नेकपा–माओवादीद्वारा करिव ६ सय रोपनी जग्गा कव्जा
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
भोजपुर,चैत ६ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भोजपुरको उत्तरी मुलपानी र केउरेनीपानी गाविसस्थित षडानन्द सीताराम गुठीको नाममा रहेको करिव ६ सय रोपनी जग्गा कव्जा गरेको छ । २० जना भन्दा बढीको संख्यामा रहेका नेकपा–माओवादी कार्यकर्ताहरुले गुठीको जग्गा भएको स्थानमा पार्टीको झण्डा गाडेर जग्गा कव्जा गरेको घोषणा गरेका हुन् । पार्टीको नीति अनुसार नै जग्गा कव्जा गरिएको संयुक्त जिल्ला जन समितिका सचिव त्रिलोचन लुहारले बताउनुभयो । सबै जग्गा किसानलाई सुम्पने र भ्रष्टहरुलाई सामाजिक कारवाही गर्ने नीति अनुसार नै जग्गा कब्जा गरिएको उहाँको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments