एमाओवादीलाई नहराए जनताले दुःख पाउँछन्ः देउवा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
७ चैत, भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अवको चुनावमा एकीकृत नेकपा माओवादीलाई पराजित नगरे नेपाली जनताले फेरि पनि दुःख पाउने बताउनु भएको छ ।
खरिपाटीमा बुधबार नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै वरिष्ठ नेता देउवाले एमाओवादीको अतिवाद र अराजकताले जनता आजित भइसकेको भन्दै अवको चुनाववाट उनीहरुको वहिर्गमन आवश्यक भएको बताउनु भयो । जनतालाई मिठा-मिठा आश्वाशन बाँड्दै हिड्ने माओवादीको हैसियत सबैले देखिसकेको भन्दै अब कसैले पनि नेपाली जनतालाई झुक्याउन नसक्ने बताउनु भयो ।
एमाओवादीले संविधानसभा विघटन गराएको भन्दै उहाँले जनताले संविधान विरोधीलाई चुनावमा परास्त नबनाए दोस्रंो संविधानसभाबाट पनि संविधान बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भएका कारण चुनाव हुने निश्चित भएको भन्दै हउाँले चुनाव निश्पक्ष र धाँधलीरहित वनाउन सवै समक्ष आग्रह पनि गर्नुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments