लागु औषध प्रयोग गरेको अभियोग गायक सुगम पोखरेल पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२६ माघ, काठमाडौं । लागु औषध प्रयोग गरेको अभियोगको गायक सुगम पोखरेल पक्राउ परेका छन् । उनीसहितका ६ जनालाई सेतोपुलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । ’उनीसँग लागू औषध भेटिएको छैन’ एक प्रहरी अधिकारीले भने ।प्रहरी प्रवक्ता केशव अधिकारीले लागू औषध सेवन गर्नेहरुको अखडामा छापा मार्दा केही पक्राउ गरेको र त्यसमा सुगम पनि रहेको बताउनु भयो । सूचनाका आधारमा एक अखडामा छापा मारिएको छ’ उहाँले भन्नुभयो-’केही सेवन नगर्नेहरु पनि परेका छन् भन्ने छ, यसबारे छानविन भइरहेको छ ।’ उहाँले लागू औषध सेवनकर्ताहरुलाई कारवाही चलाइने र अन्यलाई भने सोधपुछ पनि छाडिने बताउनु भयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments