Widgets

गायक राम कृष्ण ढकाल श्रीमती निलमका कारण तनावमा

Unknown | 17:28 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

२०६९ चैत्र ५ - गायक रामकृष्ण ढकाल यतिखेर निकै तनावमा छन्। उनी तनाव हुनुको कारण भने श्रीमती निलम शाह ढकाल भएकी छन्। श्रीमतीले विभिन्न हर्कत गरेका कारण उनी तनावमा परेका भने होइनन्। केही दिनअघि एउटा दैनिक पत्रिकामा एउटा वित्तीय संस्थाले कर्जा चुक्ता गर्न निलमको नाममा सूचना जारी गरेपछि गायक रामकृष्ण ढकाल तनावमा परेका हुन्। सो सूचना प्रकाशित भएको दिनदेखि रामकृष्णलाई फोन गर्नेको संख्या अचानक बढेको उनी निकट एक गायकले बताए। कमाई राम्रै भए पनि अनावश्यक खर्च गर्ने बानी भएकाले ढकाल दम्पतीलाई बेलाबेला आर्थिक संकट पर्ने गरेको छ। खर्चालु एवं सौखिन गायकका रूपमा चिनिने ढकालकी श्रीमती निलमलाई लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ऋण तिर्न २१ दिने सूचना जारी गरेको छ। घरजग्गा खरिदका लागि लिएको ऋण नतिरेपछि सूचना जारी गर्नुपरेको सो सहकारीले जनाएको छ।

पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि ऋण चुक्ता गर्न ढकाल दम्पतीले चासो नदेखाएपछि सूचना प्रकाशित गरिएको हो। सूचना जारी गरिएको अवधिमा ऋण नतिरे लिलामीमा लगेर ऋण चुक्ता गरिने सहकारीले चेतावनीसमेत दिएको छ। यसअघि लाजिम्पाटमा घर किनेका ढकालले समयमा ऋण तिर्न नसकेकै कारण उक्त घर बेचेर भैंसेपाटी सरेका थिए। भैंसेपाटीमा घर किन्दा गायक ढकालले श्रीमतीको नाममा ऋण लिएका थिए। सोही कारण सो सहकारीले निलमको नाममा सूचना जारी गरेको हो। सूचनामा ढकालको तीनपुस्ते सार्वजनिक गरिएको छ। गायक समाजका अध्यक्षसमेत रहेका रामकृष्ण यो घटनापछि मुख देखाउनै नसक्ने अवस्थामा पुगेको बताइन्छ।

सहकारीबाट लिएको ऋण चुक्ता गर्न रामकृष्णले अहिले विभिन्न व्यक्तिसँग सरसापट खोजिरहेको स्रोतले बतायो। पछिल्लो समय विदेशमा रामकृष्णको माग ह्वात्तै घटेको छ। विगतमा विदेशमा सांगीतिक कार्यक्रम गरेर रामकृष्णले राम्रै कमाउँदै आएका थिए। तर केही समययता उनले गाएका गीत पनि चल्न छाडेको र सीडी तथा क्यासेटसमेत बिक्री हुन छाडेपछि उनी निकै चिन्तित देखिएका छन्।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS