Widgets

संचारकर्मीहरुमाथि हातपात गर्ने प्रहरीमाथि कारवाही नभएको भन्दै पत्रकारहरु आन्दोलित

Unknown | 17:17 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

सिरहा,चैत्र ६ । एसएलसी परीक्षाको समाचार संकलनका लागि सिरहामा पुगेका संचारकर्मीहरुमाथि हातपात गर्ने प्रहरी सहायक निरीक्षक जयराम सिंहमाथि कारवाही नभएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । लहानस्थित पशुपति आदर्श उच्च मावि केन्द्रमा एसएलसीको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुमाथि हातपात गर्ने निरीक्षक जयराम सिंहमाथि कारबाही नभएपछि पत्रकारहरु आक्रोशित भएका हुन् । सशस्त्र प्रहरी उपरिक्षक इन्द्रबहादुर कार्कीले घाइते पत्रकारहरुलाई भेटी सिंहलाई कारबाही गर्ने आश्वासन दिएपनि अहिलेसम्म कारवाही नभएपछि पत्रकारहरु आक्रोशित भएका हुन् । उनीहरुले सिंहलाई तत्काल कारवाही गर्नुपर्ने, खोसिएका सञ्चारसामग्री पुरानै अवस्थामा फिर्ता गर्नुपर्ने, घाइते पत्रकारको निशुल्क उपचार गर्नुपर्ने लगायतका माग राखेका छन् । सिंहको कुटाईबाट सोमबार कान्तिपुर टेलिभिजनका संवाददाता राजकुमार राउत तथा राससका मणिलाल विश्वकर्मा घाइते भएका थिए । उनीहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ । सुरक्षामा खटिएका सशस्त्र प्रहरीले चिट चोराएको थाहा भएपछि समाचार संकलनका लागि पुगेका संचारकर्मीलाई सशस्त्र प्रहरीले हातपात गर्नुका साथै ईमेज टेलिभिजन, कान्तिपुर टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोरखापत्र लगायतका संचारमाध्यमका संवाददाताहरुबाट क्यामेरा खोसेका थिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

LATEST MUSIC VIDEOS

NEPALI MUSIC VIDEOS

LATEST INTERVIEWS

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS