मलाई बिहानै थुप्रै किलोमिटर पैदल हिँडेर टाढा जानुपर्छ । जीन्दगी निकै कष्टपूर्ण रुपमा बितिरहेको छ । तर, जबसम्म काल आउँदैन, तबसम्म जीउनुपर्ने बाध्यता छ । -बीबीसी नेपाली सेवामा प्रशारित अन्तर्वार्तामा आधारित)



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS