चुनावपछि काँग्रेस एक नम्बर पार्टी : कोइराला
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
७ चैत, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आगामी निर्वाचनवाट काँग्रेस एक नम्बर पार्टी बन्ने दावी गर्नु भएको छ । कोइरालाले असारमा हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा भए काँग्रेसलाई ठूलो पार्टी हुनवाट कसैले रोक्न नसक्ने वताउनु भयो ।
महाराजगञ्जस्थित आफ्नै निवासमा बुधवार विहान नेपाल दलित संघले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले मुलुक निर्वाचनतर्फ होमिसकेकाले चुनावी कार्यक्रम लिएर गाउँ-गाउँमा जान कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कोइरालाले पार्टीले छिट्टै चुनाव केन्द्रीत कार्यक्रम घोषणा गर्ने वताउनुभयो । आगामी केन्द्रीय समितिको वैठकमा निर्वाचनका विषयमा गम्भीर छलफल हुने जानकारी दिदै उहाँले एकतावद्ध भएर अघि वढ्न निर्देशन समेत दिनुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments