प्रचण्डको प्रस्तावलाई कमल थापाले स्वागत गरे
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२६ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ मसान्तभित्र चुनाव गर्न प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडामा जारी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दा राजनीतिक गतिरोध अन्त्यका लागि जेठमा चुनाव सम्पन्न गर्ने विकल्पका रुपमा प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुनसक्ने धारणाको अध्यक्ष थापाले स्वागत गर्नुभएको हो ।
राप्रपा नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष थापाले यो वा त्यो वहानामा चुनावलाई पछि धकेल्दै जाने हो भने मुलुकमा विदेशी हस्तक्षेपले चरमसीमा नाघ्ने बताउनुभयो । अध्यक्ष थापाले सात राजनीतिक दलका कुनै पनि नेताको नेतृत्वमा निष्पक्ष चुनाव हुन नसक्ने ठोकुवा पनि गर्नुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments