बेवारिसे एकनाल बन्दुक बरामद
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
वीरगञ्ज,चैत ७ । प्रहरीले पर्साको सोन वर्षा गाविसबाट बुधबार बिहान बेवारिसे अवस्थामा रहेको एकनाल बन्दुक बरामद गरेको छ । प्रहरी चौकी रङ्गपुरबाट गस्तीमा रहेको प्रहरीको टोलीले सो गाविस– ८ मा बेवारिसे अवस्थामा रहेको १२ बोरको एक नाले बन्दुक बरामद गरेको हो । बाटो छेउमा फालिएको अवस्थामा बन्दुक बरामद गरिएको प्रहरी चौकी रङ्गपुरका प्रहरी सहायक निरीक्षक बिजुली भुजेलले जानकारी दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: CRIME NEWS, Latest News
0 comments