संविधानसभाको चुनाव तोकिएकै समयमाःरेग्मी
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाडौं,चैत ७ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राजधानीको भृकुटी मण्डपमा २४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले सबैको सहयोगमा तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले सबै राजनीतिकदल, पेशाकर्मी तथा आम नागरिकलाई निर्वाचनका लागि उपयुक्त वातावरण निर्माणमा सहयोग पुर्याउन आग्रह पनि गर्नुभयो । अध्यक्ष रेग्मीले मुलुकमा लगानीको वातावरण सृजना गर्न सरकारले सक्दो सहयोग गर्ने आश्वास पनि दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News, Politics
0 comments