Widgets

संवैधानिक अंगका प्रमुखहरुको नियुक्ति पछि सर्‍यो

Unknown | 16:32 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


६ चैत, काठमाडौं । संवैधानिक परिषद्का सदस्यहरुको चयन गर्ने र संवैधानिक निकायका पदाधिकारी नियुक्तिको बाटो खोल्ने अपेक्षा गरिए पनि मंगलवार बसेको क्याबिनेटले  कुनै ठोस निर्णय गर्न सकेन ।  सरकारले  चुनावको मिति पनि तोक्न सकेन । मंगलबार बस्ने बैठकले चुनावको मिति तोक्ने अनुमान गरिएको थियो ।

 अध्यक्षले छनौट गर्ने संवैधानिक परिषद्का तीन जना सदस्यहरुको चयनबारे भन उहाँले केही  बताउनुभएन । बाधा अड्काऊले गरेको व्यवस्था अनुसार संवैधानिक परिषद्मा मन्त्रि परिषद्का अध्यक्ष, प्रधानन्यायधीश र तीनजना मन्त्रीहरु रहने प्रावधान छ । परिषद्ले संवैधानिक अंगका पदाधिकारीहरुको चयन गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्छ ।

संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेपछि मात्रै संविधानसभा चुनावको मिति घोषणा गरिने सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा छिटो नियुक्ति गरेर चुनावको मिति घोषणा गर्ने निर्णय गरेको पौडेलले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

संवैधानिक परिषद्का सदस्यहरु कहिले नियुक्त हुन्छन् भन्ने प्रश्नमा कानून तथा न्यायमन्त्री हरिप्रसाद न्यौपानेले अनलाइनखबरसँग भन्नुभयो- ‘यो सबै अध्यक्ष ज्युले गर्नुहुने भएकाले हामीलाई थाहै हुन्न ।’ मन्त्रिपरिषद् अध्यक्षले ३ जना मन्त्रीलाई संवैधानिक परिषद्को सदस्य तोकेपछि परिषद्ले संवैधानिक अंगका प्रमुखहरुको नियुक्तिका लागि सिफारिस गर्ने मन्त्री न्यौपानेले बताउनुभयो । ‘तर कहिलेसम्म हुन्छ, मैले भन्न सक्दिान, यो सब अध्यक्षज्यूले नै गर्नुहुन्छ, सकभर चाँडै होला ।’- मन्त्री न्यौपानेले भन्नुभयो ।

आजको क्याबिनेट बैठकमा अध्यक्ष रेग्मीले मन्त्रीहरुलाई दोहोरो सुविधा नलिन निर्देशन दिनुभएको छ । त्यसैगरी बैठकले क्याबिनेटले मन्त्रीहरुको आचारसंहित कडाईका साथ लागू गर्ने निर्णय गरेको छ । साथै वैठकले काजमा रहेका कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा पठाउने निर्णय गरेको छ । यस्तै मन्त्रालयले गरेका र गर्न बाँकी रहेका काम २४ घण्टाभित्र वेवसाइटमा राख्ने निर्णय गरेको पौडेलले जानकारी दिनुभएको छ । मन्त्रिपरिषदले पूर्णता पाएपछि बसेको पहिलो बैठकले सूचना तथा सञ्चारमन्त्री माधव पौडेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS