Widgets

तन्नेरीहरुको दौरासुरुवाल मोह

Unknown | 02:47 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२५ माघ, काठमाडौं । विवाहमा जन्त जाँदा चिटिक्क परेर टाइसूटमा ठाँटिने ठिटाहरुको मोह फेरिन थालेको छ । हिजोआजका जन्ती हेर्ने हो भने टाइसूटमा गमक्क परेका पनि उत्तिकै देखिन्छन् । दौरासुरुवाल र ढाका टोपीमा ठाँटिनेहरु पनि भेटिन्छन् । ठिटाहरु मात्र होइन, टुकुटुक हिँड्ने बच्चाहरुलाई समेत झिल्के दौरासुरुवाल लगाइदिएर आहा…..बाबु कति राम्रो भनेर फुक्र्याउने चलन छ ।

केहीवर्ष पहिलेसम्म जन्त जान टाइसूट र कोट लगाउनुपर्ने अनिवार्य जस्तै थियो । अरुबेला नलगाएपनि जन्त जानको लागि मात्रै भएपनि टाइसूट किनेर दराजमा राख्ने चलन अझै पनि धेरैको छ । कतिले त अरुको मागेर पनि काम चलाइरहेका छन् । तर अहिले विवाहमा टाइसूट मात्र होइन दौरासुरुवाल लगाउनेहरुको संख्या पनि बाक्लिन थालेको छ ।‘अरुले लगाउन थाले, देख्दा नौलो र राम्रो हुने भएकाले मैले पनि जन्त जाने बेला टाइसूटको सट्टा यही लगाउन थालेको छु’ राजधानीको एउटा बिहे पार्टीमा भेटिएका गोरखाका चेतन रेग्मीले भन्नुभयो ।

चार पाँच वर्षअघिको अवस्था हेर्ने हो भने दौरासुरुवाल लगाउने कि बुढाहरु हुन्थे, कि मन्त्री लगायतका अरु सरकारी उच्च कर्मचारी । माओवादीले सरकारको नेतृत्व गर्न थालेपछि प्रधानमन्त्री र मन्त्रीहरुले समेत दौरासुरुवाल लगाउन छाडे । अब दौरासुरुवालको प्रचलन हट्ने हो कि भन्ने आशंका बढिरहेको बेला ठिटाहरुको दौरा मोहले धेरैलाई सन्तुष्ट बनाएको छ ।

‘दौरासुरुवाल राष्ट्रिय पोशाकसँगै संस्कृति चिनाउने माध्यम पनि हो भन्ने कुरा धेरैले बुझ्न थाले’ संस्कृतिविद मोदनाथ प्रश्रतिले अनलाइनखबरसित भन्नुभयो-’रमाइलो र देखासिकी मात्रै होइन, पहिचानको लागि पनि दौरासुरुवालप्रतिको आकर्षण बढेको हो ।’

सिलाउनेलाई भ्याईनभ्याई

राजधानी लगायतका मुख्य शहरका टेलरिङ सेन्टरमा अहिले टाइसूट मात्रै होइन दौरा सुरुवाल सिलाउने कामको पनि चाप बढेको छ । ‘वर्ष दिनपहिलेसम्म हामी कोट, पाइन्ट, टाई, सूट मात्र सिलाउँथ्यौं, तर अहिले दौरासुरुवालको समेत अर्डर आउने गरेको छ’ श्रेष्ठ टेलरिङका सलिम खानले भन्नुभयो-’हिजोआज धेरै युवाहरुले सूटको सट्टा दौरासुरुवाल खोज्न थालेका छन् ।’

६९ वर्षदेखि दौरासुरुवाल मात्र सिलाउँदै आएको राजधानी न्यूरोडको राष्ट्रिय दौरासुरुवाल टेलर्समा पनि विवाह ब्रतबन्धको बेला यसैगरी भीड बढ्छ । ‘पहिले सरकारी कर्मचारी र बुढाहरु सिलाउन आउँथे, अहिले त ठिटाहरु समेत आउने गरेका छन्’ टेलर्सका सञ्चालक हिराबहादुर शाक्यले अनलाइनखबरसित भन्नुभयो-’विवाह र ब्रतबन्धको बेला दौरासुरुवाल लगाउने चलन बढ्न थालेको छ ।’

सामान्य खालको टाइसूट सिलाउन कपडा समेत गरी १२/१४ हजार रुपैंया पर्छ । तर सामान्य खालको दौरासुरुवाल १५ सय रुपैंयामै तयार हुन्छ । ढाकाको राम्रो सिलाउने हो भने पनि पाँचहजार रुपैंयामा तयार हुन्छ । तर सस्तो मात्रै नभएर संस्कृति बुझेकाले पनि यसतर्फ आकर्षण बढेको धेरैको ठम्याई छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS