एमाओवादीको आर्थिक ब्रिगेड जनतासँग पैसा माग्नः ओली
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
२५ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनतासँग पैसा माग्न एमाओवादीले उत्पादन ब्रिगेडको प्रस्ताव ल्याएको आरोप लगाउनु भएको छ । माओवादीले भनेको उत्पादन ब्रिगेड नभई आर्थिक ब्रिगेड भएको भन्दै उहाँले भन्नुभयो- अहिले जुन संकलनको दौर चलेको छ, त्यसलाई तिव्रता दिने, अब हामीले देश बनाउन लागेका छौं, पैसा दिनुस, हामीसँग त पैसा छैन भन्ने ।’
प्रेस चौतारी नेपालद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेता ओलीले माओवादी एमालेजस्तो कम्युनिस्ट र वामपन्थी नरहेको बरु ‘नाममा वामपन्थी काममा दक्षिणपन्थी’ भएको दाबी गर्नुभयो ।
वर्तमान सरकार ‘कामचलाउ’ भन्दा पनि तल्लो हैसियतमा पुगिसकेको भन्दै उहाँले अब आन्दोलनको बलमा छिट्टै बिदा गरिने बताउनुभयो । उहाँले भन्नुभयो-’यो सरकारका पक्षपोषण गर्नेहरुले यो सरकार टिकेन भनेर बुझे हुन्छ । माओवादीलाई समेटेर सहमतिको नयाँ सरकारबाट निर्वाचन गरी नयाँ संविधान ल्याउने कोसिसमा छौँ ।’
शान्ति प्रक्रियामा आएपछि माओवादीलाई एमाले सरह हैसियत दिन गलत भएको भन्दै उहाँले उसको नेतृत्वमा संविधान बन्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’एमाओवादीलाई अन्तरिम संविधानमा एमाले सरहको हैसियत दिइनु र उसलाई सोही हैसियतमा निर्वाचनमा जान दिइनु गलत थियो । मैले निर्वाचनको परिणाम आएलगत्तै यो अनुपयुक्त बनोट आयो, संविधान बन्दैन भनेको थिएँ । अब पनि भ्रममा पर्नु पर्दैन त्यो दलको नेतृत्वमा संविधान आउँदैन । परिवर्तनका उपलब्धिको रक्षा हुँदैन ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments