Widgets

पदाधिकारी नियुक्तिपछि चुनावको मिति तोकिने

Unknown | 17:32 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


पूर्ण आकार पाएपछि मंगलवार बसेको अन्तरिम चुनावी मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोग लगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेपछि नयाँ संविधानसभा चुनावको मिति घोषणा गर्ने निर्णय गरेको छ।
संवैधानिक निकायमा नियुक्तीका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषद गठन भएपछि निर्वाचन आयोग लगायतमा नियुक्तीका लागि सिफारिस गर्न बाटो खुल्नेछ।
परिषद् गठन, संवैधानिक नियुक्ती र चुनावको मिति घोषणा गर्ने काम केही दिनमै सम्पन्न हुने सरकारको भनाइ छ।
अन्तरिम चुनावी मन्त्रिपरिषदले सोमबार पूर्ण आकार पाएपछि मंगलवार दिउँसो सिंहदरवारमा सबै मन्त्रि सम्मिलित पहिलो बैठक बसेको थियो।

बैठकले संवैधानिक परिषदको गठन, त्यसपछि निर्वाचन आयोगमा नियुक्तीका लागि सिफारिस र नियुक्ती प्रक्रिया सकिएपछि आयोगसँगको परामर्शमा चुनावको मिति सार्वजनिक गर्ने निर्णय लिएको हो।
घोषणा
त्यसबारे सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सामान्य प्रशासन र शिक्षा मन्त्री माधव पौडेलले भने, “सरकारको प्राथमिकता निर्वाचन आयोगमा नियुक्त गर्नेमा छ, आयोग गठन भइसकेपछि त्यो आयोगसँग परामर्श गरेर सरकारले चाँडो भन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्छ।”
बैठकमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दोहोरो सुविधा नलिन मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
मन्त्री र मन्त्रालयका कर्मचारीले पाउने नियमित तलब सुविधा बाहेक मातहतका निकायहरुबाट दोहोरो सुविधा लिने गरेका घटनाहरु सार्वजनिक भईरहेकाले यस्तो निर्देनशन दिइएको प्रवक्ता पौडेलले बताए।
मन्त्रिपरिषद्को बैठकले हरेक मन्त्रालयबाट भइरहेका महत्वपूर्ण निर्णयहरु २४ घण्टाभित्र आ-आफ्नो वेबसाइटमा राख्न निर्देशन दिएको छ।
मन्त्रालयका काम कारवाही पारदर्शी र सर्वसाधारणको पहुँच पुगेको बनाउन यस्तो निर्देशन दिइएको सरकारले बताएको छ।
सरकारका प्रवक्ता मन्त्री पौडेलले संवैधानिक परिषद् गठनको तयारी शुरु भईसकेको बताउँदै छिट्टै निर्वाचन आयोग लगायत रिक्त संवैधानिक निकायहरुमा पदपूर्ति हुने जानकारी दिएका छन्।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS