राउटे बस्तीमा भोकमरी
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
दाङ,चैत्र ७ । मध्यपश्चिम क्षेत्रमा घुमन्ते जीवन विताउदै आएका राउटे बस्तीमा भोकमरी परेको छ । काठ अभावमा काठका सामग्री निर्माणमा समस्या तथा समयमा सामाजिक सुरक्षा भत्ता पाउन नसकेपछि भोकमरी परेको हो । हाल राउटेहरु सल्यानको माझकाँडा–९ बलुवा भन्ने स्थानमा बस्दै आएको र उनीहरुलाई खान समस्या भएको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन । भोकमरीले गर्दा विशेषगरी बालबालिकाहरुमा मार परेको अध्यक्ष अधिकारीको भनाइ छ । प्रतिष्ठानको टोली राउटे बस्तीको अनुगमनका लागि बुधबार माझकाँडा पुगेको थियो । अनुगमनमा प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी, आदिवासी जनजाति जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष यज्ञबहादुर बुढा मगर र सल्यानका प्रेम घर्ती मगर गएका छन् । सरकारले राउटे जातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments