Widgets

इराकमा दुई नेपालीलाई आममाफी

Unknown | 17:26 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


काठमाडौं,चैत ६ । इराकमा जेल सजाय भोगिरहेका दुई नेपालीलाई त्यहाँको सरकारले आममाफी दिएको छ । पाकिस्तानस्थित नेपाली दूतावासको पहलमा सजाय माफी पाएका उनीहरुलाई इराक सरकारले सोमबार नेपाल फिर्ता पठाएको छ। आममाफी पाउने चितवन भरतपुर नगरपालिका–२ का गोपाल अम्गाईं र मकवानपुर फाखेलका राजेश लामा माफी पाएर स्वदेश फर्किएका छन् । बिना भिसा इराक प्रवेश गरेको आरोपमा अम्गाईं र लामालाई त्यहाँको अदालतले डेढ बर्ष अघि पाँच/पाँच बर्षको जेल सजाय सुनाएको थियो। अम्गाईं र लामा निर्दोष रहेको भन्दै उनीहरुलाई आममाफी दिन नेपाल सरकारले लिखित रुपमै अनुरोध गरेपछि इराकले उनीहरुलाई आममाफी दिई स्वदेश फिर्ता पठाएको हो। नेपालमा रहेका परिवारको आग्रहपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले इराकका प्रधानमन्त्रीलाई आममाफी दिन अनुरोध सहितको पत्र पठाएका थिए।
झण्डै दुई बर्षअघि उनीहरुलाई दलालले कुवेत लैजाने भन्दै इराक पुर्यााएको थियो। राहदानीमा कुवेतको मात्र भिसा भएपनि चोरबाटो प्रयोगरी उनीहरुलाई दलालले इराक प्रवेस गराउन सफल भएको थियो। पुगेको लगभग दुई महिनामै बाटोमा हिड्दै गरेका उनीहरुलाई इराकी प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परपछि राहदानी जाँच गर्दा इराकको भिसा नभेटिएपछि अम्गाईं र लामालाई गैरकानुनी रुपमा इराक प्रवेस गरेको आरोप लगाई अदालतमा मुद्दा चलाएको थियो। अम्गाईं र लामा पक्राउ पर्ने वित्तिकै उनीहरुलाई इराक पुर्यााउने दलाल फरार भएको थियो। प्रहरीसँगको बयानमा उनीहरुले आँफुहरु निर्दोष भएको र दलालले झुक्याएर कुवेत भन्दै इराक ल्याएको जनाएका थिए। अदालतले दोषी ठहर गर्दै पाँच बर्षको कैद सजाय सुनाएपछि उनीहरुलाई बार्स्रास्थित जेलमा राखिएको थियो।
जेलमा अझै तीन जना नेपाली रहेका छन्। इराकमै तनहुँ घर भएका सूर्यबहादुर ठकुरीको हत्याको आरोपमा उनीहरुलाई जेल सजाय सुनाएको थियो। दुई बर्षदेखि जेल सजाय भोगिरहेका तीन नेपालीमा धादिङका राजाराम खकुरेल, कैलालीका प्रेमबहादुर सिंह र नुवाकोटका जितबहादुर तामाङ छन्।
इस्लामीक कानुनअनुसार पिडित परिवारलाई ब्लडमनी (क्षतिपूर्ति रकम) लिई दोषीलाई आममाफी दिन पाउने व्यवस्था छ। सोही अनुसार मृतक सूर्यबहादुरका परिवारसँगको आपसी सहमितमा श्रीमती अमृतामायालाई क्षतिपूर्ति रकम स्वरुप २५ लाख रुपैयाँ बुझाइ सकेको भएपनि उनीहरुले आममाफी पाउन सकेका छैनन्।
‘जेलमा रहेका बाँकी तीन जनालाई पनि आममाफी दिलाउने प्रयास गरिरहेका छौं,’ राजदूत पौड्यालले भने, ‘हाम्रो अनुरोध र घटनाको इराकी पक्षबाट अहिले अध्ययन भइरहेको छ। आममाफी दिने कुरामा सकारात्मक नै पाएका छौं।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS