Widgets

मुख्य सचिव पौडेल राजीनामाको मुडमा !

Unknown | 16:32 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


६ चैत, काठमाण्डौ । मुख्य सचिवको दौडमा आफैंसँग पराजीत दुई प्रतिस्पर्धीलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएपछि मुख्य सचिव लीलामणि पौडेल अप्ठेरोमा पर्नुभएको छ ।

गत साउनमा तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरेको कार्यकाल सकिएपछि मुख्य सचिव बन्ने दौडमा रहेका शंकर कोइराला र उमाकान्त झाले रेग्मीको मन्त्रिपरिषद्मा महत्वपूर्ण मन्त्रालय पाएका छन् । कोइरालाले अर्थ, उद्योग र बाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने उमाकान्त झा उर्जा, बिज्ञान र सिचाईं मन्त्री बन्नुभएको छ ।आफैंसँग प्रतिस्पर्धामा रहेर पराजित भएकाहरुलाई ‘मन्त्रीज्यू’ भन्दै अघिपछि गर्नुपर्ने अवस्था आएपछि मुख्यसचिव पौडेलले हीनताबोध महसुस गरेको र राजीनामा गर्ने मुडमा रहेको पौडेलनिकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो । आफुलाई अप्ठेरो पर्ने गरी कुनै पनि पूर्वप्रशासकलाई नल्याउने भद्र सहमति विपरीत दलहरुले आफुलाई अपमानित गर्न खोजेको भन्दै पौडेलले दलका नेतासँग असन्तुष्टिसमेत जनाउनुभएको बताइएको छ ।

‘आत्मसम्मान दाउमा राखेर आफ्नै प्रतिस्पर्धीलाई ज्यू, ज्यू भन्दै बस्न सक्दिँन’ पौडेलको भनाइ उद्धृत गर्दै उनका एक मित्रले अनलाइनखबरसँग भने-’एक दुई दिन परिस्थिति हेर्छु, त्यसपछि राजीनामा गर्नुपर्ला ।’

नेताहरुले भने पौडेललाई राजीनामा नगर्न र विकशित परिस्थीतिलाई स्वीकारेर काम गरिरहन सुझाव दिएका छन् ।

मुख्य सचिव बन्ने दौडमा हालका अर्थमन्त्री शंकर कोइराला पौडेलका सबैभन्दा कडा प्रतिस्पर्धी हुनुहुन्थ्यो । कोइराला खास गरी भारतीय र युरोपेली मुलुकले रुचाएका कांग्रेसनिकट उम्मेदवार मानिनुहुन्थ्यो । पौडेललाई मुख्य सचिव नबनाउन भारतीय र पश्चिमी मुलुकहरुले निकै जोड गरे पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अडानमा मुख्य सचिव हुनुभएको थियो । कनिष्ठलाई मुख्य सचिव बनाइएको भन्दै त्यतिबेला निर्वाचन आयोगका सचिव रहेका कोइराला र उमाकान्त झासहित ६ जना सचिवले राजीनामा दिएका थिए । त्यसको जवाफमा पौडेलले ‘पराजीतहरुको स्याल हुइयाँ’ भन्दै टिप्पणी गर्नुभएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS