सिंहदरवारमा रौनक
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाण्डौं । चैत्र ७
काठमाण्डौंको सिंहदरवारलाई सत्ताको महत्वपूर्ण ईकाईको रुपमा लिने गरिन्छ र विगत पचास वर्ष देखि यो थलोले आफूलाई यसै गरी उभ्याएको छ । यसमा पञ्चायति शासनको अवसान देखि गणतन्त्र हुँदै व्युरोक्रयासीको मन्त्रीमण्डलाई पनि हेर्ने र सुन्ने मौका पायो , जनताको पहुँच भन्दा अलि टाढा उभिएको छ सिहंदरवार किनकि २०५३ २०५४ साल सम्म एउटा सामान्य रजिष्टरमा नाम लेखाएर भित्र प्रवेश गर्न पाउने सर्वसाधारणको लागि अहिले कुन मन्त्रालय के कामले जान लागेको स्पष्ट पारेपछि र भित्रवाट स्वीकृति दिएर नाम कम्प्युटरकृत डिस्प्लेमा देखिपछि मात्र सम्वन्धित व्यक्ति आफनो आधिकारीक कार्ड राखेर पास लिएर भित्र पस्न पाउँछन् । त्यसमाथि सिंहदरवारमा रहेको सत्ताको प्रतिनिधीहरुले जो पायो त्यहीलाई भेटदैंनन् । उनीहरुले त आफनो परिचित व्यक्ति या केही काम गराउने व्यक्ति र पत्रकारहरुलाई भेटने गर्छन् । त्यही सत्ताको धरोहरको अभियानमा हिजो पनि उभिएको थियो ,आज पनि छ र भोलि पनि संभवत :रहिरहने छ । तर चैत्र ६ गते मन्त्रीहरुको पदवहाली कार्यक्रम रहेकोले सिंहदरवारका विभिन्न भित्ताहरुमा नेमप्लेट फेर्ने र नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्न सिंगो मन्त्रालयको कर्मचारी विहान एघार वजे देखि उभिएका थिए । कुनै स्थानमा त मन्त्री ४.४५ मिनेट सम्म पनि पुगेका थिएनन् । मन्त्रालयका सचिव , सहसचिव देखि कम्तिमा तीन दर्जन कर्मचारी लामवद्ध भएर फुलको वुकी वसेर उभिएको दृश्य संघीय मामिला र स्थानीय विकास मन्त्रालय देखि वन तथा भूसंरक्षण मन्त्रालय सम्म र शहरी विकास मन्त्रालय सम्म देखिएको थियो । तर अरु समयमा नवनियुक्त मन्त्राीहरुको लागि स्वागत गर्न मन्त्रालयमा कार्यकर्ताहरुको भीड हुने गरेको थियो , तर यस पटक कर्मचारीहरुको मन्त्रीमण्डल भएकाले होला खासै रौनक थिएन् । केही वढी चासो भएका र पत्रकारहरुको आवश्यकता अनुसार टेलिभिजन क्यामेराहरु र सञ्चारकर्मीहरु खचाखच भरिएका थिए । तर अन्यत्र करिव सुनसान थियो ।
मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सोमवार शपथ गराएपछि केही मन्त्रीहरु सोही दिन मन्त्रालयको कुर्चीमा विराजमान हुने चाहना नराखेका होईनन तर उनले निर्देशन दिदै मंगलवारको मन्त्रीपरिषद्को वैठक पछि मात्र मन्त्रालय सम्हाल्नु भनेपछि मन्त्रीहरु मंगल वार विहान एघार वजे देखि शुरु भएको मन्त्रीपरिषद्को बैठक २.३० मा सकिएपछि मन्त्रालय पुगेका हुन् । उनीहरु मन्त्रालय पुग्दा ३ वजेको थियो । तर एउटै मन्त्रीलाई धेरै मन्त्रालय परेकोले हुनसक्छ एक मन्त्रालयवाट अर्को मन्त्रालयमा जानका लागि उनीहरुलाई न्यूनतम दुई घण्टा देखि ३ घण्टा सम्म लागेका थियो ।
अर्थमन्त्रीको जिम्मेवारी पाएका भावुक स्वभावका शंकरप्रसाद कोईरला तीन वज्न केही मिनेट वाँकी हुँदा मन्त्रालय छिरेका थिए । उनले पद वहाली गरे लगत्तै संक्षिप्त पत्रकार सम्मेलनमा पूरक वजेट ल्याउने र अर्को वजेटको लागि पनि नियमित प्रक्रियामा जाने वताए । उनलाई सञ्चारकर्मीहरुको जिज्ञासा थियो, सचिव भएको मान्छे मन्त्री हुँदा कस्तो अनुभूति भएको छ ?उनले रौसिदै भने सुखद अनुभूति भएको छ । उनले आफूहरुको जिम्मेवारी चुनाव,विकास निर्माणको कामलाई गति दिने र लगानीकर्ताहरुको मनोवल वढाउने कुरामा केन्द्रीत रहने समेत वताए । उनले सम्हालेको उद्योग मन्त्रालय भने उनी अवेर अर्थात ४.३० वजे मात्र पुग्न सफल भएका थिए ।
त्यसै गरी कहिल्यै मन्त्रीको सपना नदेखेकी रिद्धीवावा प्रधान र टेकबआदुर घर्ती पनि मन्त्रालयमा पद वहाली पछि हरेक कर्मचारीको कुरा सुनेका थिए भने अर्थसचिववाट निवृत्त भएर राष्ट्रपति कार्यालयमा आर्थिक सल्लाहकारको जिम्मेवारी पाएका विद्याधर मल्लिक स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य सेवा तल्लो तह सम्म पुरयाउनका लागि अनुरोध गरेका थिए । उता उमाकान्त झा ऊर्जा मन्त्रालयमा पुगेका थिए भने त्यही मातहत रहेको विद्युत प्राधिकरणको अध्यक्षता गरेका मुख्यसचिव लिलामणी पौडेलले प्राधिकरणको अध्यक्षवाट अलग भएको भन्दै अन्तिम वैठक गरेका थिए । पौडेल भन्दा झा कनिष्ठ सचिव थिए र उनी मन्त्री भएर आएपछि पौडेलले अप्ठयारो मानेको अवस्था रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments