Widgets

एमालेद्वारा उच्चस्तरीय राजनीतिक समितिमा प्रमुख तीन नेतालाई पठाउने निर्णय

Unknown | 16:48 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



काठमाडौं,चैत ७  । नेकपा एमालेले उच्चस्तरीय राजनीतिक समितिमा प्रमुख तीन नेतालाई पठाउने निर्णय गरेको छ । यसअघि अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम रहेकोमा बुधाबारको स्थायी समितिले गौतमलाई फिर्ता बोलाएर बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीलाई पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार अध्यक्ष खनाललाई ‘चेक’ गर्न बुहमतको दवावमा नेपाल र ओलीलाई पठाउने निर्णय भएको हो । अध्यक्ष खनालले पार्टी नीति विपरित निर्णय गरेको भन्दै आलोचना भएपछि बैठकले गौतमलाई फिर्ता बोलाएर नेपाल र ओलीलाई पठाउने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।  ज्ञवालीका अनुसार अख्तियारमा लोकमान सिंह कार्कीको नियुक्तिका विषयमा पार्टीमा चर्को आलोचना भएको थियो । बुधवारको बैठकले अब बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा पनि तय गरेको छ ।  संविधानसभाको चुनावलाई केन्द्रित गरेर कार्यक्रम ल्याउने, सदस्यहरुको मनोनयन गर्ने र कार्यविधान गर्ने विषयमा एजेण्डा तय गरिएको अर्का सचिव शंकर पोखरेलले बताउनुभयो । चुनावलाई रणनीतिक रुपमा प्रयोग गर्ने विषयमा पनि छलफल भएको सचिव पोखरेलले बताउनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS