घाँस खान नपाउँदा करीव २ सय ८५ चौंरीगाई मरे
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
पोखरा,चैत ५ । उपल्लो मुस्ताङमा २ सय ८५ चौंरीगाई मरेका छन् । हिउँले चरन क्षेत्र पुरिएर घाँस खान नपाउँदा चौंरी मरेको पशुसेवा कार्यालयले जनाएको छ । चौरी मरेपछि किसानले करोडौं रुपैयाँ क्षति व्यहोर्नु परेको छ । कार्यालयका प्राविधिक बद्रीप्रसाद पौडेलकाअनुसार छोन्हुप ९, चुम्जुङका ३५ किसानका चौरी मरिसकेका छन् । मिङमार गुरुङका ५०, क्यासुङ घ्याचो गुरुङका २२, याङजेल गुरुङका ११, दावापामो गुरुङका १० चौरी सहित १० खसि र १९ भेडा मरेको उहाँले बताउनुभयो । क्षतिको पुरै विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । करिब ६ सय चौंरी माथिल्लो क्षेत्रका खर्कमा थिए । बाक्लो हिउँले तल झर्न नसक्ने अवस्थामा रोकिएका चौंरी भोकभोकै मरेका हुन् । हिउँ जमेकाले अहिले पनि उक्त क्षेत्रमा जान नसकिने पौडेलको भनाई छ । करिब दुई करोड मूल्यका चौंरी मरेको उहाँले बताउनुभयो । मुस्ताङमा एउटै चौंरीको ५० हजारदेखि ७० हजार रुपैयाँ पर्छ । चौंरी घाँसपात नखाई दुई सातासम्म बाँच्न सक्छ । हिउँको थुप्रोले केहि उठ्नै नसक्ने भएपछि थिचिएरै मरेको हुनसक्ने पशुविज्ञहरुले बताएका छन् एकैपटक यति धेरै चौंरी मरेको पहिलो पटक भएको स्थमनीयको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments