Widgets

शिवरात्रिको भेटी ७० लाख

Unknown | 17:52 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


काठमाडौ, चैत्र ५ -
महाशिवरात्रिको एकै दिन पशुपतिनाथको भेटी, चन्दा र विशेष पूजाबाट सत्तरी लाखभन्दा बढी रुपैयाँ संकलन भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ, वासुकी, बूढानीलकण्ठ मन्दिरको भेटी र विशेष पूजालगायतबाट उक्त रकम संकलन भएको हो । कोषका अनुसार विशेष टिकट, पसल, चन्दा दानबाट पनि ठूलो रकम संकलन भएको छ ।

पसल भाडाबाट पन्ध्र लाख, दान चन्दाबाट बाइस लाख दुई हजार, विशेष टिकट बिक्रीबाट बीस लाख र वासुकी, बूढानीलकण्ठ लगायतका मन्दिरबाट चढाएको करिब ११ लाख रुपैयाँ संकलन भएको छ । दर्शनार्थीले महाशिवरात्रिका दिन १ सय ५ भन्दा बढी विशेष पूजा गरेका थिए । त्यसैगरी पौने तोला सुन, ३ सय ६० ग्राम तामा, पाँच किलोभन्दा बढी ढलोट, ७ सय ३६ ग्राम चाँदी र १ सय ७८ ग्राम स्टिल संकलन भएको छ । विशेष पूजाबाटमात्र करिब ८ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । केही हिसाब किताब गर्न अझै बाँकी रहेको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाले गत वर्षभन्दा महाशिवरात्रिका दिन व्यवस्थित गर्न सकिएको भन्दै दानभेटीमा राम्रै संकलन भएको बताए । 'विगत वर्षमा पनि मैले खटेर काम गरेको थिएँ, यसपालि म आफंै धेरै सन्तुष्ट छु, दर्शनार्थीले सजिलै पशुपतिमा दर्शन गर्न पाए,' उनले भने । भारतको तिरुपति बालाजी र वैष्णुदेवी जस्तै सरकारले व्यवस्थित र प्रचारप्रसार गर्न सके शिवरात्रिको दिनमात्र करोड रुपैयाँभन्दा बढी भेटी संकलन गर्न सकिने उनले बताए । त्यसका लागि सरकारले धार्मिक पर्यटनकै रूपमा पनि विकास गर्नुपर्ने उनले बताए । 'जसरी तिरुपति बालाजीको प्रतिमूर्ति काठमाडांै ल्याउँछन्, हामी पनि शिवरात्रिलगत्तै भारतका विभिन्न सहरमा शिवजीको प्रतिमूर्ति लग्न सक्छौं,' उनले भने । तिरुपति र वैष्णुदेवीजस्तै सरकारले छुट्टै सुरक्षा व्यवस्था गर्नुपर्ने उनले बताए । वर्षैपिच्छे महाशिवरात्रि पर्वमा दर्शनार्थीको संख्या बढ्दै गएको भन्दै उनले त्यसको व्यवस्थापन प्रत्येक वर्ष फरक ढंगले गर्नुपर्ने बताए । यस वर्ष दस लाखभन्दा बढी दर्शनार्थीले शिवरात्रिको दिन पशुपतिनाथको दर्शन गरेको उनले बताए । 'विशेष टिकट पनि प्रत्येक वर्ष बिक्रीको अनुपात बढिराखेको छ, गत वर्ष पाँच सय टिकट बिक्री भएका थिए,' उनले भने ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS